आर्थिक 📈

मङ्सिर २३ देखि काठमाडौंमा हस्तकला व्यापार मेला हुने

काठमाडौं, १७ मंसिर । नेपाल हस्तकला महासङ्घले यही मङ्सिर २३ देखि २७ गतेसम्म १९ औँ हस्तकला व्यापार मेला काठमाडौँमा गर्ने भएको छ । हस्तकला क्षेत्रको विकास तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले मेला गर्न लागिएको हो । काठमाडौँ उपत्यकालगायत विभिन्न १७ जिल्लाबाट व्यवसायी तथा कालीगढको मेलामा सहभागिता हुने जनाइएको छ । धातुकला, मूर्तिकला, वास्तुकला, काष्ठकलाबाट निर्मित विभिन्न वस्तुको प्रदर्शनीका साथै हस्तकलासम्बन्धी प्रतियोगितासमेत गराइने मेलामा उत्कृष्ट प्रतियोगी छनोट तथा पुरस्कृत गरिने संयोजक डिल्लीरत्न तुलाधरले जानकारी दिए। प्रविधिको विकाससँगै नेपाली मौलिक तथा परम्परागत… पुरा पढौ

२७ अर्ब घाटामा रहेकाे भन्दै आयल निगमले घटाएन पेट्रोलियमको मूल्य

काठमाडौं, १७ मंसिर । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ । इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट यही १५ मङ्सिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा केही घटेर आएको छ । “मङ्सिर… पुरा पढौ

मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

रुकुम,१७ मङ्सिर। रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्रछन्। आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाए। बिरुवा लगाइएको करिब दुई वर्षमै बारीमा किवी फल्न थालेपछि शाही निकै खुसी भए। किवी फले पनि जिल्लामै थोरै मात्रामा बिक्री भएकाले ठूलो मात्रामा फलेको किवी बजारसम्म पु¥याउन उनलाई निकै गाह्रो भयो । घरबाट डोकोमा बोकेर करिब दुई किलोमिटर हिँडेपछि मात्र सडक भेटिन्थ्यो । सडकमा किवी पु¥याए पनि गाडीले किवी… पुरा पढौ

नेपालको आर्थिक विकासमा कफी उत्पादन कोसेढुङ्गा हुने

नुवाकोट, १७ मङ्सिर । विश्वमा कफीको माग बढ्दै गएकोले यसको निकासी विस्तारका लागि गुणस्तरीय कफी उत्पादनमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् । ‘व्यावसायिक कफी खेतीमा जोड–गुणस्तरीय उत्पादन हाम्रो अठोट’ भन्ने मूल नाराका साथ १८औँं राष्ट्रिय कफी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीले नेपालको आर्थिक विकासका लागि कफी कोसेढुङ्गा हुने बताएका हुन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतले नुवाकोटमा पछिल्लो समय कफी उत्पादनमा वृद्धि भइरहेको र यसको क्षेत्र विस्तारमा सबैको ध्यान पुग्नुपर्ने बताए।… पुरा पढौ

शंकास्पद कारोबारको विवरण त्रैमासिक रुपमा पेश गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, १७ मंसिर । बैंक तथा वित्तीय संस्थाको कारोबारबाट हुनसक्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा नेपाल राष्ट्र बैंकले थप कडाइ गरेको छ । ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८’ मा संशोधन गर्दै राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण र आतङ्ककारी क्रियाकलापबाट आर्जित सम्पत्तिको कारोबारबारे थप चनाखो हुन शुक्रबार वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीलाई यस्तो निर्देशन दिएको हो । बैंक तथा वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको पहिचान भएको ३ महिनाभित्रमा राष्ट्र… पुरा पढौ

आईओसीले पठायाे इन्धनकाे घटेकाे मूल्य, निगमले के गर्ला ?

काठमाडौं, १६ मंसिर । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पेट्राेलियम पदार्थकाे मूल्य घटाएर पठाएकाे छ । अन्तर्राष्ट्रिय बजारमा पेट्राेलियमकाे मूल्य घटेपछि त्यसकाे प्रधाव परेकाे जनाइएकाे छ । तर खाना पकाउने ग्यासकाे भाउमा भने परिबर्तन भएकाे छैन । आईओसीले पठाएकाे नयाँ मूल्यसूची अनुसार डिजेल लिटरमा ११ रुपैयाँ, पेट्रोलमा २ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ घटेकाे निगमले जनाएकाे छ।  अन्तर्राष्ट्रिय बजारकाे प्रभावले तेलकाे मूल्य घटेर आएकाले निगमले पेट्रोल प्रतिलिटर १३ रुपैयाँ र डिजेल लिटरमा ५० पैसा नाफा कमाउने भएकाे छ ।… पुरा पढौ

छिम्केश्वरीमा ३ अर्ब बढीकाे लागतमा केबलकार निर्माण हुँदै

दमौली, १६ मङ्सिर । तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबलकार निर्माण गरिने भएको छ । रु तीन अर्ब दश करोड लागतमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागिएको हो । पर्यटकीय नगरी बन्दीपुरमा केबलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाका रुपमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागेको हो । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ । छिम्केश्वरीमा केबलकार निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले… पुरा पढौ

बजेटमा समावेश कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन

काठमाडौं, १६ मङ्सिर । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन्। मन्त्रालयद्वारा आज अयोजित ‘आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासिक समीक्षा’ बैठकमा उनले सरकारको लक्ष्य र जनअपेक्षालाई सम्बोधन गर्ने गरी लक्षित कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिए। सचिव अर्यालले भने, “यो प्रथम त्रैमासिकको रिपोर्ट हेर्दा उद्देश्यअनुरुप काम भएको छैन, काम हुँदै गरेको भन्ने मात्रै आयो, काम सकिएको भन्ने आएन,… पुरा पढौ

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने राष्ट्र बैंकको सर्वेक्षण

काठमाडौं, १६ मङ्सिर । मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागीले मुद्रास्फीति तोकिएको सीमाभन्दा बढी पुग्ने देखाएको हो । चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि पहिलो त्रैमासमा आठ दशमलब पाँच प्रतिशतको हाराहारीमा पुगिसकेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । केन्द्रीय बैंकले चालु आवको पहिलो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै तीन… पुरा पढौ

सुन तोलाको १ लाख नजिक, चाँदीमा पनि वृद्धि

काठमाडौं, १६ मंसिर । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको भाउमा यसदिन रुपैयाँ १ हजारले बढेर तोलाको रुपैयाँ १ लाख नजिक पुगेको छ । चाँदीमा पनि रुपैयाँ १५ ले बद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ १ हजारले बढेर तोलाको रुपैयाँ ९९ हजार १ सयमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ९८ हजार १ सय निर्धारण भई कारोबार भएको थियो ।… पुरा पढौ