आर्थिक 📈

स्वास्थ्य बीमा गर्दा छुट

धनकुटा, २० मङ्सिर । छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ । यसका लागि तिर्नुपर्ने रु तीन हजार पाँच सयमा पालिकाकाले बाँकी रकम पालिकाले तिरिदिने निर्णय गरेको छ । यसका लागि चालु आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रमा समावेश गरी पालिकाले रु ६८ लाख बजेट विनियोजन समेत गरेको छ । बीमा कार्यक्रमबाट पालिकामा रहेका तीन हजार नौ सय २२ घरधुरी लाभान्वित हुने पालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिए । पुरा पढौ

सडक अतिक्रमण गरी राष्ट्रिय लोकमार्गमा ‘हाइड्रोपावर’ निर्माण

ढोरपाटन, २० मङ्सिर । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयवासीले हाइड्रोपावर निर्माण गरिरहेका छन् । लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावर प्रालिले सडक अतिक्रमण गरी पाइप बिच्छ्याइएको छ । सडकको कुनापट्टि पाइप बिछयाउँदा सडक साँघुरो बनेर दुर्घटनाको जोखिम बढेको जनाइएको छ । हाइड्रोपावर निर्माण कम्पनीले सवारी आवतजावत नै ठप्प बनाएर सडकमा पाइप बिछ्याउने गरेको गाडी चालकहरूको भनाइ छ । लोकमार्ग कार्यालयसँग मापदण्ड बनाएर हाइड्रोपावर निर्माण गर्ने सम्झौता… पुरा पढौ

अर्थतन्त्र जोगाउन महासङ्घको पहल जारी, समाधानमा समन्वय गरिदिन नेतृत्वसँग आग्रह

काठमाडौं, २० मङ्सिर । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेट गरी मुलुकको अर्थतन्त्र जोखिमोन्मुख रहेकाले जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको प्रतिनिधिमण्डलले पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीलाई उनको निवास बालकोट भक्तपुर र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग खुमलटारमा भेट गरेको थियो । सो अवसरमा शीर्षनेताहरूसमक्ष प्रतिनिधिमण्डलले अर्थतन्त्रमा बहुआयामिक असर परेको र बहुप्रतिक्षित चालु… पुरा पढौ

हराउँदैछ परालको गुन्द्री बुन्ने पुर्खेयौलि पेशा

कावासोती, २० मङ्सिर । पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ । कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि कहीँकतै छँदैछ । परालको गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको हो । न्यानो र स्वस्थकर मानिने यस्ता गुन्द्री प्रयोग भने हिजोआज घट्दै गएको छ । गाउँमा कहीँकतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको… पुरा पढौ

मध्यमोदी जलविद्युत् आयोजनाले सुरु गर्याे परीक्षण उत्पादन

पर्वत, १९ मंसिर । मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु गरिएको हो । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले विसं २०७१ को मङ्सिरमा सुरु गरेको आयोजना ८ वर्षको अवधिमा सम्पन्न गरेको हो । करिब ४ अर्बको लगानीमा निर्माण भएको आयोजनाबाट आजदेखि परीक्षण उत्पादन सुरु गरिएको आयोजना प्रमुख प्रताप खरेलले जानकारी दिएका छन । नेपाल विद्युत् प्राधिकरणको टोलीले परीक्षण उत्पादन र प्रसारण लाइनमा जडान गर्ने कार्यको… पुरा पढौ

विशेष अनुदानका लागि प्रदेश र स्थानीय तहसँग योजना आयोगले माग्याे प्रस्ताव

काठमाडौं, १९ मंसिर । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय तहमा सञ्चालन गरिने आयोजना तथा कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ । आयोगले आज प्रदेश सरकार र स्थानीय तहलाई सूचना जारी गर्दै आगामी आर्थिक वर्षको सङ्घीय बजेटमा पर्नेगरी समपूरक र विशेष अनुदानबाट सञ्चालन हुने योजना तथा कार्यक्रमको प्रस्ताव पेस गर्न भनेको हो । त्यस्ता आयोजना तथा कार्यक्रमको प्रस्तावसहितको विवरण प्रदेश सरकार र स्थानीय तहले आगामी पुसमसान्तभित्र आयोगमा पठाइसक्नुपर्नेछ… पुरा पढौ

