अटाे 🚙

‘सहारा एप’को नयाँ योजना : यात्रु र चालकलाई ५ लाखको बिमा

काठमाडौं, १८ पुस । राइड सेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैयाँको बिमा योजना ल्याएको छ । यात्रु तथा पार्टनरका लागि पाँच लाखको दुर्घटना र एक लाख रुपैयाँको उपचार बिमा गर्ने सम्बन्धमा सहाराले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच सहारा एपका तर्फबाट अध्यक्ष शेखर श्रेष्ठ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले बिमासम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर भएकै दिनदेखि सहाराका पार्टनर तथा यात्रुहरुको बिमा… पुरा पढौ

जगदम्बा मोटर्सको सीईओमा दीपक अग्रवाल नियुक्त

काठमाडौं, १६ पुस । जगदम्बा मोटर्स प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपक अग्रवाल नियुक्त भएका छन् । स्थापनाकालदेखि नै कम्पनीमा जोडिएका अग्रवाल यसअघि सोही कम्पनीका भाईस प्रेसिडेन्ट थिए । नाडासँग पनि जोडिएका अग्रवालकोउद्योग, बैंकिङ, आईटी, अटोमोबाइल क्षेत्रको राम्रो अनुभव छ । पुरा पढौ

टीभीएसको नयाँ मोटरसाइकल ‘टीभीएस राइडर’ पाेखरामा सार्वजनिक

काठमाडौं, ११ पुस । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, पोखरास्थित आफ्नो एक्स्क्लयूसिभ शोरुमबाट यूवा लक्षित १२५ सीसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा सप्तरंग तीन चर्चित गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पंगेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार सन्दिप क्षेत्री, मिडिया व्यक्तित्व नरेश भट्टराई, विवेक खतिवडा र निता प्रधानाङ, टिकटक स्टार उषा उप्रेतीको उपस्थितिमा सार्वजनिक गरिएको थियो । युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी… पुरा पढौ

विर्तामोडमा स्कोडाको नयाँ शोरुम सञ्चालन

काठमाडौं, १३ पुस । विर्तामोडमा स्कोडाको नयाँ शोरुम सञ्चालनमा ल्याइएको छ । नेपालका लागि युरोपको अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले विर्तामोडमा नयाँ स्टेट-अफ-द-आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) शोरुम सञ्चालनमा ल्याएको हो । स्कोडाको नयाँ सोरुमको उद्घाटन विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै एमएडब्लु स्कोडाका निर्देशक अग्रवालले ग्राहकको सुविधाका लागि स्कोडा सञ्जालको विस्तार गर्न विर्तामोडमा नयाँ शोरुम सञ्चालनमा ल्याएको बताए । उनले… पुरा पढौ

बेनेलीको प्रिमियम स्कुटर ‘प्यानेरिया १२५’ बजारमा

काठमाडौं, ९ पुस । नेपाली बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ लन्च भएको छ । शुक्रबारद आयोजित एक कार्यक्रमका बीच सो स्कुटर सार्वजनिक गरिएको हो । यससँगै बेनेली अब प्रिमियम स्कुटर सेगमेन्टमा प्रवेश गरेको छ । इटालीको एक आइल्यान्डको नामबाट यो स्कुटरको नाम ‘प्यानेरिया’ राखिएको हो । प्यानेरिया १२५ ईएफआइ एड्भान्स्ड मोडर्न फिचरले भरिएको क्लासिक लुकमा उपलब्ध नियो–रेट्रो कम्बिनेसनको स्कुटर हो । यसमा ईएफआइ अर्थात् इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सहितको नोवल सिंगल सिलिन्डर एयरकुल्ड १२४ सीसीको इन्जिन छ, जसले ७५०० आरपीएममा… पुरा पढौ

