खेलकुद

प्रम कप क्रिकेट : लुम्बिनीले कर्णालीलाई दियो एक सय ३४ रनको चुनौती

काठमाडाैं, ९ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई जितको लागि एक सय ३४ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३३ रनको योेगफल बनायो । लुम्बिनीका लागि सरस्वती गङ्गा मगरले सर्वाधिक ५३ रनको योगदान दिइन् । उनले ६२ बल खेल्दै सात चौकाको मद्दतमा ५३ रनको योगदान दिएकी हुन । त्यस्तै अस्मा पुलामी मगरले २५… पुरा पढौ

प्रो क्लब क्रिकेट च्याम्पियनसिपः आज दुई खेल हुँदै

वीरगञ्ज (पर्सा), ८ पुस । दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज दुई खेल हुँदैछन् । नारायणी रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । नेपाल आर्मी क्लब र पर्सा–११ बीच अर्को प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको अङ्कतालिकामा नेपाल आर्मी चार अङ्कसहित शीर्षस्थानमा छ भने समान चार अङ्कका साथ पर्सा–११ दोस्रो स्थानमा छ । अङ्कतालिकामा समान दुई–दुई अङ्कसहित नेपाल एपिएफ क्लब तेस्रो र नेपाल पुलिस चौथो स्थानमा छन् । भारतको… पुरा पढौ

गण्डकी बोर्डिङमा ३ दिने वार्षिक खेलकुद, शैक्षिक प्रदर्शनी, रमाईलो मेला तथा सांस्कृतिक कार्यक्रम सुरु

पोखरा, ५ पुस । पोखरा लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कुलमा आजदेखि ३ दिने वार्षिक खेलकुद, शैक्षिक प्रदर्शनी, रमाईलो मेला तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । विद्यालयको खेलमैदानमा विद्यार्थी, अभिभावक, विद्यालयका प्राचार्य वीरेन्द्र खड्का, शिक्षकहरुको उपस्थितिमा प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बेलुन उडाएर तथा व्यानर प्रदर्शन गरी शुभारम्भ गरेका थिए । सो अवसरमा प्रजिअ घिमिरेले विद्यालयले आयोजना गरेको कार्यक्रम अनुशासित उत्सव भएको बताए । हामीले थाहा पाएका छौं यहाँ उत्पादन भएका विद्यार्थीहरुले देश तथा विदेशमा राम्रो पकड… पुरा पढौ

फिस्टेल स्पोर्टस् फेस्ट’को औपचारिक सुरूआत आजदेखि

पाेखरा, ५ पुस । खरा १७ तल्लो बिरौटामा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’को औपचारिक उद्घाटन आज हुँदैछ । विद्यालय स्थापनाको २९ औं वार्षिकोत्सवको अवसरमा यही पौष ३ गतेदेखि केही खेलहरू सुरु भएर आज उद्घाटन हुन लागेको हो। पुष ७ गते सम्म सञ्चालन हुने स्पोर्टस फेस्ट अन्तर्गत टेनिस र सेभेन ए साइड प्रतियोगिताहरू जारी रहेको विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले जानकारी दिएका छन्। बुधबार सम्पन्न सेभेन ए साइड फुटबलतर्फको पहिलो खेलमा सगरमाथा निकेतनका विरुद्ध लिटिल फ्लावर स्कुलले सहज… पुरा पढौ

एन प्याव्सन कास्कीले पुस ६ गतेदेखि ‘बृहत बाल प्रतिभा पहिचान महोत्सव, २०८०’ गर्ने

पाेखरा, २ पुस । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल–एन प्याव्सन कास्कीले पहिलो पटक 'बृहत बाल प्रतिभा पहिचान महोत्सव, २०८०' आयोजना गर्ने बताएको छ । महोत्सव पुस ६ गतेदेखि ८ गतेसम्म पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ । एन प्याव्सन कास्कीले आज पोखरामा सत्रकार सम्मेलन आयोजना गरेर “नेसनल प्याब्सन कास्कीको शान, विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन पहिचान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै बालबालिकाहरुको प्रतिभा पहिचान गर्ने उद्देश्य लिएर महोत्सव आयोजना गर्न लागेको अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । महोत्सवमा लोकनृत्य… पुरा पढौ

