आर्थिक 📈

प्रि ओपन सेसन: नेप्से ८ अंकले बढ्यो

काठमाडौं, १७ पुस । साताको पहिलो कारोबार दिन आज आइतबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक ८ अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार नेप्से ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा बन्द भएको थियो । तर आज आइतबारको प्रि-ओपन सेसनमा भने ८.१७ अंक बढेर २०३७.२० विन्दुमा पुगेको हो । यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १.९७ अंकले बढेको छ । आज आइतबारको प्रि-ओपन सेसनमा २४ वटा स्टकको ११ लाख ७५ हजार ६२२ रुपैयाँ बराबरको २ हजार २३८ कित्ता सेयर खरिदबिक्री भएको… पुरा पढौ

नेपाली कागजकाे बजारमा माग धेरै, उत्पादन कम

गोरखा, १७ पुस । गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव हुँदै आएको हो । कागज उत्पादनका लागि आवश्यक पर्ने लोक्ता जङ्गलबाट खोजेर ल्याउनुपर्ने भए पनि आवश्यकताका आधारमा कच्चा पर्दाथ आयात गर्न नसकिएको उद्योगका सञ्चालक पासाङनिमा शेर्पाले बताए। “जङ्गलमा त खोजेजति लोक्ता पाइन्छ”, उनले भने, “तर जङ्गलमा गएर झिक्ने,… पुरा पढौ

सुन र चाँदीको भाउ बढ्दै, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १७ पुस । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ । आज छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ३ सयले बढेर… पुरा पढौ

२० अर्ब लगानीको जगदुल्ला हाइड्रोको निर्माण अर्को वर्षदेखि

जाजरकोट, १७ पुस । जगदुल्ला जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माणमा जाने भएको छ । आयोजनाले मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र विद्युत् खरिद बिक्री सम्झौता (पिपिए)को काम पनि अन्तिम चरणमा पुगेछ । आयोजनाका व्यवस्थापक सञ्जय सापकोटाले अर्को वर्षदेखि निर्माण सुरु गर्ने बताए। दुई सय ५२ रोपनी जग्गा अधिग्रहणदेखि डिपिआर सम्पन्न भइसकेको सापकोटाले बताए। अर्धजलाशयुक्त आयोजना स्वदेशी लगानीबाट निर्माण गर्ने भनिएको छ । आयोजनाको विद्युत् खरिद बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौताका लागि फाइल पुगेको आयोजना प्रमुख सापकोटाले बताए। विद्युत्… पुरा पढौ

नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब, विश्व बैंक सबैभन्दा ठूलो ऋणदाता

काठमाडौं, १६ पुस । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्म कूल सार्वजनिक ऋण रु २० खर्ब सात अर्ब ८४ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्ममा सार्वजनिक ऋण शून्य दशमलव २७ प्रतिशतले घटेको हो । गत असार मसान्तसम्ममा नेपालको कूल सार्वजनिक ऋण रु २० खर्ब १३ अर्ब २९ करोड बराबर थियो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पहिलो त्रैमासिक अवधिसम्ममा नेपालको कूल बाह्य ऋण रु १० खर्ब ५० अर्ब… पुरा पढौ

वागमती प्रदेशमा पोल्ट्री व्यवसायको ६९ प्रतिशत मासु उत्पादनमा योगदान

वागमती, १६ पुस । वागमती प्रदेशको मासु उत्पादनमा पोल्ट्री व्यवसायको योगदान ६९ प्रतिशत रहेको वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । साथै राष्ट्रिय अण्डा उत्पादनमा वाग्मती प्रदेशको योगदान ६० प्रतिशत रहेको समेत छ । ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधार’ भन्ने नाराका साथ भएको दसाै पोल्ट्री दिवस सप्ताहव्यापी कार्यक्रमका अवसरमा आज हेटाँैडामा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । मन्त्रालयको प्रतिवेदनअनुसार वागमती प्रदेशमा एक लाख ६३ हजार तीन सय नौ मेट्रिक टन मासु उत्पादन… पुरा पढौ

पोखरा महोत्सवमा लोकनृत्य प्रतियोगितालाई वण्डर, स्वीच एण्ड युनि एक्सपर्ट र विवस ईलेक्ट्रिक्सकाे सहयोग

पोखरा, १६ पुस । एघारौं पोखरा महोत्सव विद्यालय स्तरिय लोकनृत्य पतियोगितालाई वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिले प्रायोजकमा रही सहयोग गर्ने भएको छ । युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरिय लोकनृत्य प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा रहेर सहकार्य गर्ने भएको हो । हालै एक कार्यक्रमका बीच महोत्सव आयोजक युनाईटेड क्लवका वरिष्ठ उपाध्यक्ष तथा एघारौं पोखरा महोत्सव कलाकार ब्यवस्थापन… पुरा पढौ

समस्याग्रस्त सहकारीको ऋण नतिर्नेलाई कालोसूचीमा राखिने

काठमाडौं, १६ पुस । सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीको नाम कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । ऋणीलाई आफूले लिएको ऋण तिर्न पटकपटक पत्राचार गर्दा पनि नतिरेकाले कालोसूचीमा राख्ने, राहदानी रोक्का गर्ने, राहदानी जारी नगर्ने, सम्पत्ति रोक्का गर्ने र धितो लिलाम बिक्रीको प्रक्रियामा लागेको समितिको कार्यालयका प्रवक्ता केशवप्रसाद पौडेलले राससलाई जानकारी दिए। यसका लागि ऋणीलाई मोबाइलमार्फत सन्देशसमेत पठाइएको छ । समस्याग्रस्त सहकारीबाट ऋण लिएर विदेश गई बसेकालाई पनि इन्टरपोलको सहयोगमा नेपाल ल्याएर… पुरा पढौ

धानखेतीकाे जमिन र उत्पादन वर्षेनी घट्दै, जीडीपीमा चार प्रतिशत योगदान

काठमाडौं, १६ पुस । गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा यसवर्ष धान उत्पादन केही बढेको देखिए पनि अघिल्ला वर्षको तुलनामा भने न्यून देखिएको छ । धान उत्पादन मात्र नभई पछिल्ला वर्षमा धान खेती हुने जमिनको क्षेत्रफल पनि निरन्तर घट्दो छ । यद्यपि, धानको उत्पादकत्व र वार्षिक उत्पादन वृद्धिदरमा भने क्रमशः सुधार हुँदै गएको देखिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार सार्वजनिक गरेको ‘चालु आर्थिक वर्ष २०७९/८० को धान उत्पादनसम्बन्धी विवरण’ अनुसार यसवर्ष १४ लाख ४७ हजार सात सय ८९… पुरा पढौ

किन स्थगित भयो विदेशबाट मोबाइल ल्याउँदा प्रज्ञापनपत्र चाहिने नियम ?

काठमाडौं, १५ पुस । सरकारले आजदेखि लागू गर्ने भनिएको विदेशबाट मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था तत्कालका लागि लागू नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट ल्याइने मोबाइल फोनमा गर्न लागिएको कडाइ अहिलेका लागि कार्यान्वयनमा नल्याउन निर्देशन दिएपछि तत्कालका लागि यो नियम स्थगित भएको बुझिएको छ । प्रधानमन्त्री दाहालले नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि तत्काल यो सेवा कार्यान्वयनमा नल्याउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशन आएका कारण शुक्रबारदेखि पूर्ण रूपमा लागू गर्ने भनिएको… पुरा पढौ