प्रकाशकीय

चौथो वर्षको खुड्किलोमा पाइला

ठूलो भय र सन्त्रास सिर्जना गरेको कोभिड १९ महामारीबीच पनि सकारात्मक सोच र आशा राखेर सुरु भएको राष्ट्रिय न्युज पोर्टल सफल आवाज डटकम (www.safalawaj.com) आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । सफल आवाजको सञ्चालक संस्था सफल मिडिया हाउस प्रालि यो अमूल्य खुसी हाम्रा आदरणीय पाठक, दर्शक, स्रोता, शुभेच्छुक र विज्ञापनदातासँग साट्न पाउँदा हर्षविभोर भएको छ । प्रकोप वा महामारी हुन् वा अरु कुनै पनि प्रकारका चुनौती सामना गर्नुको विकल्प हामीसँग थिएन र त्यही चुनौती पार गर्नुमै सफलता निर्भर हुन्थ्यो ।… पुरा पढौ

विश्वासको ऊर्जाले तेस्रो वर्षमा

सफल मिडिया हाउस प्रालिद्वारा सञ्चालित न्युज पोर्टल सफल आवाज डटकम (www.safalawaj.com)आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ। निरन्तर र अबिचलित यो यात्राको खुसी हाम्रा समस्त पाठकसँग बाँड्न पाउँदा हामी गौरवान्वित र थप उत्साहित छौं । विशेष धन्यवाद तपाईं आदरणीय पाठक वर्गलाई, जसले हामीलाई विश्वास गर्नुभयो । त्यही विश्वासको जगमा हामी उभियौं । पाठकवर्गको साथ हाम्रा लागि सुखद् अनुभव रह्यो । जसका कारण पाठकलाई हाम्रो अनलाइन समाचारको भरपर्दो माध्यम बनिरहेको छ । दोस्रो वार्षिकोत्सवको अवसरमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, शुभेच्छुक, लेखक, सहकर्मी… पुरा पढौ

प्रतिकूलतामा अनुकूलता खोज्दै गरिएको यात्रा

सफल आवाज डटकम सफलतापूर्वक पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । यो खुसी आज हाम्रा समस्त पाठकसामु बाँड्न पाउँदा हामी धन्य भएका छौं । धन्यवाद तपाईं आदरणीय पाठक वर्गलाई जसले हामीलाई विश्वास गर्नुभयो । त्यही विश्वासको जगमा हामी उभियौं । पाठक वर्गले दिएको साथ हाम्रा लागि सुखद् अनुभव हो । कोभिडको त्राससँगै अनलाइन मिडियाको बाक्लो भिडमा हेलिनु आफैंमा चुनौतीपूर्ण थियो । यस्तो भिडमा उत्तिकै रफ्तारमा सुरुवाती जोस लिएर अघि बढ्न हामीलाई पाठक, विज्ञापनदाता र शुभेच्छुकबाट निकै ठूलो… पुरा पढौ

प्रकाशकीय

हामी सबै अहिले विषम परिस्थितिमा छौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले नेपाल पनि विगत ४ महिनादेखि लकडाउनमा गुज्रिरहेको छ । प्रतिकूल परिस्थितिमा पनि अनुकूल लक्ष्य लिएर अघि बढ्न सकिन्छ भन्ने सोचअनुरुप हामी सफलआवाज डटकम (www.safalawaj.com) न्यूज पोर्टलमार्फत् तपाईँहरुमाझ आएका छौं । सूचना पाउने नागरिकको संविधान प्रदत्त नैसर्गिक अधिकार हो । यस्तो सूचना सत्य र तथ्यमा आधारित मात्रै हुनु पर्दछ भन्ने हाम्रो अटल मान्यता रहेको छ । यही मान्यतामा रही सन्तुलित समाचार, उत्कृष्ट विचार, मार्गदर्शक लेख र प्रेरणादायी… पुरा पढौ