अटाे 🚙

पल्सर १५० नयाँ आवरणमा, यस्ता छन् विशेषता

काठमाडौं, ८ मंसिर । बजाजले १५० सीसी पल्सरको नयाँ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले नयाँ सिरिजलाई पी १५० भनेर नामाकरण गरेको छ । नयाँ जेनेरेशनको यो पल्सर १५० मा इन्जिन साइज पुरानै रहेको छ । एउटै साइजको इन्जिन भए पनि नयाँ पल्सर १५० पहिलेभन्दा बढी शक्तिशाली रहेको बताइएको छ । कम्पनीले यसको डिजाइन पहिलेभन्दा निकै स्पोर्टी बनाएको छ । नयाँ मोडल सार्वजनिक गरेको बजाजले पी १५० बजारमा बिक्री सुरु गरेसँगै पुरानो पल्सर १५० को विक्रीलाई निरन्तरता दिन्छ वा दिदैन… पुरा पढौ

बीएमडब्लूको इलेक्ट्रिक क्रसओभर बिक्री सुरु

काठमाडौं, २ मंसिर । कार निर्माता कम्पनी बीएमडब्लूले उत्पादन गरेको विद्युतीय क्रसओभरको बिक्री शुरु गरिएको छ ।कम्पनीले उत्पादन गरेको ‘आईएक्स–१’ विद्युतीय क्रसओभर जर्मनीबाट बिक्री शुरु गरिएको हो । कम्पनीले यो क्रसओभर पहिलो पटक गत २०२२ को मे महिनामा प्रदर्शन गरेको थियो । कम्पनीले यो मोडल जर्मनी आउँदो हप्ताबाट ग्राहकलाई हस्तान्त्रण गर्ने तालिका बनाएको छ । हाल एउटै मात्र भेरियन्टमा उपलब्ध यो इलेक्ट्रिक केरसओभरमा ६६.५ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४३७ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित… पुरा पढौ

बजाज पल्सर १२५ कार्बन फाइबर एडिशन सार्वजनिक

काठमाडौं, १ मंसिर । बजाज अटोले पल्सर १२५ को नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले हालै का पल्सर १२५ को नयाँ कार्बन फाइबर नामक एडिशनको सार्वजनिक गरेको हो । कम्पनीले कार्बन फाइबर भर्सनको २ वटा भेरियन्ट सार्वजनिक गरेको छ । पहिलोमा सिंगल सिट र दोस्रोमा स्प्लिट सिट रहेको छ । सिंगल सिट भेरियन्टको मूल्य ८९ हजार २५४ रुपैयाँ भारु तथा स्प्लिट सिट भेरियन्टको मूल्य ९१ हजार ६२४ भारु निर्धारण गरेको छ । यसबाहेक पल्सर १२५ कार्बन फाइबर एडिशनमा कम्पनीले… पुरा पढौ

जयनगर-कुर्था रेल मार्गमा ४ दिन रेल सेवा बन्द हुने

जनकपुरधाम, ३० कात्तिक । जयनगर–कुर्था रेल्वे मार्गमा बिहीबारदेखि चार दिन रेल सेवा बन्द हुने भएको छ । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी मङ्सिर १ गते बिहीबारदेखि मङ्सिर ४ गते आइतबारसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । निर्वाचनलाई लक्षित गरी ७२ घण्टा अघिदेखि भारतीय सिमानाका बन्द हुने भएकाले रेल सेवासमेत बन्द गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिए। मङ्सिर ५ गते सोमबारदेखि रेल सेवा नियमित रुपमा… पुरा पढौ

हिरो मोटोकर्पद्वारा भिडा इलेक्ट्रिकको पहिलो शोरुम सञ्चालन

काठमाडौं, २९ कात्तिक । हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर भिडाको शोरुम सञ्चालनमा ल्याएको छ । एक्सपेरियन्स सेन्टर नाम दिइएको यो शोरुमा कम्पनीले भारतको बैंगलुरुमा सञ्चालनमा ल्याएको हो । हिरो मोटोकर्पले केही समयअघि भिडा नामको आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको थियो । कम्पनीले बैंगलुरुपछि भारतको जयपुर र दिल्लीमा पनि उक्त शोरुमा स्थापना गर्ने बताएको छ । हिरो मोटोकर्पका अनुसार यस्तो शोरुममा ग्राहकले स्कुटर चार्ज गर्ने सुविधा समेत पाउने छन् । कम्पनीले भिडा भी १ प्लस र भी १ प्रो… पुरा पढौ

