आर्थिक 📈

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबारमा शाइन रेसुङ्गा अब्बल

काठमाडौं, ८ मंसिर । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमामा सकारात्मक माहोल देखिएको छ । सूचकहरुमा हरियो लागेको भएपनि कारोबार रकम भने अर्ब नाघ्न सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३.५५ विन्दुमा उक्लिएको छ । नेप्सेमा झिनो ०.६० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.०२ अंकले बढेर ३८०.९२ विन्दुमा पुगेको छ । यसदिन कुल २३ कम्पनीको कारोबार भएको छ । २५ लाख ६९ हजार २२९ कित्ता सेयरको खरिदबिक्री हुँदा ९२ करोड ५१… पुरा पढौ

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अर्को साता

काठमाडौं, ८ मंसिर । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अर्को साता हुने भएको छ । नेपाल राष्ट्र बैंकले कात्तिकको पहिलो साताभित्रै समीक्षा गर्ने तयारी गरेकोमा संसदीय निर्वाचनका कारण केही पर सरेको बैंकले जनाएको छ । शुक्रबारलाई मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरिए पनि केन्द्रिय बैंक अनुसन्धान विभागले जानकारी दिएको छ । अर्को हप्ता गर्ने भनिएको समीक्षाको यकिन मिति भने तोकिसकिएको छैन । यो पटकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा केन्द्रीय बैंकले तरलता सहज बनाउने नीति ल्याउने तयारीमा… पुरा पढौ

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा लाभांश वितरणकाे घोषणा

काठमाडौं, ८ मंसिर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकाे छ । बैंकले गएकाे आर्थिक वर्षसम्मकाे सञ्चित नाफाबाट १३.३० प्रतिशत बोनस सेयर तथा त्यसकाे करकाे प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांशसहित १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। बैंकको सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको थियाे । साे लाभांश वितरणकाे प्रस्तावलाइ नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंककाे साधारण सभाबाट पारित भएपछि मात्रै वितरण गरिने भएकाे छ। पुरा पढौ

बढ्यो सुन र चाँदीको भाउ, तोलाको कति ?

काठमाडौं, ८ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १ हजारले बढेको छ भने चाँदीमा रुपैयाँ ३० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ १ हजारले बढेर तोलाको ९७ हजार ३… पुरा पढौ

प्रि ओपन सेसनमा नेप्सेमा साढे १ अंक हाराहारीको वृद्धि

काठमाडौं, ७ मंसिर । आज बुधबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो मंगलबार ७.१३ अंक घटेर १९२९.७१ विन्दुमा बन्द भएको नेप्से आजको प्रि ओपन सेसनमा भने १.३० अंक बढेर १९३१।०० विन्दुमा पुगेको हो । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.३५ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा १० वटा स्टकको ८ लाख ३८ हजार ७३३ रुपैयाँ ६० पैसा बराबरको १ हजार ९५८ कित्ता सेयर खरिदबिक्री भएको… पुरा पढौ

घट्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ७ मंसिर । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सय र चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो । यसदिन छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको ९६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ४ सयले घटेर तोलाको ९६ हजार ३ सय… पुरा पढौ

मर्जरमा जान लागेकाे सिभिल बैंकको सेयर काराेबार फुकुवा

काठमाडौं, ७ मंसिर । सिभिल बैंकको सेयर काराेबार फुकुवा भएको छ। नेप्सेका अनुसार बैंकका आधारभूत सेयरधनी बाहेकका सेयरधनीहरुकाे सेयर काराेबार फुकुवा गरिएकाे हाे । सिभिल बैंककाे गएकाे असार २९ मा हिमालयन बैंकसँग मर्जरमा जने विषयमा सहमति कायम भएकाे थियाे । उक्त सहमति पछि असार ३० गतेदेखि बैंकको सेयर कारोबार रोक्कामा रहेकाे थियो। हिमालयन बैंककाे ८१ प्रतिशत स्वाप अनुपातमा सिभिल बैंकलाई गाभ्ने सहमति भएको थियाे । दुबै गाभिएपछि नयाँ बन्ने बैंकको नाम हिमालयन बैंक नै रहने भएकाे छ । प्रमुख कार्यकारी… पुरा पढौ

ग्लोबल आइएमई बैंककाे सेयरमूल्य नेप्सेमा समायाेजन

काठमाडौं ७ मंसिर । ग्लोबल आइएमई बैंककाे सेयर नेप्सेमा समायाेजन भएकाे छ। बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि नेपाल स्टक एक्सचेन्जले नयाँ सेयरमूल्य कायम गरेकाे हाे । नेप्सेले बैंकको ३ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। सेयर समायाेजन भएपछि बैंकको सेयरमूल्य २४४ रुपैयाँ ८ पैसा कायम गरिएकाे छ। सेयरमूल्य असार १ गते भएकाे अन्तिम मूल्यका आधारमा समायोजन गरिएकाे नेप्सेले जनाएकाे छ । साे बेलामा बैंकको सेयरमूल्य प्रतिकित्ता २५१ रुपैयाँ ४० पैसा रहेकाे थियाे । ग्लोबल आइएमई… पुरा पढौ

मागमा आएको सङ्कुचनले राजस्व सङ्कलनमा दबाब

काठमाडौं, ७ मंसिर । सरकारले राजस्व सङ्कलनमा गिरावट आउँदा त्यसले वित्तीय चाप पारेको स्पष्ट पारेको छ । राजस्व सचिव रामेश्वर दङ्गालले अर्थतन्त्रमा परेको दबाबबारे निजी क्षेत्र जानकार रहेको भन्दै राजस्वमा योगदान गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे। नेपाल उद्योग परिसङ्घले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा आयोजना गरेको छलफल कार्यक्रममा उनले अर्थतन्त्रमा स्थायित्व ल्याउनका लागि मौद्रिक नीतिले औजार प्रयोग गर्दा बजेटले लिएका उद्देश्य हासिल गर्न दबाब परेको बताए। उनले राजस्वमा दबाब पर्दै गए आन्तरिक ऋण उठाउनुपर्ने र त्यसको प्रत्यक्ष असर निजी… पुरा पढौ

१९२९.७० विन्दुमा झर्यो नेप्से, १ अर्ब बढीकाे कारोबार

काठमाडौं, ६ मंसिर । आईतबार र सोमबारको निर्वाचनकाे बिदापछि खुलेको नेपाली सेयर बजारको दृश्य सकारात्मक बन्न सकेन । साताको सेयर कारोबार हुने तेश्रो दिन आज मंगलबार सेयर बजार ओरालो लाग्दा लगानीकर्ताको मनोबल बढ्न सकेन । प्रतिनिधसभा तथा प्रदेश सभाकाे चुनावको सरगर्मिले बजारमा अर्थको पनि चलायमान हुने अवश्था आउने अपेक्षा गरिए पनि सो अनुसार नभकाे हाेकि भन्ने आकलन गरिएकाे छ । अब फेरि पर्ख र हेरको अवश्थामा पुर्याएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.१३ अंकले घटेर १९२९.७० विन्दुमा… पुरा पढौ