आर्थिक 📈

सुपर मादी हाइड्रोकाे आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, ७ पुस । सुपर मादी हाइड्रोपावरकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले मंसिर २० गतेदेखि आयोजना प्रभावित क्षेत्र तथा वैदेशिक राेजगारमा रहेका नेपालीका लागि सेयर बिक्रीमा ल्याएकाे थियाे । लगानीकर्ताले पुस २० गतेसम्म आवेदन दिन सकिने बताइएकाे भएपनि सेयरमा माग गरेकाेभन्दा बढी आवेदन पेश भएकाेले आजसम्म आवेदन दिन पाइने भएकाे हाे । कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे । यसमा आयोजनाबाट धेरै प्रभावित… पुरा पढौ

गुल्मीमा सुन्तला महोत्सव: डेढ करोडको सुन्तला निर्यात हुने

रेसुङ्गा, ७ पुस । गुल्मीमा कृषकलाई प्रोत्साहित गर्नका लागि सुन्तला महोत्सव आयोजना गरिने भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा बिहीबार महोत्सव गर्न थालिएको हो । अनमोल कृषक समूहको आयोजना तथा छत्रकोट गाउँपालिका, कृषि ज्ञान केन्द्र गुल्मी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला फलफूल जोन गुल्मी र उद्योग वाणिज्य सङ्घ गुल्मीको सहआयोजनमा सुन्तला महोत्सव हुन लागेको अनमोल कृषक समूहका अध्यक्ष विष्णुप्रसाद पन्तले जानकारी दिए। सुन्तला खेतीको विस्तार र विकास, बजारीकरणको सुनिश्चितता, स्थान विशेष पहिचान, कृषि पर्यटन प्रवद्र्धन, कृषकको उत्पादमा वृद्धि र… पुरा पढौ

लघुवित्त बैंकर्स सङ्घ र लघुवित्तीय सङ्घर्ष समितिबीच सहमति

चितवन, ६ पुस । नेपाल लघुवित्त बैंकर्स सङ्घ र लघुवित्तीय संस्था सङ्घर्ष समितिबीच १२ बुँदे सहमति भएको छ । सङ्घ र सङ्घर्ष समितिले आज आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा १२ बुँदे सहमति भएको जनाइएको हो । सहमतिसँगै सङ्घर्षका कार्यक्रम स्थगित गरिएको सो अवसरमा जानकारी दिइएकाे छ। लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई कालो सूचीमा परेका विस्थापित सदस्यको समस्या समाधान गर्न आवश्यक संयन्त्र बनाउने र ऋण तिर्न नसकेर आन्दोलनमा लागेका ऋणीको समस्या समाधानका निम्ति पहल गर्ने सहमति भएको छ । यस्तै लघुवित्त… पुरा पढौ

नेप्से ५.८९ अंकले घट्यो, एनआइसी एशियाको कारोबार अब्बल

काठमाडौं, ६ पुस । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा करेक्सन देखिएको छ । अघिल्ला दुई दिनको उकालो लागेको यात्रामा यसदिन ब्रेक लागेको छ । एउटा मात्रै उपसमूहमा हरियो लागेको छ । बाँकी १२ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.८९ अंकले घटेर १८६७.२२ विन्दुमा झरेको छ । नेप्सेमा ०.३१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.३१ अंकले घटेर ३६५.३४ विन्दुमा रहेको छ । यसदिन कुल… पुरा पढौ

शुभम पावरको आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, ६ मंसिर । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा गएका त्यहाँ काम गरिरहेका नेपालीका लागि आजदेखि सेयर (आईपीओ) बिक्रीमा ल्याएकाे छ । यसअघि कम्पनीले जारी पूँजी २० करोड रुपैयाँ बराबरको २० प्रतिशतले हुने ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेको थियाे । साे सेयरबाट बिक्री हुन बाँकी रहेकाे १ लाख ८० हजार ५८० कित्तासहित अरु थपेर ५८ हजार ५८ कित्ता सेयर निष्काशन गरेकाे हो। सेयरमा लगानीका लागि पुस २० गतेसम्म आवेदन दिन पाइने छ।… पुरा पढौ

सुन र चाँदी दुवैको भाउ बढ्यो

काठमाडौं, ६ पुस । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आज छापावाल सुनमा ८ सय रुपैयाँ तथा सेतो धातु चाँदीमा २५ रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको रुपैयाँ १ लाख १ हजार २ सय रुपैयाँ तोकेको जनाएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि आज ८ सय रुपैयाँले वृद्धि भई… पुरा पढौ

लाभांश पारित गर्न राधी विद्युतले डाक्याे साधारण सभा

काठमाडौं, ६ पुस । राधी विद्युत कम्पनीले लाभांश पारित गर्नकाे लागि साधारण सभा बाेलाएकाे छ । सेयरधनीहरुलाई वितरण गर्ने भनिएकाे साे लाभांशकाे प्रस्ताव अनुमाेदन गर्न पुस २८ गते साधारण सभा बाेलाइएकाे हाे । साधारण सभा त्रिपुरेश्वरमा रहेकाे कार्यालयमा उक्त दिन पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । साधारण सभा अनलाइनमार्फत हुने भएकाेले सेयरधनीले घरैबाट सभामा सहभागिता जनाउन सक्नेछन्। सभाबाट ५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ । यसमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.२५ प्रतिशत नगद… पुरा पढौ

विश्वभर चर्को खाद्य मूल्यवृद्धि, नेपालमा ८.१ प्रतिशत

काठमाडौं, ६ पुस । कोभिड–१९ महामारीको प्रभाव, रुस–युक्रेन युद्ध, पेट्रोलियम पदार्थ तथा अमेरिकी डलरको मूल्यमा भएको वृद्धिलगायत कारणले विश्वभर मूल्यवृद्धि बढिरहेको छ । सन् २०२२ मा विश्व अर्थतन्त्रमा देखिएको सबैभन्दा ठूलो चुनौती पनि मूल्यवृद्धि नै हो । विश्वभर आपूर्ति श्रृङ्खलामा देखिएका विभिन्न असरले खाद्यवस्तुको मूल्य निकै बढायो । विश्व बैंकले सोमबार सार्वजनिक गरेको ‘फुड सेक्युरिटी अपडेट’ प्रतिवेदनअनुसार केही देशले तुलनात्मकरुपमा चर्को मूल्यवृद्धि खेपिरहेका छन् । दक्षिण एसियाली देश श्रीलङ्का पनि चर्को खाद्य मूल्यवृद्धि भएका दश मुलुकको सूचीभित्र छ । फुड… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको बृद्धि, कारोबारमा नेपाल टेलिकम अब्बल

काठमाडौं, ५ पुस । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा हरियाली छाएको छ । यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको हाेछ । उनीहरु सबैको सेयर बढेको छ । नेप्सेमा पछिल्ला दुईदिनबाट देखिएको सकारात्मक लयले लगानीकर्तामा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.२२ अंकले बढेर १८७३.११ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.७६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.६८ अंकले बढेर ३६६.६५ विन्दुमा पुगेको छ । कुल २५७ कम्पनीहरुको ३० लाख २२ हजार ५२ कित्ता… पुरा पढौ

प्राधिकरणले बेच्यो ११ अर्ब १६ करोडको विजुली

काठमाडौं, ५ पुस । नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ सम्म बिजुली निर्यात गरी रु ११ अर्ब १६ करोड ३० लाख आम्दानी गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली भारतलाई बिक्री गरेको हो । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले यस… पुरा पढौ