याडियाले सार्वजनिक गर्यो इलेक्ट्रिक मोटरसाइकल

काठमाडौं, २८ कात्तिक । इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी याडियाले इलेक्ट्रिक मोटरसाइकल उपलब्ध गराउने भएको छ । कम्पनीले हालै इटलीको मिलानमा भइरहेको (ईआईसीएमए) अटो शोमा एउटा इलेक्ट्रक मोटरसाइकल प्रदर्शन गरेको छ । याडियाले प्रदर्शन गरेरको उक्त इलेक्ट्रिक मोटरसाइकल नेकेड स्पोर्टस डिजाइनको रहेको बताइएको छ । कम्पनीले यसलाई ‘यडिया भीएफडी’ नाम दिएको छ । यो इलेक्ट्रिक मोटरसाइकलमा ५.५ किलोवाट रेटेड र १० किलोवाट पिक पावर क्षमताको मोटर दिइएको कम्पनीको दावी छ । यसले मोटरले २८० एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलको… पुरा पढौ

ओपाई ब्राण्डको सस्तो इलेक्ट्रिक स्कुटर बिक्री शुरु

काठमाडौं, २७ कात्तिक । जम्बो मोटर्स प्रालिले ओपाई ब्राण्डको नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले सस्तो मूल्यमा आउने ओपाई वाईडब्लू-०३ मोडलको स्कुटर बिक्री सुरु गर्ने भएको हो । कम्पनीले ओपाई वाइडब्लू ०३ मोडलको मूल्य १ लाख ४९ हजार रुपैयाँ तोकेको छ । नेपालमा आएका सबैखाले इलेक्ट्रिक स्कुटरहरु महँगो मूल्यमा उपलब्ध भइरहँदा जम्बो मोटर्सको यो मोडल भने डेढ लाख रुपैयाँमा पाइने भएको छ । यो स्कुटरमा २ किलोवाट पिक पावरको मोटर दिइएको छ भने ६० भोल्ट २३… पुरा पढौ

सेगवेको प्रिमियम स्कुटर नेपालमा

काठमाडौं, २५ कात्तिक । सेगवेको नयाँ इलेक्ट्रीक स्कुटर ‘ई ११० एल’ नेपाली बजारमा उपलब्ध भएको छ । आईहब प्रालिले सेगवेको यो नयाँ इलेक्ट्रिक स्कुटरको बिक्री सुरु गरेको हो । यो स्कुटर गत असोज ६ गतेदेखि भृकुटीमण्डपमा भएको ईभी एक्स्पो २०२२ मा कम्पनीले प्रदर्शनीमा राखेको थियो । हालै उपलब्ध ई ११० एल स्कुटरमा अधिकतम २.४ किलोवाट पावर प्रदान गर्ने मोटर जडान गरिएको छ । यसमा सेगवेले ७२ भोल्ट २४ एम्पीयर पावरको ब्याट्री दिएको छ । यसलाई एक पटकको फुलचार्जमा ११० किलोमिटरसम्म… पुरा पढौ

किन बन्द हुदैछन सवारीसाधनका शोरुम ?

काठमाडौं, २४ कात्तिक । सरकारले वैदेशिक मुद्राको सञ्चिति जोगाउन सवारी साधनको आयातमा लगाएको प्रतिबन्धका कारण केही शोरुम बन्द भएका छन् । सरकारले विद्युतीय सवारी साधनको आयातमा रोक नलगाएको भए पनि डिजेल तथा पेट्रोलबाट चल्ने चार पाङ्ग्रे गाडी आयातमा प्रतिबन्ध लगाइएको छ । देशमा विदेशी मुद्राको सञ्चितिमा कमी भएको भन्दै सरकारले गत वैशाखयता निजी प्रयोजनमा हुने कार, भ्यान तथा जिप आयातमा रोक लगाएको छ । लामो समयदेखि आयात रोकिएका देशभर सञ्चालित गाडीका अधिकांश डिलर बन्द हुन थालेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ… पुरा पढौ

तीव्रगतिमा सवारी चलाएमा सचेतना कक्षा लिनुपर्ने

काठमाडौं, २३ कात्तिक । के तपाईं काठमाडौँ उपत्यकामा तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ ? त्यसो हो भने होसियार ! एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ला । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई आगामी मङ्सिर १५ गतेदेखि ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । यसअघि मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने र लेन अनुशासन उल्लङ्घन गर्ने तथा सडक बत्तीको पालना नगर्ने चालकलाई ट्राफिक सचेतना कक्षा  सञ्चालन गर्दै आएको कार्यालयले आगामी मङ्सिर १५ गतेदेखि तीव्र गतिमा सवारीसाधन… पुरा पढौ