आर्थिक 📈

‘फुड ट्रक’बाट मनग्य आम्दानी

मोरङ, २४ पुस । मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बनेकी छन्। कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जङ्गबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका लागि ग्रान्डाले प्रोत्साहित गरिन्। ती दम्पतीले अहिले ‘फुड ट्रक’ सञ्चालन गरी प्रशस्त आम्दानी गरिरहेका छन्। विश्वकर्मा र ग्रान्डाले फुड ट्रक सञ्चालन गरिरहेका हुन्। फुड ट्रक भनेको चार चक्के गाडीमा मांसाहारी र शाकाहारी खानाका विभिन्न परिकार पकाएर बिक्री गर्ने होटल हो । विराटनगर–४… पुरा पढौ

स्वास्थ्य बीमा सेवाग्राहीमा भरतपुर अस्पताल पहिलो

चितवन, २३ पुस । स्वास्थ्य बीमाबाट सेवा लिनेमा भरतपुर अस्पताल पहिलो बनेको छ । देशभरका अस्पतालमा सबैभन्दा बढी भरतपुर अस्पतालबाट सेवाग्राहीले बीमा सेवा लिएका हुन् । बीमा बोर्डको वेबसाइटमा उल्लेख भएअनुसार हालसम्म दुई करोड ५१ लाख ८१ हजार दुई सय ८९ बीमा दाबी गरिएको छ । त्यसमध्ये भरतपुर अस्पतालको ६३ लाख पाँच सय ६९ रहेको छ । दोस्रोमा नोवेल मेडिकल कलेजको ६१ लाख चार हजार ९४ र बिपी कोइराला इन्स्टिच्युट धरानको ५७ लाख नौ हजार ६१ रहेको छ । अन्यको… पुरा पढौ

नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ : मन्त्री राई

काठमाडौं, २३ पुस । विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताएका छन् । राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताए। “हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध छ”, उनले भने । मन्त्री राईले मुलुक धनी बनाउने जिम्मा सबैको भएकाले सरकारलाई सहयोग गर्न व्यवसायीलाई आग्रहसमेत गरे। गरिब देशको अर्थतन्त्रलाई सुदृढ बनाउन सबैको सहयोग आवश्यक… पुरा पढौ

तारकेश्वरमा माघ १ देखि स्वास्थ्य बीमा सुरु हुदैं

काठमाडौं, २३ पुस । काठमाडौंको तारकेश्वर नगरपालिकामा आगामी माघ १ देखि सामाजिक न्यायमा आधारित स्वास्थ्य बीमा कार्यक्रम सुरु हुने भएको छ । तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाले आज महिला स्वास्थ्य स्वयम् सेविकाका लागि स्वास्थ्य बीमासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरी आगामी महिनादेखि नगरपालिकाभर स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएको हो । सचेतना कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार शाहले नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले सरकारले थालेको स्वास्थ्य बीमा कार्यक्रम तारकेश्वमा लागू गर्न लागेको जानकारी दिए। नेपालको संविधान,… पुरा पढौ

नेपालको बिजुली आयातमा सहजीकरण गरिदिन भारतलाई बङ्गलादेशको आग्रह

काठमाडौं, २३ पुस । बङ्गलादेशले नेपालको बिजुली सहजरुपमा आयातका लागि सकारात्मक सहयोग गर्न भारतलाई आग्रह गरेको छ । ऊर्जाको बढ्दो माग तथा सङ्कट समाधानका लागि बङ्गलादेशले सकारात्मक वातावरण बनाइदिन भारतसँग पुनः आग्रह गरेको हो । बङ्गलादेशका विद्युत्, ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिदले भारतका नवीन तथा नवीकरणीय ऊर्जामन्त्री सिंहसँग भएको भेटमा नेपालको बिजुली आयातका लागि देखिने गरी सहकार्य गर्न आग्रह गरे। यसअघि गत सेप्टेम्बरमा पनि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आफ्ना भारतीय समकक्षीसँग त्यस्तै आग्रह गरेकी थिइन। बङ्गलादेशले हाल भारतबाट… पुरा पढौ

प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ देखि

काठमाडौं, २२ पुस । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार यही पुस २६ देखि हुने भएको छ । नेपाल राष्ट्र बैंकले आज एक सूचनामार्फत् प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार यही पुस २६ देखि गर्ने गरी तय भएको जनाएको हो । दुई बैंक एकआपसमा गाभिएपछि प्रभु बैंकका नामबाट एकीकृत कारोबार हुनेछ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९) को विनियम ११… पुरा पढौ

बैंक-वित्तीय संस्थामा रु ५३ खर्ब दुई अर्ब निक्षेप सङ्कलन

काठमाडौं, २२ पुस । बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्ब दुई अर्ब निक्षेप सङ्कलन भएको हो । पुस १९ सम्म वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीसँग रु ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पुस २० गते रु ५३ खर्ब २ अर्ब पुगेको हो । गत मङ्सिरको अन्तिमसम्ममा रु ५२ खर्ब हराहारीमा रहेको निक्षेप सङ्कलन पछिल्लो समय बढ्न… पुरा पढौ

एनआइबीएल ग्रोथ फन्डमा पर्याे १ अर्ब २ करोड बढीकाे आवेदन

काठमाडौं, २२ पुस । एनआइबीएल ग्रोथ फन्डका लागि १ अर्ब २ करोड ७१ लाख ४७ हजार १०० रुपैयाँ बराबरको आवेदन पेस भएकाे । सीडीएसले जनाए अनुसार ४४ हजार ८२७ जनाबाट १० करोड २७ लाख १४ हजार ७१० इकाईका लागि आवेदन परेकाे हाे । एनआइबीएल एस क्यापटिलले पुस ७ गतेदेखि २१ गते बिहिबारसम्म एनआइबीएल ग्रोथ फन्डको कुल १६ करोड इकाई बिक्रीमा ल्याएकाे थियाे । यसमा ३ करोड ४ लाख इकाई वा कुल बिक्री इकाईको १९ प्रतिशत विज पूँजीकाे रुपमा कोषकाे प्रवर्द्धक रहेकाे… पुरा पढौ

यी दुई कम्पनीको सेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, २२ पुस । मेरो माइक्रोफाइनान्स र प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । यी दुई कम्पनीको सेयरमूल्य आज नेप्सेमा समायोजन भएको हो । यी दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेर नयाँ कायम गरेको हो । आज नेप्सेले मेरो माइक्रोफाइनान्सको १० प्रतिशत बोनस सेयर तथा प्रिमियर इन्स्योरेन्सको १४.२५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजन  भएपछि मेरो माइक्रोफाइनान्सको सेयरमूल्य ८५८ रुपैयाँ ९ पैसा तथा प्रिमियर… पुरा पढौ

शुक्रबार घट्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार

काठमाडौं, २२ पुस । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ २० ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाल सुन तोलाको १ लाख २ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भईरहेको जनाएको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबि सुन तोलाको १ लाख १ हजार ८… पुरा पढौ