नाडाले गर्याे पदाधिकारी चयन, यस्तो छ नयाँ टिम

काठमाडौं, ७ पाैष । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ कार्यसमितिका पदाधिकारीहरू बुधबार चयन भएका छन । नाडाका अध्यक्ष ध्रुव थापाका अनुसार उपाध्यक्षमा राजनबाबु श्रेष्ठ, सुनिल रिजाल र निराकर श्रेष्ठ तथा संस्थागत उपाध्यक्षमा सुवास आचार्य र मोहनबाबु खड्का निर्वाचित भएका छन् । महासचिवमा सुरेन्द्र कुमार उप्रेती र कोषाध्यक्षमा मिलनबाबु मल्ल निर्विरोध निर्वाचित भएका छन् ।  सचिवमा बिक्रम सिंघानिया र सहकोषाध्यक्षमा पंकज अग्रवाल निर्वाचित भएका छन् । उपाध्यक्षको निर्वाचनमा रिजाल र निराकर श्रेष्ठले बराबर मत ल्याएपछि नाडा कार्यसमितिमा एक -एक वर्ष कार्यकाल बाड्ने… पुरा पढौ

टीभीएसको नयाँ शोरुम कैलालीको अत्तरियामा

काठमाडौं, ६ पुस । जगदम्बा मोटर्स प्रालिले कैलालीको अत्तरियामा एक्स्क्ल्यूजिव थ्रीएस (सेल्स, सर्भिस एण्ड स्पेयर्स) सुविधा सम्पन्न नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नयाँ शोरुममा टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदका साथै सर्भिसमा समेत ग्राहकलाई थप सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ । बागेश्वोरी मल्टी मोटर्सका प्रबन्ध निर्देशक प्रेम साउदले अत्तरियामा नयाँ शोरुम सञ्चालन गर्न पाएकोमा खुशी व्यक्त गरे । कम्पनीले नयाँ शोरुमबाट युवा लक्षित १२५ सीसी श्रेणी अन्तर्गतको अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर पनि सार्वजनिक गरेको छ ।… पुरा पढौ

बुटवलमा १२५ सीसीको ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक

काठमाडौं, १ पुस । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले बुटवलमा युवालाई लक्षित गरी १२५ सीसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्सको नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ । गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पंगेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हाँस्य कलाकार राजाराजेन्द्र पोखरेल लगायतको उपस्थितिमा एक्स्क्लयूजिव शोरुमबाट टीभीएस रेडर मोटरसाइकल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । पुरा पढौ

जगदम्बा मोटर्सद्वारा भरतपुरमा ‘टीभीएस रेडर’ सार्वजनिक

काठमाडौं, २९ मंसिर । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले चितवनको भरतपुरमा टीभीएस रेडर सार्वजनिक गरेको छ । युवालाई लक्षित गरी १२५ सीसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्सको नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको प्रालिले जनाएको छ । सप्तरंग ३ का हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायक रामकृष्ण ढकाल, बद्री पङ्गेनी, गायिका मिलन नेवार, अस्मिता अधिकारीको उपस्थितिमा एक्स्क्लयूजिव शोरुमबाट टीभीएस रेडर मोटरसाइकल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । पुरा पढौ

कर्पोरेट घरानाका करणलाई पछी पार्दै नाडा अध्यक्षमा पोखराका ध्रुब थापा विजयी (मतपरिणाम सहित)

काठमाडौं, २४ मंसिर । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा पोखराका ध्रुव थापा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी करण कुमार चौधरीलाई ६६ मत अन्तरले पछि पार्दै थापा निर्वाचित भएका हुन । शुक्रबार बिहान साढे १ बजे प्राप्त मतपरिणाम अनुसार थापाले १ हजार ४१३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी चौधरीले १ हजार ३४७ मत प्राप्त गरे । साधारण सदस्यहरुमा आकाश गोल्छाले १ हजार ३३९ मत ल्याएर विजयी भएका छन् । निराकार श्रेष्ठले १ हजार ३६४, कपिल शिवाकोटीले… पुरा पढौ