अटाे 🚙

नाडाको ४६ औं वार्षिक साधरण सभाको मिति परिवर्तन

काठमाडौं, पुस । नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालको मिति २०७९ पुस २२ गते शुक्रबार हुने भनिएको साधारणसभाको मिति परिवर्तन भएको छ । यसअघि होटल याक एण्ड यती दरबारमार्गमा उक्त दिन हुने तय भएको संस्थाको ४६ औं वार्षिक साधारण सभा विशेष कारणवश आगामी माघ २७ गते शुक्रबार दिउँसो २ बजे होटल याक एण्ड यती दरबारमार्गमा हुने नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालले एक सूचना प्रकाशित गरी जानकारी दिएको छ । साथै एशोसियशनले सोही सूचनालाई आधार मानी वार्षिक साधारण सभामा उपस्थितिको लागि पनि… पुरा पढौ

रसुवागढी नाकाबाट भित्रिए ३ सयभन्दा बढी सवारी साधन

रसुवा, २० पुस । रसुवागढी नाकाबाट ३ सयभन्दा बढी चिनियाँ सवारी साधन नेपाल भित्रिएका छन् । नेपाली व्यवसायीमार्फत चालु आर्थिक वर्षको साउनदेखि हालसम्म विभिन्न खाले ३ सय ५ वटा  सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएको आँकडा छ । यसरी स्वदेश भित्रिएका सवारी साधनमा इलेक्ट्रिक कार १ सय ३२,  इलेक्ट्रिक भ्यान ८२, हाइलक्स गाडी ११, लोडर उपकरण दुई र फ्युलकार ७८ वटासमेत रहेको सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरूले बताएका छन् । आयात भएका धेरैजसो सवारी साधन भन्सार प्रक्रिया पूरा… पुरा पढौ

बीवाइडीद्वारा १ वर्षमा १८ लाखभन्दा बढी गाडी बिक्री

काठमाडौं, २० पुस । चीनियाँ बीवाइडीले सन् २०२२ मा १८ लाखभन्दा बढी कार बिक्री गरेको तथ्याङ्क छ ।  कम्पनीले गएको १ वर्षमा समग्रमा १८ लाख ६८ हजार ५४३ थान कार बिक्री गरेको तथ्याङ्कले देखाएको छ । कम्पनीले बिक्री गरेको उक्त परिमाणका गाडीमा ९ लाख ११ हजार १४० पूर्ण ब्याट्री इलेक्ट्रिक भेहिकल तथा ९ लाख ४६ हजार २३९ थान भने प्लगइन हाइब्रिड मोडलको रहेको छ । तुलनात्मक रुपमा हेर्दा यो आँकडा सन् २०२१ को तुलनामा १५२.४६ प्रतिशत बढी हो । कम्पनीले… पुरा पढौ

जिहो ब्राण्डको शक्तिशाली इलेक्ट्रिक स्कुटर नेपाल ल्याउँदै सीएफमोटो

काठमाडौं, १७ पुस ।  सीएफमोटोले जिहो ब्राण्डको शक्तिशाली इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध गराउने भएको छ । सीएफमोटो अन्तर्गत जिहो ब्रान्डका दुई मोडल एई८ र एई८ एस प्लस इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध हुने बताइएको छ । जिहो ब्राण्डका यी स्कुटर नेपाली बजारमा पहिलेदेखि नै सीएफमोटोका मोटरसाइकल बिक्री गर्दै आइरहेको अन्ना ग्रुप र रिलायन्स ग्रुप मिलेर ल्याउन लागेका हुन् । नेपालका आधिकारिक बिक्रेताका अनुसार यी दुवै मोडलका स्कुटर केही हप्ताभित्रै औपचारिक रुपमा बिक्री शुरु हुनेछ । यी दुवै स्कुटर नेपाली… पुरा पढौ

अटो क्षेत्रको समस्या समाधानका लागि पहल गरिदिन अर्थमन्त्री समक्ष नाडाको आग्रह

काठमाडौं, १५ पुस । नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा एक प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरुमा छलफल गरेको छ । पुस १४ गते शुक्रबार भएको उक्त भेटघाट तथा छलफलमा अर्थमन्त्री पौडेलले आफूले अटोमोबाइल क्षेत्रलाई नजिकबाट चिनेको बताउँदै अटोमोबाइल व्यवसायीहरुले हाल भोगिरहेकोे समस्याहरुको समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको जानकारी दिए । भेटका क्रममा अर्थमन्त्री पौडेलले अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि सरकार प्रयत्नशील रहेको आवश्वासन दिँदै अटोमोबाइल व्यवसायीहरुबाट जारी आन्दोलन स्थगित गर्न… पुरा पढौ

