आर्थिक 📈

कोरोनाको नयाँ भेरियन्ट ‘वि एफ ७’बढी सङ्क्रामक रहेको दाबी

काठमाडौं, १४ पुस । छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने किसिमको रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘वि एफ ७’ नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरुमा सार्ने खालको रहेकोले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अध्ययनअनुसार कोरोना भाइरसको अरु प्रजातिभन्दा सो भाइरसले धेरै मानिसममा सङ्क्रमण सार्ने बताएका छन। उनका अनुसार… पुरा पढौ

अर्थतन्त्रलाई सावधानीपूर्वक लयमा फर्काउँछु : अर्थमन्त्री पौडेल

काठमाडौं, १३ पुस । नवगठित सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको र यसलाई दिगो वृद्धिको बाटोमा लैजानका लागि प्रयास गर्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को कार्यसमितिसँगको भेटमा मन्त्री पौडेलले भने, “अर्थतन्त्रको स्थिति काबु बाहिर पुग्यो भन्ने होइन । समस्या धेरै छन् । यद्यपि, सावधानीपूर्वक अघि बढ्यौँ भने हामीले चाँडै सुधार गर्न सक्छौँ ।” आफू सरकार बाहिर हुँदा पनि मुलुकको अर्थतन्त्रको अवस्थालाई मिहिनरुपले हेर्ने गरेको उनको भनाइ छ । “म बाहिर… पुरा पढौ

नयाँ वर्षमा पोखरा अन्तर्रास्ट्रिय विमानस्थल संचालन हुने, व्यापार सहजिकरणका लागि परिषद गठन

पोखरा, १३ पुस । अंग्रेजी नयाँ वर्षमा पोखरा अन्तर्रास्ट्रिय विमानस्थल संचालनमा आउने भएको छ । विमानस्थलमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल एकाई परिषद गठन भएको छ । भन्सार एजेन्टहरुको पेशागत हकहित र पोखरेली व्यवसायीको व्यापार सहजिकरणका लागि परिषद गठन गरिएको हो । परिषदको अध्यक्षमा राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालका संस्थापक सदस्य सुमन तिमिल्सिना रहेका छन् । सिद्धार्र्थनगर रुपन्देहीका सचिव सागर भण्डारीको विशेष उपस्थितिमा गठन भएको समितिको उपाध्यक्षमा सूर्यबहादुर थापा, सचिवमा सुवास ढकाल र कोषाध्यक्षमा करिश्मा केसी छन् । सदस्यमा विष्णुप्रसाद रिजाल, सुवास… पुरा पढौ

नाफा बुक गर्ने प्रवृत्ति बढेपछि सेयर बजारमा करेक्सन

काठमाडौं, १३ पुस । लामो समयको अन्तरालपछि मंगलबार करिब ४ अर्बको कारोबार भएपछि दंग परेका सेयर लगानीकर्ताहरु आज बढी हावी भएका छन् । उनीहरुको ध्यान नाफा बुकतर्फ लागेपछि सेयर बजार आज प्रभावित भएको छ । दुईदिन पछि सेयर बजार पुनः ओरालोको यात्रामा गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.८२ अंकले घट्न पुगेको छ भने यो १९७२.१५ विन्दुमा रोकिएको छ । नेप्सेमा ०.६० प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ४.७२ अंकले घटेर ३८१.३२ विन्दुमा पुगेको छ ।… पुरा पढौ

विदेशबाट कति वटा मोबाइल ल्याउँदा प्रज्ञापनपत्र चाहिन्छ ?

