आर्थिक 📈

यी पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १८ पुस । यी पाँच बैंक तथा वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज पुस १८ गते अन्तिम दिन बाँकी रहेकाे छ ।सिभिल बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, पोखरा फाइनान्स, आइसिएफसि फाइनान्स र सिवाईसी नेपाल लघुवित्तकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे हाे । यी कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १९ गते मंगलबार बुक क्लोज गर्ने भएकाेले । सेयरधनीहरुले लाभांश सुरक्षित गर्न का लागि आजसम्म सेयरधनी बन्नुपर्नेछ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले… पुरा पढौ

धानको उत्पादन बढेपछि चामल आयात घट्यो

काठमाडौं, १८ पुस । अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ । नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४० लाख मे.टन रहेकामा ३५ लाख २० हजार मे.टन आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमान छ । पछिल्लो वर्षमा धानको समग्र राष्ट्रिय उत्पादन बढेको तथा चामलको आयात घटको अवस्थामा पनि उक्त परिमाणको चामल कमी हुने देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । चामलको उपभोग… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य यथावत्, ऋणकाे व्यवस्थापन गर्न निगमलाई सकस

काठमाडौं, १८ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । नेपाल आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै मूल्य यथावत् राखेको जनाएको हो । स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । अहिले इन्डियन आयल कर्पोरेसनबाट मट्टितेलबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भए पनि नेपालमा भने नबढाइएको निगमले आइतबार बेलुका प्रेस विज्ञप्ति जारी गर्दै जनाएको हाे। “हाल… पुरा पढौ

लक्ष्यअनुसार राजस्व उठाउन अर्थमन्त्रीले दिए निर्देशन

काठमाडौं, १८ पुस। चालु आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले तोकेको लक्ष्यअनुसार राजस्व उठाउन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्। अर्थ मन्त्रालय एवं मातहतका विभाग र कार्यालयहरूसँगको छलफलका क्रममा पौडेलले यस्तो निर्देशन दिएका हुन। चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा आन्तरिक र भन्सार राजस्व लक्ष्यभन्दा कम रहेको छ । वार्षिक लक्ष्यभन्दा कम राजस्व उठ्नुको कारणबारे आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग जानकारी लिएको पनि अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। अर्थमन्त्री पौडेलले राजस्व… पुरा पढौ

दूधको मूल्यवृद्धि स्थगन, अध्ययन गरेर समायोजन गर्ने सहमति

काठमाडौं, १८ । पुसदूधको उत्पादन लागत बढेको भन्दै बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिएका छन् । आज कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र सरोकारवालाबीच भएको छलफलपछि दूधको मूल्यवृद्धिको निर्णय स्थगन भएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले जानकारी दिए। “सरोकारवाला निकायहरूसँग बसेको बैठकको निर्णयअनुसार हाल वृद्धि गरिएको दूधको मूल्य स्थगन गरिएको छ । दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ता क्रयशक्तिसमेतको वैज्ञानिक तवरबाट यथाशीघ्र अध्ययन गरी मूल्य समायोजन गर्न सहमति… पुरा पढौ

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३’को शुभारम्भ

काठमाडौं, १८ पुस । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेअनुरुप नेपालले पनि सो कार्यक्रमको शुभारम्भ गरेको छ । कृषि विभागद्वारा ललितपुरमा आयोजित कार्यक्रममा कृषि विकास तथा पशुपन्छी मन्त्रालयका सचिव डा गोविन्द शर्माले ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३’को शुभारम्भ गरे। कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली हो । कोदोजन्य बालीमा कोदोका अतिरिक्त चिनो, कागुनो, जुनेलो, बाजरा र साँवा पर्छ । खेती गर्न सजिलो र पौष्टिकताले भरिएको अन्न बालीका रुपमा कोदोलाई लिइँदै आएको… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले सघाउने

पोखरा, १७ पुस । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। राष्ट्रको आजको आवश्यकता राजनीतिक स्थायित्व र सामाजिक न्याय भएको उनको भनाइ थियो । “विकास, समृद्धी र सुशासन आजको आवश्यकता हो”, मन्त्री पौडेलले भने। अर्थतन्त्रमा केही समस्या भए पनि काबूभन्दा बाहिर नरहेको उल्लेख गर्दै उनले यसलाई लयमा फर्काउने विश्वास व्यक्त गरे।… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको वृद्धि, ४ अर्ब बढीको कारोबार

काठमाडौं, १७ पुस । साताको सेयर कारोबार हुने पहिलो तथा अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो महिना जनवरीको पहिलो १ तारिखको दिन सेयरमा बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नयाँ सरकार बनेपछि र सरकारले अर्थतन्त्रलाई सुधार गरेर लैजाने तथा अर्थतन्त्रमैत्री वातावरण बनाउने बताएपछि सेयर बजार उकालो लाग्न थालेको हो । नेप्सेको यस्तो सकारात्मक लयले लगानीकर्ताहरुमा उत्साह जगाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.२६ अंकले बढेर २०४६.२९ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ… पुरा पढौ

माग बढ्दा पनि किन बढ्न सकेन नेपाली कागजको उत्पादन ?

गोरखा, १७ पुस । गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव हुँदै आएको हो । कागज उत्पादनका लागि आवश्यक पर्ने लोक्ता जङ्गलबाट खोजेर ल्याउनुपर्ने भए पनि आवश्यकताका आधारमा कच्चा पर्दाथ आयात गर्न नसकिएको उद्योगका सञ्चालक पासाङनिमा शेर्पाले बताए । “जङ्गलमा त खोजेजति लोक्ता पाइन्छ”, उनले भने, “तर जङ्गलमा गएर… पुरा पढौ

बजार मूल्य नपाउँदा पोल्ट्री व्यवसाय चरम समस्यामा

चितवन, १७ पुस । अण्डा, मासु, चल्ला र दानामा आत्मनिर्भर रहेकाे भनिएकाे पोल्ट्री व्यवसाय चरम समस्यामा परेको छ । दानाको कच्चा पदार्थमा भएको मूल्यवृद्धि, उच्च ब्याजदर, लागतअनुसारको बजार मूल्य नपाउँदा, भारतीय उत्पादन निर्वाधरूपमा प्रवेश पाउँदा व्यवसाय समस्यामा परेको हो । दशौँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहँदा व्यवसायी अब के गर्ने भन्ने चिन्तामा परेका छन् । नेपालमा पोल्ट्री व्यवसायमा रु एक खर्ब ५० अर्बभन्दा बढी लगानी भइसकेको छ । सो मध्ये आधाभन्दा बढी बैंकको ऋण छ । लागत मूल्यमा उत्पादित वस्तु बिक्री… पुरा पढौ