अटाे 🚙

सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन

काठमाडौं, १३ माघ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका हुन्। सात सदस्यीय कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल रहेका छन् । कार्यदलले अध्ययनलाई प्रतिवेदनका रूपमा पेस गर्ने छ । कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इञ्जीनियरिङ क्याम्पसका प्राध्यापक डा पदमबहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य र इञ्जीनियर विजय गौतम सदस्य… पुरा पढौ

६ महिनामा भित्रियो ५ अर्ब हाराहारीको विद्युतीय गाडी

काठमाडौं, ११ माघ । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ६ महिनामा नेपालमा पौने ५ अर्बभन्दा बढीको चारपाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएको छ । विद्युतीय सवारी आयातबाट राज्यले यो अवधिमा १ अर्ब ३९ करोड ४६ लाख ७५ हजार राजस्व आम्दानी गरेको छ । भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा ४ अर्ब ९२ करोड ९१ लाख ४५ हजार रुपैयाँ बराबरका १ हजार ७४९ थान चारपाङ्ग्रे विद्युतीय सवारी भित्रिएका हुन् ।… पुरा पढौ

नाडाका मागहरुप्रति सरकार गम्भीर छ: अर्थमन्त्री पौडेल

काठमाडौं, १० माघ । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल नाडाको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेको छ । नाडा अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी अटोमोवाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गरेको हो । छलफलका क्रममा अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलासिताको वस्तुमा वर्गीकरण गरी सोही अनुरुप नीतिहरुको निर्माण भइरहेको गुनासो गर्दै सवारी साधनहरुलाई उक्त वर्गीकरणबाट हटाउन आग्रह गरे । अर्थमन्त्री पौडेलले सवारी साधनहरुलाई सरकारले विलासिताको वस्तुमा वर्गीकरण गरेको सन्दर्भमा त्यसबारे आउदो… पुरा पढौ

अर्काको लाइसेन्स ट्रायल परीक्षा दिने व्यक्ति पक्राऊ

मोरङ, १० माघ । मोरङको सुन्दरहरैँचाबाट प्रहरीले अर्काको नामको ट्रायल दिने २ जनालाई पक्राऊ गरेको छ । सुन्दरहरैँचा नगरपालिका-५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिइरहेका र ट्रायल दिन लगाउने गरी २ जनालाई सोमबार पक्राऊ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सुनसरीको भोग्राहा गाउँपालिका-७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव रहेका छन् ।   प्रहरीका अनुसार पक्राऊ परेका षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरी चौकी गछियाबाट खटिएको टोली फेला पारी उनीहरूलाई प्र.१-०२-०४५… पुरा पढौ

टिभिएसको पहिलो एओजी नाइट राइड सम्पन्न

काठमाडौं, १० माघ । जगदम्बा मोटर्सले शनिबार र आइतबार पहिलो पटक काठमाडौं देखि चित्लाङ सम्म अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सम्पन्न गरेको छ । ३० जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरुले यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा भाग लिए । उनीहरु मनोरञ्जनमा मात्र सिमित रहेनन् चित्लाङको प्राकृतिक सुन्दरताको अवलोकन गर्दै उनीहरुले कम्पनीको तर्फबाट समाजिक सेवाका काम पनि गरे । उनीहरुले चित्लाङको कालीदेवी आधारभूत विद्यालयमा अध्ययन सामाग्री वितरण गर्नुका साथै अरु विभिन्न कार्यक्रमहरु पनि आयोजना गरे । कार्यक्रममा युट्युबर… पुरा पढौ

फोर्स मोटर्सले पाेखरामा शुरू गर्याे अन्तराष्ट्रिय स्तरको सर्भिस सेन्टर

पोखरा, ९ माघ । फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले सोमबारबाट पोखराको चाउथेमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याइएको छ । सो सर्भिस सेन्टरको एक समारोहबीच नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालयन अर्गनाइजेशनका अध्यक्ष ध्रुब बहादुर थापा, फोर्स मोटर्सका अन्तराष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् । फोर्स मोटर्सले आफ्ना ग्राहकलाई गाडी बिक्री गरेपछिको सहि र सहज किसिमको सेवा दिनको लागि सर्भिस सेन्टर संचालनमा ल्याएको… पुरा पढौ

