खेलकुद

विश्वकपको पूर्वविजेता पाकिस्तान अमेरिकासँग पराजित

काठमाडौं, २५ जेठ । आइसिसी टि–२० विश्वकपको पूर्वविजेता पाकिस्तान सुपरओभरमा अमेरिकासँग पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा गए राति सम्पन्न समूह ‘ए’को खेलमा दुवै टोलीले बराबर खेलेपछि खेल सुपरओभरमा पुगेको थियो । डालासमा घरेलु टोली अमेरिकाले पाकिस्तानलाई जितको लागि १९ रनको लक्ष्य दिएको थियो । पाकिस्तान १३ रनमा समेटिएपछि अमेरिका विजयी भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६० रनको लक्ष्य प्रस्तुत गरेको थियो । अमेरिकाले… पुरा पढौ

विश्वकप छनोट : नेपाल र युएई राति ९ः४५ बजे भिड्दै

काठमाडौं, २४ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच हुँदैछ । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रङ्गशालामा नेपाली समयअनुसार राति ९ः४५ बजे खेल हुनेछ । यसअघि नेपाल र युएईबीच युएईको घरेलु मैदानमा भएको खेलमा नेपाल ४–० ले पराजित भएको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले युएईविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। फिफा वरीयतामा युएई ६७औँ स्थानमा छ भने नेपाल एक सय… पुरा पढौ

विश्वकप क्रिकेट : भारतले आयरल्याण्डलाई हरायो

काठमाडौं, २४ जेठ । भारतले आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा आयरल्यान्डलाई पराजित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको हो । आयरल्यान्डले प्रस्तुत गरेको ९७ रनको लक्ष्य भारतले १२ दशमलव २ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ३७ बलमा चार चौका र तीन छक्काको मद्दतमा ५२ रन बनाएका हुन् । त्यस्तै ऋषभ पन्तले ३६ रन… पुरा पढौ

सरकारद्वारा देशभर खेलप्रेमीको हौसला बढाउन टी-२० विश्वकपको लाइभ गर्न स्थानीय निकायलाई निर्देशन

काठमाडौं, २२ जेठ । एक दशकपछि नेपाल पुन: विश्वकप टी २० खेल्न गएकाेले सरकारले देशभर खेलाडी र खेलप्रेमीकाे हाैसला बढाउन खेलकाे लाइभ प्रशारणकाे व्यवस्था मिलाउन अनुराेध गरेकाे छ । सरकारले एक सूचना प्रकाशन गरेर अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रशारण गर्न देशभरका स्थानीय निकायलाई निर्देशन दिएको हाे । युवा तथा खेलकुद मन्त्रालयले बिज्ञप्ती जारी गरेर प्रतियोगितामा नेपालको सहभागीता रहेकोले नेपाली टोलीले प्रतिस्पर्धा गर्ने खेलको अवधिभर प्रत्यक्ष प्रशारण गर्न देशभरका स्थानीय निकायलाई आग्रह गरेको छ । मन्त्रालयले… पुरा पढौ

आइसिसी टी–२० : अफगानिस्तानद्वारा युगाण्डा पराजित

काठमाडौं, २२ जेठ । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको समूह ‘सी’ को खेलमा अफगानिस्तानले युगाण्डालाई एक सय २५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । अफगानिस्तानले जितका लागि दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको युगाण्डा १६ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ५८ रन बलमा समेटियो । विश्वकपमा डेब्यु गरेको युगाण्डाका लागि रोबिन्सन ओबुयाले १४ र रिआजत अली साहले ११ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । युगाण्डालाई ५८ रनमा समेट्ने क्रममा अफगानिस्तानका फजलहक… पुरा पढौ

विश्वकप क्रिकेटमा नेपाल १० वर्षपछि खेल्दै, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

काठमाडौं, २२ जेठ । आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालआज नेदरल्याण्डसँग खेल्दै छ । नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । काठमाडौंमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेटमैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)nfई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड भने पाँचौँपटक सहभागिता जनाउँदैछ । नेपाल र नेदरल्याण्ड दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तीन महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी–२०… पुरा पढौ

अन्नपूर्ण म्याराथनको उपाधि श्रेष्ठलाई

गण्डकी, २२ जेठ । चौथो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले प्राप्त गरेका छन् । श्रेष्ठले निर्धारित ४२.१९५ किलोमिटरको दूरी चार घण्टा १६ मिनेट २४ सेकेण्डमा पूरा गर्दै उपाधि हासिल गरे । उनले रु एक लाख ५० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । श्रेष्ठ तेस्रो संस्करणको अन्नपूर्ण म्याराथनमा उपविजेता बनेा थिए । उक्त म्यारथनमा सोलुखुम्बुका अर्जुङ कुलुङ निर्धारित दूरी चार घण्टा ३५ मिनेट १५ सेकेण्डमा पार गर्दै उपविजेता बने। उनले पाँच दिन अघि मात्र एभरेष्ट म्याराथनको उपाधि हासिल… पुरा पढौ

विश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयी

काठमाडौं, २१ जेठ । वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकप प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । गए राति सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजले समूह चरणको आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीलाई पाँच विकेटले हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । पपुवा न्यूगिनीले दिएको एक सय ३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । वेस्ट इन्डिजका लागि रोस्टन चेजले २७ बलमा ४ चौका र २ छक्कासहित ४२ रन बनाए । त्यस्तै ब्रान्डन किंगले… पुरा पढौ

नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन्

काठमाडौं, २० जेठ । नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनशिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् । अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनि फ्री स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा नन्दाले स्वर्णपदक जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । राखेपको कार्यकारी समितिको सदस्यसमेत रहेकी नन्दाले १० महिनाको अवधिमा जितेको यो तेस्रो स्वर्ण पदक हो । यसअघि नन्दाले गत साउनमा दक्षिण कोरियामा भएको स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि स्वर्ण जितेकी थिइन् । पुरा पढौ

विश्वकप क्रिकेटः अमेरिकाद्वारा क्यानडा पराजित

काठमाडौं, २० जेठ । आरोन जोन्सको उत्कृष्ट ब्याटिङमा अमेरिकाले आइसिसी टी ट्वान्टी विश्वकप–२०२४ को पहिलो खेलमा क्यानडालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट रङ्गशालामा भएको खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गरेको हो । खेलमा क्यानडाले दिएको एक सय ९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो । अमेरिकाको जितमा आरोन जोन्सले सर्वाधिक ९४ रनको योगदान दिए । उनले ४० बलमा ४ चौका र १० छक्काको… पुरा पढौ