आर्थिक 📈

सुनको भाउमा लगातार वृद्धि, चाँदीको घट्यो

काठमाडौं, २१ पुस । सुनको भाउ लगातार उकालो लागिरहेको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार पनि नेपाली बजारमा सुनको भाउ अझैं उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउमा रुपैयाँ २ सयले बढेको छ । चाँदीको भाउमा १५ रुपैयाँले गिरावट भएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख २ हजार ९… पुरा पढौ

काठमाडौं महानगरले उठायो ४ अर्ब बढी राजस्व

काठमाडौं, २१ पुस । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा रु चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु तीन अर्ब ६९ करोड जम्मा गरेको कामपाले कोरोना महामारीको त्रास कम भएसँगै उक्त राजश्व सङ्कलन गरेको कामपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले बताए। कामपामा भएको राजस्व परामर्श समितिको बैठकमा डा अधिकारीले राजस्व असुलसम्बन्धी जानकारी दिए। बैठकले कामपाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजस्व परामर्श समितिले नगरसभामा प्रस्ताव लैजाने… पुरा पढौ

यस्ताे छ चालु पुँजी कर्जा मार्गदर्शनमा भएकाे संशोधन (पूर्ण पाठ)

काठमाडौं, २१ पुस । नेपाल राष्ट्र बैंकले चालु पुँजीसम्बन्धी मार्गदर्शन २०७९ पहिलोपटक संशोधन गरेको छ । राष्ट्र बैंकले भर्चुअल माध्यामबाट पत्रकार सम्मेलन गरेर मार्गदर्शन संशोधनको जानकारी दिएको हो । बैंक तथा वित्तीय संस्थाले ऋणीको चालु सम्पत्ति तथा दायित्वको नियमित मूल्याङ्कन गरेर दिइने कर्जा चालु कर्जा हो । छोटो अवधिको कर्जाका रुपमा लिइने चालु पुँजी कर्जा व्यावसायिक प्रयोजनका लागि मात्रै दिनुपर्ने व्यवस्था छ । यसअघि रु ५० लाखभन्दा माथिको व्यावसायिक कर्जामा चालु कर्जासम्बन्धी व्यवस्था लागू हुने व्यवस्था रहेकामा अहिले त्यसलाई संशोधन… पुरा पढौ

सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्या ७० प्रतिशतले बढ्यो

सोलुखुम्बु, २१ पुस। सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आवागमन ७० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनाको तथ्याङ्कलाई हेर्ने हो भने चालु आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्यामा ७० दशमलव १७ प्रतिशतले वृद्धि भएको पाइन्छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार गत आवको पहिलो पाँच महिनामा सात हजार चार सय ६४ जना पर्यटकले खुम्बु भ्रमण गरेका थिए भने चालु आवको सोही अवधिमा २५ हजार २९ जनाले भ्रमण गरेका छन्… पुरा पढौ

ओरेन्टल पीडितले सरकारसँग बचत माग दाबी गर्ने म्याद पुस मसान्तसम्म

काठमाडौं, २१ पुस । ओरेन्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बचतकर्ताले प्रमाणसहित निवेदन पेस गर्न फेरि म्याद थप गरिएको छ । सहकारी व्यवस्थापन समितिको कार्यालयले मङ्सिर २३ गते १५ दिनको समय थप गरी ओरेन्टल पीडितलाई अनलाइनमार्फत माग दाबी गर्न सूचना प्रकाशित गरेको थियो । सो म्याद पुस ११ गते सकिएकामा धेरै पीडितले थाहा नपाएको गुनासो गरेपछि मङ्गलबार पुस मसान्तसम्म म्याद थप गरिएको समितिका सचिव केशवप्रसाद पौडेलले जानकारी दिए। त्यसअनुसार पीडितले पुस मसान्तसम्म अनलाइनमार्फत आवेदन दिनुपर्ने समितिको कार्यालय प्रमुखसमेत रहेका सदस्य सचिव… पुरा पढौ

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, व्यवसायीको सकस सम्बोधन होला ?