२ वटा एसयूभी नेपाल ल्याउने तयारीमा सिजी मोटोकर्प

काठमाडौं, ९ माघ । सिजी मोटोकर्पले केही हप्तामा दुई वटा नयाँ एसयूभी नेपाल भित्र्याउने भएको छ । मारुती सुजुकीको आधिकारीक बिक्रेता सीजी मोटोकर्पले भारतमा उत्पादन भएको ग्राण्ड भिटारा र नयाँ जेनेरेशनको ब्रेजा ल्याउने तयारी थालेको बुझिएको छ । गाडीहरु माघको अन्तिमसम्ममा बिक्री सुरु कम्पनीको योजना छ । ब्रेजा अहिलेकोभन्दा केही महंगो हुने अनुमान गरिएको र यसमा पहिलो पटक सनरुफ पनि दिइएको छ । ब्रेजाको नयाँ जेनेरेशनमा १.५ लिटर, फोर सिलिण्डर इन्जिनलाई निरन्तरता दिइएको छ । अहिले थप माइल्ड हाइब्रिड टेक्नोलोजी… पुरा पढौ

विद्युतीय गाडीकाे माग बढ्दै, पूर्वाधारमा अझै समस्या

काठमाडौं, ८ पुस । विद्युतीय सवारी साधानको प्रयोगलाई बढावा दिने सरकारी नीतिको सकारात्मक प्रभाव देखिएकाे छ । सरकारले आन्तरिक उत्पादनका रुपमा रहेको बिजुलीको खपत बढाउँदै आयातित पेट्रोलियम पदार्थ कम गर्ने र हरित ऊर्जालाई प्रवर्द्धन गर्ने नीति लिएको छ । विद्युतीय सवारी साधानको प्रयोग बढाउन सरकारले पेट्रोलियमबाट चल्ने सवारी साधनको तुलनामा विद्युतीय सवारी साधनको आयातमा न्यून कर निर्धारण गरेको छ । फलस्वरुप पछिल्ला वर्षमा विद्युतीय सवारी प्रयोगर्काको संख्या बढ्दै गएको छ । विद्युतीय सवारी साधनको सङ्ख्या बढ्दो क्रममा रहे पनि चार्जिङ… पुरा पढौ

नाडाले गर्यो नगद मार्जिन हटाउने सरकारको निर्णयको स्वागत

काठमाडौं, ८ माघ । राष्ट्र बैंकले गरेको आयातमा अनिवार्य नगद मार्जिन हटाउने निर्णयलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले स्वागत गरेको छ । नाडाले एक विज्ञप्ति प्रकाशित गरी नेपाल राष्ट्र बैंकले गरेको उक्त निर्णय स्वागतयोग्य रहेको जनाएको हो । विगत १३ महिनादेखि लागू हुँदै आएको सवारी साधन तथा विभिन्न अटोमोबाइलसम्बन्धी वस्तुहरूको आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्थालाई केन्द्रिय बैंकले गत बिहीबार हटाउने निर्णय गरेको थियो । यसअघि सरकारले निजी प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जीप र… पुरा पढौ

सवारी चेकिङमा पर्दा नागरिक एपमा भएको कागजात देखाउन नपाइने, सक्कल नै बोक्नुपर्ने

काठमाडौं, ५ माघ । सवारी साधनको चेकिङमा पर्दा नागरिक एपमा भएको कागजात (ब्लूबुक र लाइसेन्स)ले काम नगर्ने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार सवारी नियम उल्लङ्घन भएको खण्डमा यातायात निरीक्षक वा प्रहरीले सवारी सम्बन्धी सक्कल कागजपत्र लिई २४ घण्टे पुर्जी जारी गर्ने हुँदा नागरिक एपमा भएको व्यवस्थाले सो कार्य गर्न नसकिने भएकोले सक्कल कागजात नै बोक्न सबैमा आग्रह गरेको छ । यसैगरी सोही ऐनको दफा ६० बमोजिम ५ पटकभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने चालकको अनुमतिपत्र… पुरा पढौ