एसओएस पोखरामा वार्षिक खेलकुद सम्पन्न

पोखरा, २ पुस । पोखरा १७ घारिपाटनमा रहेको एसओएस हर्मन माइनर विद्यालय पोखराले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत खेलकुद सम्पन्न गरेको छ । वार्षिक तालिका अनुसार विद्यालयले अन्तरसदनात्क र खुल्ला प्रतियोगिताका दुई दर्जन बढी प्रतिस्पर्धा गराएको विद्यालयका खेल शिक्षक थुप्तेन छिरीङले जानकारी दिए । कार्यक्रमको औपचारिक समारोहमा बोल्दै तिब्बतीयन कल्याणकारी कार्यालय नेपालका मुख्य प्रतिनिधि छप्री लोपन टुल्कु नवाङ छोडुपले खेलले विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिक विकासमा सहयोग पुग्नेमा जोड दिए । उनले खेलको माध्यमबाट विश्व प्रसिद्ध बन्न सकिने धारणा राखे ।… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकामा मंसिर २६ गतेदेखि अध्यक्ष कप दोश्रो पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

पोखरा, २८ मंसिर । माछापुच्छ्रे गाउँपालिका खेलकुल विकास समितिले मंसिर २६ गतेदेखि २८ गतेसम्म दोश्रो माछापुच्छ्रे् गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाले आज पाेखरामा प्रतियोगिता बारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकमा हुने प्रतियोगितामा २५ टोलीको सहभागि हुने जानकारी दिईन् । उनले प्रदेशका ८५ पालिकालाई खबर गरिएको र प्रतियोगिताका लागि २५ टालीको सहभागिता हुने बलियो संभावना रहेको बताईन्। माछापुच्छ्रे गाउँपालिका रमणीय… पुरा पढौ

हङकङ ट्रेल रेसमा धाविका ‘सुनमायाको नयाँ कीर्तिमानी’

कर्णाली, २४ मङ्सिर : हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया बुढाले प्रथम स्थान हात पारेकी छन् । बुढाले हङकङमा ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२३’ को उपाधि हात पार्न सफल भएकी हुन्। हङकङको न्यू टेरिटोरीस्थित ताइमेई तू बाट गत शुक्रबार राति १० बजे सुरु भएको एक सय किलोमिटरको प्रतिस्पर्धामा बुढाले १४ घण्टा ४० मिनेटमा निर्धारित दूरी पार गरी प्रथम भइन। यो कीर्तिमानीले बुढालाई शीर्षस्थानमा पु¥याएको हो । हङकङमा भएको ट्रेल रेस प्रतिस्पर्धामा बुढाको लगातार पाँचौँ… पुरा पढौ

भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा ‘नेपालगञ्ज वाकाथन’

जानकी (बाँके), २३ मङ्सिर । भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा ‘नेपालगञ्ज वाकाथन’ आयोजना भएको छ । बास नेपालले आयोजना गरेको ‘वाकाथन’ आज बिहान ९ बजे स्थानीय गणेशमान चोकबाट सुरु भएको हो । उक्त वाकाथनमा नेपाल प्रहरीको ब्याण्डबाजा, विभिन्न सांस्कृतिक प्रस्तुति, झाँकी प्रदर्शन, पर्चा, पम्लपेट गरिएको छ । तेस्रो पटक आयोजना भएको वाकाथनले नेपालगञ्जको परिचय बढाउने आयोजकको विश्वास छ । सन् २००३ को डिसेम्बर ९ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले भ्रष्टाचारविरुद्धको महासन्धि पारित गरेपछि हरेक वर्ष उक्त दिवस मनाउने प्रचलन छ… पुरा पढौ

नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

काठमाडौं, २२ मङ्सिर । एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई जितका लागि एक सय ५३ रनको लक्ष्य दिएको छ । संयुक्त अरब ईमिरेट्स (युएई)स्थित दुवईको आइसिसी एकेडेमी–२ क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले ४७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५२ रनको योगफल बनायो । नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे । उनले ७६ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५१ रनको योगदान… पुरा पढौ