२४.४६ अंकले घट्यो नेप्से, रिडी पावरको कारोबार अब्बल

काठमाडौं, १९ मंसिर । आईतबार नेपाली बजारमा बनेको सकारात्मक माहोल एकदिन बढी टिक्न सकेन । हिजाे नेप्से परिसूचक २.१६ अंकले बढेर १९६३.२२ विन्दुमा उक्लिएको थियो । कारोबारमा पनि सुधार हुँदै १ अर्ब ५६ करोड नाघेको थियो । तर यसदिन नेप्सेको उकालोको यात्रामा ब्रेक लागेकाे छ । यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकम भने केहि बढेको छ । १३ वटै उपसमूहहरु राताम्मै हुँदा पुनः लगानीकर्ताको मनोबल घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.४६ अंकले घटेको छ । यसरी… पुरा पढौ

तरकारीका बिरुवा बेचेरै मनग्य आम्दानी

पाल्पा, १९ मंसिर । सानो लगानीमा घरमै बसीबसी लाखौँ रकम कमाइ हुन थालेपछि गोविन्दप्रसाद दुवाडीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । कालीगण्डकी करिडोर सडकसँग जोडिएको जग्गामा नर्सरीमा उत्पादन गरिएको बिरुवा खरिद गर्न जानेको अहिले दिनहुँ भीड लाग्छ । हिजोआज दैनिक ५० भन्दा बढी ग्राहक बिरुवा खरिद गर्न पुग्छन् । रामपुर नगरपालिका–३ गण्डकीढिकका किसान दुवाडीले उत्पादन गरेको प्याज, काउली, बन्दा, गोलभेँडाको बिरुवा खरिद गर्न पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुरलगायतका जिल्लाबाट बर्सेनि ग्राहक आउने गर्दछन् । प्याज, काउली, बन्दाजस्ता बिरुवा बेचेर एकयाममै लाखौँ रकम… पुरा पढौ

प्रि-ओपन सेसनमा डेढ अंकले बढ्यो नेप्से

काठमाडौं, १९ मंसिर । साताको दोस्रो कारोबार दिन आज सोमबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक डेढ १ अंकले वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो आइतबार २.१६ अंक बढेर १९६३.२२ विन्दुमा बन्द भएको नेप्से आजको प्रि-ओपन सेसनमा १.५७ अंक बढेर १९६४.७९ विन्दुमा पुगेको हो । आजको सोही सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०।३९ अंकले बढेको छ । यसैगरी आजको यस सेसनमा ९ वटा स्टकको १३ लाख ९१ हजार ७७२ रुपैयाँ बराबरको २ हजार ६४५ कित्ता सेयर खरिदबिक्री भएको छ ।… पुरा पढौ

सुन -चाँदीको भाउ बढ्यो, ताेलाकाे कति ?

काठमाडौं, १९ मंसिर । सोमबार छापावाल सुनको भाउ तोलाको १ सय कम रुपैयाँ १ लाख पुगेको छ । अघिल्लो दिन आईतबार पनि छापावाल सुनको भाउ बढेर तोलाको रुपैयाँ ९५ हजार ५ सय पुगेको थियो । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार छापावाल सुनमा पुनः बृद्धि भएको छ । सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको रुपैयाँ १ सय कम एक लाख पुगेको हो । चाँदीको भाउमा पनि यसदिन रुपैयाँ १५ ले बृद्धि भएर रुपैयाँ १४ सय नजिक पुगेको छ ।… पुरा पढौ