आर्थिक 📈

सानिमा बैंकको सेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, १९ मंसिर । सानिमा बैंकको सेयरमूल्य नेप्सेमा समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि सेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम भएकाे हाे । बैंकको नेप्सेमा १० प्रतिशत बोनस सेयर समायोजन गरिएकाे हाे। समायोजन गरेपछि बैंकको सेयरमूल्य २४७ रुपैयाँ १८ पैसा निर्धारण भएको छ। नेप्सेका अनुसार अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यकालाई आधार बनाएर सेयरमूल्य समायोजन गरिएकाे हो। उक्त दिन सेयरमूल्य प्रतिकित्ता २७१ रुपैयाँ ९० पैसा थियो। समायाेजन भएकाे मूल्यलाई आधार मानेर बैंकको सेयर… पुरा पढौ

नेप्सेमा सुधार, नबिल बैंकको करिब २० करोडको कारोबार

काठमाडौं, १८ मंसिर । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा झिनो अंकको बृद्धि भएको छ । यसदिन कारोबार रकममा भने सुधारको संकेत देखिएको छ। बिहिबार नेप्से परिसूचक ८.३३ अंकले बढेर १९५८.१८ विन्दुमा उक्लिएको थियो । नेप्सेमा ०.४३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.६२ अंकले बढेर ३८३.४६ विन्दुमा पुगेको थियो । यसअघि बिहिबार ३८ लाख १५ हजार ४५२ कित्ता सेयरको खरिदबिक्री हुँदा १ अर्ब २९ करोड ९६ लाख ७६ हजार ८१५ रुपैयाँ ४५ पैसा बराबरको कारोबार भएको… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा ०.०१ अंककाे बृद्धि

काठमाडौं, १८ मंसिर । सातामा सेयर कारोबार हुने पहिलो दिन आज आइतबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से ०.०१ अंकले बढेको छ गत बिहीबार नेप्से परिसूचक ११.२२ अंक बढेर १९६१.०६ विन्दुमा बन्द भएको थियाे । यस दिन प्रिओपन सेसनमा नेप्से ०.०१ अंक बढेर १९६१.०७ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.०२ अंकले बढेको छ। यस सेसनमा ११ कम्पनीकाे ३ लाख १२ हजार ५५८ रुपैयाँ बराबरको काराेबार भएकाे छ । जहाँ ५५३ हजार कित्ता सेयर खरिदबिक्री नेप्सेले जनाएकाे छ। चार कम्पनीकाे… पुरा पढौ

सुनको भाउ तोलाको ९९ हजार ५ सय पुग्यो, चाँदीमा पनि बृद्धि

काठमाडौं, १८ मंसिर । सुनचाँदीको भाउ निरन्तर उकालो लाग्दैछ । छापावाल सुनको भाउ बढेर तोलाको एक लाख पुग्न लागेको छ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउमा रुपैयाँ ४ सयले बढेको छ । चाँदीमा रुपैयाँ २५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको रुपैयाँ ९९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि साताको अन्तिम कारोबार भएको दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार… पुरा पढौ

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १८ मंसिर । सानिमा बैंकको लाभांश सुरक्षित गर्नका लागि आज आईतबार अन्तिम दिन बाँकी रहेकाे छ । यसअघि बैंक सञ्चालक समितिकाे बैठकले १०.९८% लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । बैंकले साधारणलाई मध्यनजर गरेर सोमबार बुक क्लोज हुने जनाएकाे छ । यसका लागि सेयरधनीहरुले, आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरेकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन पाउने र घाेषित लाभांश पाउन याेग्य हुनेछन् ।   लाभांश लगायतका एजेण्डाहरु पारित गर्न सानिमा बैंककाे साधारण सभा… पुरा पढौ

यो वर्ष चितवनमा करिब १ लाख मेट्रिक टन धान उत्पादन

चितवन, १८ मङ्सिर । जिल्लामा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार चार सय ८६ मेट्रिक टन वृद्धि भएको हो । यस वर्ष २२ हजार नौ सय ७२ हेक्टर क्षेत्रफलमा ९६ हजार चार सय ८२ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले बताए। उनका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा सोही क्षेत्रफलमा ८४ हजार नौ सय ९६ मेट्रिक टन धान उत्पादन भएको थियो… पुरा पढौ

पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’

पाेखरा, १८ मङ्सिर । उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल । अन्नपूर्ण, धवलागिरि, मनास्लुसहित माछापुच्छ्रेलगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ । दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यहरू समेतलाई एकसाथ अवलोकन गर्न सकिनु तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ दगाम गाउँको परिचय हो । प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहारले दगाम गाउँको अर्को परिचय दिँदै आएको छ । सरल, निश्चल र सहयोगी गाउँलेहरूमा ‘अतिथि देवो भवः’ भावना प्रष्ट झल्किन्छ… पुरा पढौ

बारामा तेलहन खेतीकाे क्षेत्रफलमा वृद्धि

कलैया, १८ मङ्सिर । यस वर्ष बारामा तेलहन खेतीकाे क्षेत्रफलमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार किसानले १० हजार तीन सय हेक्टर क्षेत्रफलमा तेलहन खेती गरेका छन् । गत वर्ष १० हजार दुई सय ७० हेक्टरमा खेती गरिएको थियो । केन्द्रका प्रमुख जितेन्द्र यादवले तेलहन बालीको उपादकत्वमा विगतका केही वर्षदेखि प्रतिहेक्टर एक मेट्रिक टन उत्पादन हुने गरेको बताए। उनका अनुसार विसं २०७२÷७३ मा भने प्रतिहेक्टर एक दशमलव १० मेट्रिक टन उत्पादकत्व रहेको थियो । विसं २०७३ देखि २०७७… पुरा पढौ

२०२२ मा रेमिट्यान्स साढे ८ अर्ब डलर पुग्ने बिश्व बैंकको प्रक्षेपण

काठमाडौं, १७ मंसिर । नेपालमा सन् २०२२ मा रेमिट्यान्स आप्रवाह ३ दशमलव ६ प्रतिशतले बढेर साढे ८ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफ’ रिपोर्टअनुसार गत वर्षको तुलनामा यस वर्ष रेमिट्यान्स बढ्ने देखिएको हो । सन् २०२१ मा नेपालले ८ अर्ब २० करोड अमेरिकी डलर बराबर रेमिट्यान्स भित्र्याएको थियो । नेपालले रेमिट्यान्समार्फत आउने रकम मुद्दति निक्षेपमा राख्दा अतिरिक्त ब्याज दिने व्यवस्था गरेको, दैनिकरुपमा पठाउन सकिने रकमको सीमा बढाएको र विदेशी मुद्रा… पुरा पढौ

१८औं संस्करणको लेखनाथ महोत्सव पौष ७ गतेदेखि १८ गतेसम्म आयोजना हुदै

पोखरा, १७ मंसिर । १८औं संस्करणको लेखनाथ महोत्सव २०७९ पौष ७ गतेदेखि पौष १८ गतेसम्म पोखरा २७ तालचोक डाँडाकोनाकमा आयोजना गरिने भएको छ । महोत्सवमा करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको छ । “महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र संमृद्धि” मूल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना महोत्सव हुन लागेको हो । महोत्सवमा उद्योग वाणिज्य संघ गण्डकी, गण्डकी प्रदेश पर्यटन उद्योग तथा आपूर्ति मन्त्रालय र पोखरा महानगरपालिका सहआयोजक रहेका छन् भने… पुरा पढौ