आर्थिक 📈

प्रि-ओपन सेसन : नेप्सेमा ०.१४ अंककाे गिरावट

काठमाडौंं, ३ कात्तिक । साताकाे सेयर काराेबार हुने पाँचाै दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.१४ अंकले घटेको छ । यसरी घटेकाे नेप्से परिसूचक १८४५.३८ विन्दुमा राेकिएकाे नेप्सेले जनाएकाे छ । सेन्सेटिभ इण्डेक्स भने ०‌‍‍.११ अंकले बढेर ३६३‍.०७ विन्दुमा पुगेकाे छ । यस समयमा ३ लाख २५ हजार ७२५ रुपैयाँकाे सेयर खरिदबिक्री भएकाे। १२ वटा कम्पनीहरुको ९३५ कित्ता सेयर खरिदबिक्री भएकाे हाे । कुल २७ वटा कारोबार भएकोमा ६ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ३ वटा कम्पनीको सेयरमूल्य घटेको छ… पुरा पढौ

सुनचाँदीको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुन र चाँदीको भाउ सामान्य घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ ५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ १०० ले घटेर तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ १०० ले घटेर तोलाको ९२ हजार ६००… पुरा पढौ

यस्तो पाे जनप्रतिनिधि-बाँझो बारीमा किवी खेती, लाखौं आम्दानी

बलेवा, ३ कात्तिक । गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख गरेर छ महिना खान नपुग्ने भएपछि गाउँका बारी बाँझै राखेर सहर पस्नेको कमी छैन । यो समस्या बागलुङका हरेक बस्तीमा छ । जनशक्तिको अभावमा बारी बाँझो राख्न बाध्य भएका एउटा पात्र हुन् काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने । पाँच वर्षअघि वडाध्यक्षमा निर्वाचित भएपछि उनले पनि बारी बाँझै राखे। आफू जनप्रतिनिधि भएकाले २४… पुरा पढौ

अबदेखि घरबहाल कर महानगरले नै उठाउने : कोइराला

विराटनगर, ३ कात्तिक । संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ । विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले आयोजना गरेको करदाता शिक्षा तथा अन्तक्र्रियामा महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए । यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो । संविधानले नै घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दिएको छ । प्रमुख कोइरालाले अबदेखि महानगरमै आएर घर बहाल कर तिर्न स्थानीयलाई आग्रह गरे। विराटनगर महानगरले अझैसम्म… पुरा पढौ

पुर्ख्यौली पेशामा छैन खासै चमक : सुमन जाँतोवाला

टङ्कीसिनवारी, २ कात्तिक । विराटनगर–७ को हाटखोलामा सुमन जाँतोवालाले लोहोरो सिलौटो र जाँतो बनाउने काम लामो समयदेखि गर्दै आएका छन् । उनले बाबु बाजेले गरेकै पुर्ख्यौली काम सम्हालेको ३० वर्षभन्दा बढी भएको छ । तर आधुनिकताको प्रभाव बढेसँगै जाँतोवालाले सम्हालेको पेशामा ग्रहण लाग्दै गएको छ । कुनै बेला भान्साको शान भनेर चिनिने लोहोरो सिलौटो र जाँतोमा मसला र खाद्य सामग्री पिस्ने चलन विस्तारै छुट्दै गएको छ । परम्परागत लोहोरो सिलौटो र जाँतोको स्थान अब मिक्स्चर ग्राइन्डरले ओगटेको छ । श्रमको… पुरा पढौ

बाँझो बारीमा किवी खेती, लाखौँ आम्दानी

बागलुङ, २ कात्तिक । गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख गरेर छ महिना खान नपुग्ने भएपछि गाउँका बारी बाँझै राखेर सहर पस्नेहरुको कमी छैन । यो समस्या बागलुङका हरेक बस्तीमा छ । जनशक्तिको अभावमा बारी बाँझो राख्न बाध्य भएका एउटा पात्र हुन् काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने । पाँच वर्षअघि वडाध्यक्षमा निर्वाचित भएपछि लामिछानेले पनि बारी बाँझै राखे । आफू जनप्रतिनिधि भएकाले… पुरा पढौ

१२.८१ अंकले घट्यो नेप्से, काराेबार ६४ करोडमा सीमित

काठमाडौं, २ कात्तिक । सेयर बजारको ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयर बजार सकारात्मक लयमा जान सकेन । यसले लगानीकर्ताकाे मनाेवल उच्च बनाउन मद्धत गरेन । मंगलबार सार्वजनिक बिदाको कारण कारोबार नभएको सेयर बजारमा सोमबार गिरावट भएको थियो । यसदिन दुई उपसमूह बाहेक ११ वटामा रातो लागेको छ । होटल तथा पर्यटन उपसमूह र म्युचुअल फण्डमा मात्रै हरियो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले… पुरा पढौ

सीप सिकिरहेका महिलाले भने, ‘अब आत्मनिर्भर हुन्छौं’

पोखरा, २ कार्तिक । पोखरा महानगरपालिका वडा नं–१५ नयाँ गाउँमा अवस्थित सहयोगी संस्था ’ग्लो संस्था’ ले विभिन्न २० जना महिलाहरूलाई निःशुल्क सिलाई कटाईको तालिम प्रदान गरिरहेको छ। विगत लामो समयदेखि पोखरामा रहेर शिक्षा, स्वास्थ्य, महिला उद्यमशीलता, प्राविधिक तथा कृषि लगायतका क्षेत्रमा सहयोगीको भूमिका खेल्दै आइरहेको ’ग्लो संस्था’ ले हाल वडा कार्यालय १५ को समन्वयमा २० जना महिला दिदीबहिनीका लागि निःशुल्क सिलाई कटाईको तालिम सञ्चालन गरेको हो। तालिममा एकल महिला, अपाङ्ग महिला लगायत विभिन्न समस्यामा परेका महिलाहरू सहभागी छन्। संस्थाकी संस्थापक… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाल बजारमा सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ । आज सुनमा २ सय रुपैयाँ तथा चाँदीमा ५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनमा २ सय रुपैयाँले घटेर तोलाको ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भएको थियो । तेजाबी सुनमा पनि आज २ सय रुपैयाँले घटेर… पुरा पढौ

प्रि ओपन सेसनमा नेप्सेमा सामान्य गिरावट

काठमाडौं, २ कात्तिक । आज बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । मंगलबार सार्वजनिक बिदा परेकाले अघिल्लो कारोबार दिन सोमबार २.६१ अंक घटेर १८५८.३३ विन्दुमा बन्द भएको नेप्से परिसूचक आजको प्रि ओपन सेसनमा ०.३० अंक घटेर १८५८.०३ विन्दुमा झरेको हो । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा भने ०.११ अंकको बढोत्तरी भएको छ । आज बुधबार प्रि ओपन सेसनमा ६ स्टकको ३ लाख ७ हजार ९१३ रुपैयाँ बराबरको १ हजार १३० कित्ता सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेञ्जले… पुरा पढौ