काठमाडौं,  २० पुस । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शनमा केही संशोधन गरेको छ । निजी क्षेत्रका व्यवसायीहरु तथा छाता संगठनका प्रतिनिधिहरुले पटक पटक अर्थमन्त्री तथा राष्ट्र बैंकका गभर्नरसमक्ष ब्याजदर घटाउन र चालु पुँजी कर्जा मार्गदर्शनलाई व्यवहारिक बनाउन आग्रह गर्दै आएकामा आज केन्द्रीय बैंकले उक्त मार्गदर्शनमा केही संशोधन गरेको हो ।   राष्ट्र बैंकले यसअघि मार्गदर्शन कार्यान्वयनमा के–कस्तो अफ्ट्यारा छन् भनेर बैंक तथा वित्तीय संस्थाहरूबाट सुझाव लिइएको थियो । विभिन्न क्षेत्रबाट आएका सुझावलाई हेरेर मार्गदर्शन संशोधन गरिएको प्रवक्ता गुणाकर… पुरा पढौ

चालुपुँजी कर्जा मार्गदर्शनमा संशोधनको संकेतसँगै सेयर बजारमा चमक

काठमाडौं, २० पुस । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा चमक देखिएको छ । नेप्सेमा अर्ध शतक बढीको पारि देखिएको छ । सेयर बजारमा आएको सकारात्मक दृश्यले लगानीकर्तालाई उत्साही बनाएको छ । नेपाल राष्ट्र बैंकले चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ संशोधन गर्ने मनसाय देखाएपछि सेयर बजारमा चमक देखिएकाे हाे । प्रधानमन्त्री प्रचण्डकाे निर्देश गरेपछि राष्ट्र बैंकले चालु सम्पत्ति र वार्षिक काराेबारकाे आधारमा मात्रै चालु पूँजी कर्जा पाइने व्यवस्थालाई तत्कालका लागि कार्यान्वयनमा नल्याउने भएको छ । पछिल्ला दिनहरुमा अर्थतन्त्र सुधारका लागि… पुरा पढौ

लगातारकाे मूल्यवृद्धिले सन २०२२ बन्याे नवीकरणीय ऊर्जाकाे स्रोत खोजीकाे वर्ष

काठमाडौं, २० पुस । लगातार उकालो लागेको पेट्रोलियम पदार्थको मूल्य, कोरोना महामारीले विश्व आपूर्ति शृङ्खलामा जटिलता थपेका बेला नया वर्षको पहिलो महिना सकिनासाथ सुरु भएको युक्रेन युद्धबाट युरोपमा मात्र नभई विश्वव्यवस्था नै अनिश्चयतर्फ धकेलिएका बेला विगतका विषम ऊर्जा सङ्कटलाई सम्झदै त्यसबाट पार पाउन सन् २०२२ मा नवीकरणीय ऊर्जाका स्रोतको खोजीमा अध्ययन अनुसन्धानका प्रयासहरू भएका छन् । दक्षिण एशियाली क्षेत्र अथाह जलस्रोतको भण्डार भएकाले स्वच्छ ऊर्जा उत्पादन र विकासमा यस भेगका राष्ट्रले केही उल्लेखनीय काम गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा कोइलाको अभाव… पुरा पढौ

लालबन्दीबाट ५ महिनामा ८३ करोडको तरकारी निकासी

सर्लाही, २० पुस । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्ष २०७९/८० मा ८३ करोड ५० लाख ८४ हजार ७५ को तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७९ साउन १ देखि २०७९ मंसिर मसान्तसम्ममा १६ करोड ५७ लाख ६ हजार ७ सय ७३ किलो तरकारी निकासी गर्दा ८३ करोड ५० लाख ८४ हजार ७५ रकम सङ्कलन भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ । साथै आव २०७८/७९… पुरा पढौ

प्रधानमन्त्रीले भेटमा अर्थमन्त्री र गभर्नरलाई के के सुझाए ?

काठमाडौं, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीका विषयमा चासो राखेको उनको निजी सविचालयले जनाएको छ । उनले ब्याजदर घटाउन तथा तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्न सुझाव पनि दिएका छन् ।… पुरा पढौ