आर्थिक 📈

बढ्यो सुन चाँदीको भाउ, तोलाको कति ?

काठमाडौं, १५ पुस । संयोगले आज नेपालीको मौलिक पर्व पुसे १५ मनाईदैछ । चाडपर्वमा गरगहना लगाउने चलन पनि भएकाेले यही दिनमा गरगहनामा सजिएर विभिन्न कार्यक्रममा सरिक हुने गरिन्छ । यही दिनमा आज पहेलो धातु सुन तथा सेतो धातु चाँदीको भाउ बढेको छ । आज साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल… पुरा पढौ

यी ५ कम्पनीकाे सेयरमूल्य नेप्सेमा समायाेजन

काठमाडौं, १५ पुस । आज ५ वटा कम्पनीकाे सेयरमूल्य नेप्सेमा समायाेजन भएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार सेयरमूल्य समायाेजन भएका ५ कम्पनीहरुमा युनाइटेड इन्स्योरेन्स, फर्स्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, कालिका पावर र आरएसडिसी लघुवित्त वित्तीय संस्था रहेका छन्। यी कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुकक्लोज गरेपछि सेयरमूल्य समायोजन भइ नयाँ मूल्य कायम गरिएकाे नेप्सेले जनाएकाे छ । नेप्सेका अनुसार युनाइटेड इन्स्योरेन्सको ५ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्सको १९ प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सको २५ प्रतिशत, कालिका पावरको १५ प्रतिशत तथा आरएसडिसी… पुरा पढौ

तथ्याङ्क विश्वसनीय नभएपछि राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण

काठमाडौं, १५ पुस । विश्वसनीय तथ्याङ्कको अभाव भएको भन्दै नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द गरेको छ । तीन÷तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्नेगरी अघिल्लो वर्ष मङ्सिरदेखि सुरु गरिएको उक्त सर्वेक्षण रोकिएको हो । यसरी सर्वेक्षण रोकिनुमा सर्वेक्षणबाट प्राप्त हुने मूल्यको विश्वसनीयतालाई मुख्य कारण मानिएको छ । राष्ट्र बैंकलाई उपलब्ध भएका तथ्याङ्क विश्वास गर्नसक्ने खालको नदेखिएपछि यसलाई निरन्तरता दिन नसकिएको केन्द्रीय बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले जानकारी दिए। “सर्वेक्षणका लागि हामीले मालपोत कार्यालयमा… पुरा पढौ

प्रभु बैंकका सिइओ शेरचनले बुझे ४ करोड बढी पारिश्रमिक

काठमाडौं, १४ पुस । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गत आर्थिक वर्षकाे तलबभत्ता गरेर कुल ४ करोड ३ लाख २० हजार रुपैयाँ भुक्तानी लिएका छन्। बैंकले शेरचनलाई तलब भत्ताबापत् ३ करोड ३ लाख ३ हजार रुपैयाँ र बोनस ५६ लाख ९४ हजार रुपैयाँ दिएकाे छ । साथै दशैं तथा बिदाकाे गरेर ४३ लाख २३ हजार रुपैयाँ भुक्तानी लिएका छन्।  बैंकका अनुसार कार्यकारी प्रमुख तथा पदाधिकारीहरुकाे लागि इन्धनकाे सुविधा र गाडीकाे सुविधा रहेकाे छ । यस्तै दुर्घटना बिमा, स्वास्थ्य… पुरा पढौ

नेप्से २०२९.०३ विन्दुमा उक्लियाे, करिब ३ अर्बको कारोबार

काठमाडौं, १४ पुस । साताको सेयर कारोबार हुने पाँचाै दिन बिहिबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । नेप्सेमा हरियाली छाएपछि लगानीकर्ताहरुमा खुसियाली देखिएको छ । नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्रको सुधारका लागी सकारात्मक भूमिका निर्वाह गर्ने बताएपछि त्यसको सकारात्मक प्रभाव परेको शेयर बिश्लेषकहरूकाे भनाइ छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.८८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ९.९८ अंकले बढेर… पुरा पढौ

प्रि-ओपन सेसनमा नेप्से १ अंकले बढ्यो

काठमाडौं, १४ पुस । साताको अन्तिम कारोबार हुने दिन आज बिहीबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक १ अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार ११.८१ अंक घटेर १९७२.१५ विन्दुमा बन्द भएको थियो। आजको यो सेसनमा भने नेप्से परिसूचक १.०३ अंक बढेर १९७३.१८ विन्दुमा पुगेको छ। आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.२९ अंक बढेको छ। आज बिहीबारको प्रि-ओपन सेसनमा १५ वटा स्टकको २ लाख १ हजार २५६ रुपैयाँ बराबरको ३१२ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये १०… पुरा पढौ

घट्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १४ पुस । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ २० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार छापावाल सुनमा रुपैयाँ २ सयले गिरावट भएर तोलाको १ लाख ९ सय रुपैयाँमा कारोबार भईरहेको बताएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको १ लाख १ हजार १ सयमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि यसदिन रुपैयाँ २ सयले घटेर तोलाको १… पुरा पढौ

२ अर्बकाे ऋणपत्र निष्काशन गर्दै एभरेष्ट बैंक

काठमाडौं, १४ पुस । एभरेष्ट बैंकले पुस २५ गतेदेखि ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामकाे ऋणपत्र निष्काशन गर्ने भएकाे छ। बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदर रहेकाे १० वर्षका लागि साे ऋणपत्र निष्काशन गर्ने भएकाे हो। बैंकले १ हजार अंकित दरकाे २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएकाे हाे । यसबाट १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने भएकाे छ । बाँकी रहने ८० करोड रुपैयाँ बराबरको ८ लाख… पुरा पढौ

निफ्रा उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १४ पुस । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बिक्रीमा ल्याएकाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ । बैंकले मंसिर २९ गतेदेखि वार्षिक ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ बिक्रीमा ल्याएको थियाे । बैंकले प्रतिऋणपत्र रु १ हजार अंकित दरकाे ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएकाे हाे । यसबाट ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत किसिमले बिक्री गरिने भएकाे छ । बाँकी २ अर्ब रुपैयाँ बराबरको २०… पुरा पढौ

अवैध गाँजा खेती छाेडेर सुन्तला खेती गर्दै उदयपुरका किसान

उदयपुर, १४ पुस । लामो समयसम्म अवैध गाँजा खेती हुँदै आएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका छन् । अवैध गाँजा खेती छाेडेर किसानले व्यावसायिकरुपमा सुन्तला खेती थालेपछि केही वर्षयता उनीहरुले यसबाट मनग्य आम्दानी गर्न थालेका हुन । यसवर्ष पनि ताप्लीको ओख्ले, पिपलभन्ज्याङ, रुपाटार, इनामे, मादले र ठानागाउँ क्षेत्रमा २ करोडभन्दा बढीको सुन्तला उत्पादन भएको ताप्ली सुन्तला जोन क्षेत्रका संयोजक तथा व्यावसायिक सुन्तला उत्पादक कृषक टोपबहादुर ठकुरीले जानकारी दिए। विसं २०५० देखि नै ताप्लीमा सुन्तला… पुरा पढौ