नयाँ सरकारबाट व्यवस्थित यातायात सेवा सञ्चालनमा सहयोग पुग्ने विश्वास

काठमाडौं, १४ पुस । देशभरका यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले नयाँ सरकारबाट देशभर व्यवस्थित यातायात सेवा सञ्चालन हुने विश्वास लिएको छ । महासङ्घको टोलीले आज नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ‘बधाई तथा शुभकामना’ दिँदै नयाँ सरकारले समग्र सार्वजनिक यातायात क्षेत्रको लगानीको संरक्षण गर्दै व्यवस्थित यातायात सेवा सञ्चालन हुने विश्वास लिएको हो । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले नयाँ मन्त्रीको कार्यकालमा समयानुकुल व्यवस्थित यातायात सेवा सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। “नयाँ सरकारको… पुरा पढौ

लाइसेन्स छाप्ने ‘मास प्रिन्टर’ खरिद गर्दै यातायात विभाग

काठमाडौं, १४ पुस । सेवाग्राहीले लामो समयसम्म पनि चालक अनुमतिपत्र नपाउने समस्या हटाउन सरकारले नयाँ ‘मास प्रिन्टर’ (ठूलो क्षमताको छपाइ उपकरण) खरिदका लागि प्रक्रिया अघि बढाएको छ । हाल सञ्चालनमा रहेको जस्तै तर ठुलाे क्षमताकाे नयाँ प्रिन्टर खरिद गर्न लागिएको हो । अहिले माग र आपूर्तिबीचमा ठूलो अन्तर भएकाले ‘मास प्रिन्टर’ खरिद गर्न लागिएकाे यातायात व्यवस्था विभागले जनाएको छ । केही वर्षदेखि सेवाग्राहीले फारम भरेको वर्षदिनसम्म पनि चालक अनुमतिपत्र नपाउने अवस्था छ । चालु आर्थिक वर्षमा बजेट विनियोजन भएकाले बोलपत्र… पुरा पढौ

किन बढ्दैछ नेपालमा गाडीको मूल्य ?

काठमाडौं, १३ पुस । नेपालमा उपलब्ध हुने गाडीको मूल्य फेरि बढ्ने देखिएको छ । भारत सरकारले आगामी अप्रिल १ बाट अनिवार्य र बाध्यात्मक हुनेगरी प्रदूषण मापदण्डमा परिवर्तन गरेसँगै गाडीको मूल्य भारतमै बढ्ने भएको हो । नेपालमा अधिकांश गाडी भारतबाट आउने भएकोले भारतमा मूल्य बढेपछि नेपालमा स्वत: मूल्य बढ्ने भएको हो । अहिले भारतमा उत्पादन भएका कारको ९५ प्रतिशतभन्दा बजार हिस्सा नेपालमा छ । यस्तोमा भारतमा नयाँ नियमा अनिवार्य गरिएसँगै उत्पादित कार नै नेपाल आउने भएकोले त्यसको प्रत्यक्ष असर नेपालको मूल्यमा… पुरा पढौ

अटो व्यवसायीले आन्दोलन र वार्तालाई सँगसँगै लैजाने

काठमाडौं, ११ पुस । अटोमोबाइल व्यवसायीहरूले आन्दोलन र वार्तालाई सँगसँगै लैजाने भएका छन् । गत पुस ८ र ९ गते अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा सम्पन्न नाडाको बृहत भेला तथा केन्द्रीय कार्य समितिको बैठकले आगामी दिनको कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल व्यवसायको वर्तमान परिस्थिति र भविष्यको संभावना आदि विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको हो । चितवनको पार्क सफारी रिसोर्टमा सम्पन्न भेलामा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा सातै प्रदेश एसोसिएसन बीच अन्तरक्रिया तथा छलफल भएको थियो । भेलामा बैंकहरूको… पुरा पढौ

६ वर्षमा कति जडान भए इम्बोस्ड नम्बर ?

काठमाडौं, १० पुस । सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान छ वर्षमा ३५ हजार सवारीसाधनमा मात्रै भएको छ । कानुनीलगायतका विभिन्न कारणले केही अवधि रोकिएको जडान पछिल्लो समय भने न्यून सङ्ख्यामा भए पनि दैनिकरुपमा भइरहेको छ । तर निर्धारित समय सकिन ११ महिना बाँकी रहँदा २ प्रतिशतभन्दा कम सवारीसाधनमा नम्बर प्लेट जडान भएको विभागको भनाइ छ । इम्बोस्ड नम्बर प्लेट विसं २०८० मङ्सिरसम्म जडान गरिसक्नु पर्नेछ । इम्बोस्ड नम्बर प्लेट जडानको अहिलेको गति हेर्दा निर्धारित अवधिमा सबै… पुरा पढौ