काठमाडौं, १३ पुस । अबदेखि विदेशबाट व्यक्तिगत मोबाइल ल्याउँदा भन्सारबाट प्रज्ञापनपत्र अनिवार्य लिनुपर्ने भएको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस प्रणाली लागू गरेसँगै विदेशबाट स्वदेश आउने यात्रुले आफूले चलाउने मोबाइल बाहेक आफ्नो साथमा ल्याउने मोबाइलको समेत भन्सारबाट प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था लागू भएको हो । विदेशबाट ल्याएको आफूले चलाउने मोबाइल बाहेक एउटा मोबाइल भन्सार घोषणा गर्दा वा प्रज्ञापनपत्र लिँदा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । एकभन्दा बढी फोन ल्याएमा भन्सार तिर्नुपर्ने छ । विदेशबाट ल्याइएका आफूले चलाउने बाहेक एकभन्दा… पुरा पढौ

प्रभु लाइफ र सेन्ट्रल फाइनान्सको सेयर कारोबार फुकुवा

काठमाडौं, १३ पुस । नेपाल स्टक एक्सचेन्जले सेयर कारोबार फुकुवा गरेपछि प्रभु लाइफ इन्स्याेरेन्स र सेन्ट्रल फाइनान्सको सेयर कारोबार बुधबारदेखि सुरु भएकाे छ । स्टक एक्सचेन्जले महालक्ष्मी लाइफ इन्स्याेरेन्ससँग गाभिने क्रममा रहेकाे प्रभु लाइफको आधारभूत बाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा भएकाे हाे। दुवै इन्स्याेरेन्सले गएकाे असार ३० गते मर्जरका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । त्यसपछि असार ३१ गतेबाट उनीहरुकाे सेयर कारोबार राेकिएकाे थियो । सेन्ट्रल फाइनान्सकाे हकमा भने सेयर बजारमा प्रभाव पार्ने लाभांश बारे सूचना समयमा नदिएको… पुरा पढौ

बढ्यो सुन र चाँदीको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौं, १३ पुस । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । छापावाल सुनमा रुपैयाँ ४ सयले बढेर यसदिन तोलाको १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसदिन तेजाबी सुनमा पनि रुपैयाँ ४ सय ले बढेर… पुरा पढौ

सुपरमाई हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १३ पुस । सुपरमाई हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले मंसिर २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि सेयर (आईपीओ) जारी गरेकाे थियाे । कम्पनीले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे । आयोजनाबाट प्रभावित इलाम नगरपालिका वडा नं ५, सुम्बेक वडा नं २ र माईजोगमाई गाँउपालिका वडा नं ५ सोयाँङ्गका जनताका लागि २ लाख कित्ता र आयोजना प्रभावित क्षेत्र बाहिर इलामका अन्य क्षेत्रका जनताकाे लागि ३ लाख कित्ता… पुरा पढौ

कुखुराको चल्ला खरिदमै भ्रष्टाचार

काठमाडौं, १३ पुस । किसानको जीवनस्तर उकास्ने र आर्थिक उपार्जनमा सहयोग गर्नका लागि भनेर स्थानीय सरकारमा कार्यरत कर्मचारी नै कमाउ धन्दामा लाग्छन् भने त्यसलाई तपाई के भन्नुहुन्छ ? उत्तर सहज नै छ, यो त सरासर भ्रष्टाचार हो । यस्तै, भ्रष्टाचार भएको छ– कालीकोटको खाँडाचक्रम नगरपालिकामा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको एक मुद्दाले पनि सोही कुरा स्पष्ट पारेको छ । नगरपालिकाले पोल्ट्री बङ्गुर फार्मसँग चार सय २० कुखुरा उपलब्ध गराउने सम्झौता ग¥यो । नगरपालिकाका नायब सुब्बा दीपकराज देवकोटाले… पुरा पढौ

अर्थतन्त्र नियन्त्रण बाहिर छैन, उच्च मनोबलका साथ काम गर्नुस्: अर्थमन्त्री

काठमाडौं, १२ पुस । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग भएको आजको भेटमा उनले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको निजी क्षेत्रले भोगेको समस्याप्रति सरकार संवदेनशील रहेको बताए । निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने कुरालाई निजी क्षेत्रको छाता सङ्गठनसँगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट पार्ने उनले बताए । “वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले… पुरा पढौ