खेलकुद

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’मा बागमतीको विजयी सुरुआत

पाेखरा, ७ मङ्सिर । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखि सुरु भएको प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी (रातो)लाई एक सय नौ रनले पराजित गरी बागमतीले विजयी सुरुआत गरेको हो । सुरुआती ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरको खेलमा सात विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । खेलमा जीतका लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको आयोजक रातो १४ ओभरको दोस्रो बलमा… पुरा पढौ

‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड टेक्वान्दो सेमिनार’ को तयारी तिव्र

पोखरा, ४ मंसिर । गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो संघको आयोजनामा मंसिर ८ गतेदेखि ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड टेक्वान्दो सेमिनार–२०२३’ हुने भएको छ । खेलाडी तथा प्रशिक्षकको प्राविधिक ज्ञान को बृद्धि विकास, ग्रामीण क्षेत्रमा खेलकुदको बिकास संगै दक्षिण एसियाको एक मात्र सिकार आरक्ष ढोरपाटनको पर्यटन प्रर्वद्धन गर्ने, तेक्वान्दो आईटीएफÞ खेलको महत्व जनमानजमा पुर्याउने लक्ष्यका साथ यही मंसिर ८ देखि ९ गतेसम्म बाग्लुङको ढोरपाटनमा सेमिनारमाको आयोजना गर्न लागिएको सेमिनारका मूल आयोजक समितिका संयोजक तथा गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो संघका अध्यक्ष घमबहादुर थापाले… पुरा पढौ

हेडको शतकीय पारीमा अष्ट्रेलियालाई विश्वकपको उपाधि

काठमाडौं, ४ मङ्सिर । अष्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप-२०२३ को उपाधि जितेको छ । अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो । अष्ट्रेलिया योसँगै छैटौँ पटक विश्वविजेता बनेको हो । अष्ट्रेलियाले यसअघि सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा उपाधि चुमेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार भारतले प्रस्तुत गरेको दुई सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले चार विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्‍यो । अष्ट्रेलियाको जीतमा ट्राभिस हेडले एक… पुरा पढौ

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

काठमाडौं, ३ मङ्सिर । आईसिसि एकदिवसीय क्रिकेट विश्वकप, २०२३ को उपाधिका लागि आयोजक भारतले अष्ट्रेलियालाई दुई सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार अहमदाबादमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४० रन बनाएको छ । उसका लागि विकेटकिपर केएल राहुलले एक सय सात बलमा ६६ रन बनाए । साथै विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन बनाए । साथै सूर्यकुमार यादवले १८,… पुरा पढौ

पोखरामा हुने केपी ओली राष्ट्रियकप टि–२० क्रिकेट प्रतियोगिताकाे खेल तालिका सार्वजनिक

पोखरा, ३ मंसिर । पोखरामा हुने ‘प्रथम केपी ओली कप  टि–२०  क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । यहि मंसिर ७ गते सुरु हुने प्रतियोगिताको उक्त प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले खेल तालिका सार्वजनिक गरेको हो । एकेडेमी अन्तर्गत गठित क्रिकेट विभागका संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रतियोगितामा १२ टिमको सहभागिता हुने जानकारी दिएका छन् । प्रतियोगितामा ३ विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लव, शसस्त्र प्रहरीको एपिएफ क्लव र नेपाल प्रहरी क्लवको सहभागिता हुनेछ भने कोशी,… पुरा पढौ

महिला टी–२० सिरिजमा नेपाल तेस्रो

काठमाडौं, ३ मङ्सिर . चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो । हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रन बनाइन् । बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक एक विकेट लिइन् । एक… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता हुने

पोखरा, २ मंसिर । पोखरामा यही मंसिर ९ गते अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता–२०२३ आयोजना हुने भएको छ । चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सो प्रतियोगिता हुने भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । नेपाली १० र चिनियाँ १० गरी २० टिमको सहभागिता रहने प्रतियोगितामा कुल ६ सय खेलाडीले सहभागिता जनाउने प्रतियोगिता संयोजक बिश्वशंकर पालिखेले जानकारी दिए । लेकसाइडस्थित बाराहीघाटमा हुने प्रतियोगिता अन्तर्गत पौडी, साइक्लिङ र दौड हुनेछ । टिम इभेन्ट अन्तर्गत प्रथम… पुरा पढौ

क्रिकेट विश्वकप फाइनल : भारतमा जितको कमाना गर्दै प्रार्थना

अहमदाबाद, २ मङ्सिर । क्रिकेट विश्वकप फाइनल हुँदै गर्दा भारतभर क्रिकेटप्रेमीहरूले जितको कमाना गर्दै प्रार्थना गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबारर क्रिकेट विश्वकपको फाइनल खेलमा उपस्थित हुने अपेक्षा गरिएको छ । क्रिकेटको विश्वव्यापी महत्त्वको खेल प्रदर्शनीको १० स्थानमा १० टोलीबीच ४६ दिनसम्म चलेको ४८ खेलसहितको म्याराथन प्रतियोगिता आइतबार ब्लकबस्टर फाइनलमा सम्पन्न भएको छ । भारतको पश्चिमी गुजरात राज्यको अहमदाबादमा पाँच पटकको च्याम्पियन अष्ट्रेलिया विरुद्ध आइतबारको फाइनलमा पुग्ने क्रममा सबै १० खेल जित्दै भारत विश्वकपको उत्कृष्ट टोली बनेको छ।… पुरा पढौ

महिला टी–२० सिरिज : नेपालद्वारा जापान पराजित

काठमाडौं, २ मङ्सिर । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो । हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८… पुरा पढौ

फिफा विश्वकप छनोट : नेपाल युएईसित पराजित

काठमाडौं, १ मङ्सिर । फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो । युएईका लागि कप्तान अली मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक एक गोल गरेका थिए । युएईले चारै गोल पहिलो हाफमा गरेको हो । दोस्रो हाफमा भने नेपालले युएईलाई गोल गर्नबाट रोकेको थियो । पहिलो हाफमा युएईले नेपाललाई पुरै दबाबमा राखेको थियो… पुरा पढौ