खेलकुद

विश्वकप क्वार्टरफाइनल: कुन कुन टिम भिड्दैछन्?

काठमाडौं, २१ मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ को राउन्ड अफ १६ सकिएको छ । हिजो राति पौने १ बजे भएको पोर्चुगल र स्विजरल्याण्डबीचको खेलपछि क्वाटरफाइनलमा हुने खेल तथा एक आपसमा भिड्ने टोली तय भइसकेको छ । नेदरल्याण्ड्स, अर्जेन्टिना, फ्रान्स, इङ्गल्याण्ड, क्रोएशिया, ब्राजिल, मोरक्को र पोर्चुगलले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । हिजोको खेलमा स्पेनलाई पेनाल्टी शूट आउटमा हराउँदै मोरक्को र स्विजरल्याण्डलाई ६-१ गोलले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा पुगेका हुन्‍ । अन्य ६ टोली यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेका थिए ।… पुरा पढौ

स्विजरल्याण्डलाई ६-१ गोल अन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा

काठमाडौं, २१ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज भएको प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । उनले खेलको १७औँ, ५१औँ र ६७औँ मिनेटमा गोल गरे । त्यसैगरी खेलको ३३औँ मिनेटमा पेपे, ५५औँ मिनेटमा राफेल गुरेरियो र राफेल लियोले खेलको अतिरिक्त समयमा गोल गरेका थिए । स्वीट्जरल्याण्डका लागि ५८औंँ मिनेटमा म्यानुअल अकाञ्जीले एक मात्रै… पुरा पढौ

फिफा विश्वकपमा आज कुन कुन टिम खेल्दैछन्?

काठमाडौं, २० मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज प्रि-क्वार्टरफाइनल अर्थात् ग्रुप अफ १६ चरणका अन्तिम दुई खेल हुँदैछन् । आजको पहिलो खेल मोरक्को र स्पेनबीच हुनेछ । समूह एफको विजेता मोरक्को र समूह ईको उपविजेता स्पेन बीचको खेल बेलुकी पौने ९ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ । यसैगरी आजको दोस्रो खेल पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल मध्यराति पौने १ बजे हुनेछ । यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र प्रि-क्वार्टरफाइनल अर्थात् ग्रुप अफ १६ चरण… पुरा पढौ

विश्वकप फुटबल : ब्राजिल क्वाटरफाइनलमा

काठमाडौं, २० मङ्सिर । ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा आज भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेयमारले अग्रता दोब्बर बनाए । त्यस्तै खेलको २९औँ मिनेटमा रिचार्लिसन र ३६औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ४-० ले अग्रता लियो । खेलको ७६औँ मिनेटमा पाइक सेउङले… पुरा पढौ

विश्वकपको ‘सपना’ साकार पार्ने एमबाप्पेको ध्यान

दोहा, १९ मङ्सिर । फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले आइतबार कतारमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई जीत दिलाउँदै दोस्रो पटक विश्वकपको उपाधि जित्ने आफ्नो ‘सपना’ साकार पार्न केन्द्रित रहेको बताएका छन् । एमबाप्पेको दुई गोलका साथै एक गोलका लागि बल पास गरेपछि पोल्याण्डलाई ३–१ ले पराजित गर्दै फ्रान्स अन्तिम आठमा पुगेको छ । क्वाटरफाइनलमा फ्रान्सले इग्ल्यान्डसँग खेल्नेछ । २३ वर्षीय र एमबाप्पेले यस प्रतियोगितामा पाँच गोल गरिसकेका छन् र विश्वकपमा उनको कुल गोल सङ्ख्या नौ पुगेको छ । “म विश्वकपका उत्कृष्ट… पुरा पढौ

सुदूरपश्चिमले जित्यो यू–१९ राष्ट्रिय क्रिकेटको उपाधि

काठमाडौं, १९ मंसिर । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम उपाधि हात पारेको हो । उपाधि विजेता सुदूरपश्चिमले प्रतियोगिताका कुनै खेल पनि हारेको थिएन । ६ खेलमा ६ खेल नै जितेर फाइनल पुगेको सुदूरले लुम्बिनीविरुद्ध सहज जित हात पारेको हो । जितका लागि लुम्बिनीले दिएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर भेटेको हो । सुदूरपश्चिमका दीपक बोहराले २५ तथा अनुराग सिंहले २२ रन बनाए ।… पुरा पढौ

विश्वकप फुटबल : इङ्ग्ल्याण्ड र फ्रान्स क्वाटरफाइनलमा

काठमाडौं, १९ मंसिर। इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा हेरी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । खेलको ५७औं मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्ग्ल्याण्डलाई तीन गोलको अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल इङ्ग्ल्याण्डले… पुरा पढौ

विश्वकप फुटबल : अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं, १८ मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अहमद विन अली रङ्गशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेस्सीले खेलको ३५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने ५७औं मिनेटमा जुलियान अल्भारेजको गोलपछि अग्रता दोब्बर भयो । खेलको ७७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अष्ट्रेलियालाई खेलमा फर्काउने प्रयास गरे पनि पर्याप्त हुन सकेन । प्रतियोगिताको क्वाटरफाइनलमा… पुरा पढौ

प्रदेश खेलकुद परिषद गण्डकीले गर्याे अभिमुखीकरण तालिम

पोखरा, १७ मंसिर । प्रदेश खेलकुद परिषद गण्डकीमा १ दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषदका सदस्य र जिल्ला खेलकुदका अध्यक्ष तथा पदाधिकारीहरुलाई लक्षित गरी एक दिने अभिमुखीकरण तालिम आयोजना गरिएको हो । अभिमुखीकरण तालिममा जिल्ला जिल्लामा खेलकुदको सक्रियता र चलायमान बनाउने संगै नवौंमा प्राप्त सफलताले खेलाडीहरुमा नयाँ जागरण आएको सहभागिहरुले बताएका छन् । सो अवसरमा बोल्दै प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेलले प्रदेशको खेलकुद विकासका लागि तालिम प्रभावकारी रहने बताउँदै खेलकुदको जग बलियो बनाउन सबैको उत्तिकै… पुरा पढौ

करातेमा पुरुषतर्फ रोशन र महिलामा पल्लबी नेपालीले जिते स्वर्ण

पोखरा, १७ मंसिर । लेखनाथ क्योकुशिन–कान कराते डोजोले आयोजना गरेको लेखनाथ डोजो जुनियर फुल कन्ट्याक्ट कराते च्याम्पियनमा पुरुष ५० के.जी तर्फ रोशन गुरुङले गौरव थापालाई पराजित गर्दै स्वर्ण हात पार्दा साजन नेपाली र शुभम थापाले कास्यमा चित्त बुझाए । पुरुष ४५ के.जी तर्फ सम्येक प्रधानले कृष्ण रम्तेललाई पराजित गर्दै स्वर्ण जित्दा अभिशेक पुन र सुबिन श्रेष्ठले कास्य पदक हात पारे । पुरुप ४० के. जी तर्फ बसन्त थापाले युकेश गुरुङलाई स्तब्ध पार्दै स्वर्ण जिते भने किस्मत परियार र आयुष सुनारले… पुरा पढौ