आर्थिक 📈

पिपुल्स हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २९ कार्तिक । पिपुल्स हाइड्रोपावर कम्पनीकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्काशन तथा बिक्री खुला गरेको थियाे । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गरेपछि सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन गरेको हो। आयोजन प्रभावित क्षेत्रका जनतालाई सेयर बाँडफाँड गर्दा बिक्री नभएकाे ८ लाख ६ हजार ३९० कित्तासहित ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन गरिएकाे हो। उक्त सेयरबाट २… पुरा पढौ

इन्भेस्टमेन्ट कम्पनीमार्फत हुने वैदेशिक लगानीमा सीमा नलाग्ने

काठमाडौं, २९ कात्तिक । सरकारले इन्भेस्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई विदेशी लगानीको न्यूनतम सीमा लागू नहुने व्यवस्था गरेको छ । देशभित्र लगानीको मात्रामा विस्तार होस् र त्यसको मात्रामा उल्लेख्य मात्रामा वृद्धि होस् भन्ने लक्ष्यका साथ त्यस्तो व्यवस्था गरेको हो । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफाले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सीमा तोक्ने सम्बन्धमा आवश्यक व्यवस्था गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट नेपाल राजपत्रमा प्रकाशित… पुरा पढौ

भारतबाट अवैधरूपमा भित्र्याइएको अस्वस्थकर माछा नष्ट

भरतपुर, २९ कात्तिक । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको अस्वस्थकर माछा चितवनमा नष्ट गरिएको छ । नवलपरासीको बर्दघाटबाट काठमाडौँ लैजाँदै गरेको अवस्थामा पङ्गासियस जातका माछा कृषकले सशस्त्र प्रहरी बलको सहयोगमा नियन्त्रणमा लिएर सोमबार नष्ट गरेका हुन् । लु३च ३३३६ नंको योद्धा पिकअप गाडीमा ५० वटा कार्टुनमा राखिएका दुई हजार किलो माछा चितवनको रामनगरमा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । नष्ट गरिएको माछाको बजार मूल्य करिब रु चार लाख हुने जनाइएको छ । कागजपत्र र अवस्था हेर्दा नेपाली बिलमा भारतीय माछा ल्याएको… पुरा पढौ

राजनीतिक दलको डिजिटल प्रचारले विदेशी मुद्रा सञ्चितिमा असर, ६७ हजार ३६ अमेरिकी डलर बराबरकाे खर्च

काठमाडौं, २८ कात्तिक । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब १ हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ । त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपूर देखिन्छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत प्रचार चलिरहेका छन् । जुन स्वभाविक एवं आवश्यकता नै भइसक्यो । तर ‘चुनावमय सञ्जाल’का अन्तरकुन्तर खोज्दा त्यहाँ समस्याका अनेकौं गाँठा भेटिन्छन् । सञ्जालमा चलिरहेका चुनाव… पुरा पढौ

१९०४ विन्दुमाथि उक्लियो नेप्से, परिसूचकसँगै कारोबारमा सुधार

काठमाडौं, २८ कार्तिक । साताको सेयर कारोबार हुने दोेश्रो दिन सोमबार नेपाली सेयर बजारमा हरियाली वातावरण देखिएको छ । लगातारको सेयर बजारको गिर्दो स्थितिले लगानीकर्ताहरुको मनोबल माथि उठ्न नसकिरहेको बेला आजको उकालो लागेको दृश्यले उत्साही बनाएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार कारोबारमा अघिल्लो दिनकाे तुलनामा सुधार भएको छ भने आज पनि एक अर्बको घेरोभन्दा माथि भने जान सकेन । नेप्से परिसूचक २१.२६ अंकले बढेर १९०४.४३ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.१३ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स… पुरा पढौ

पेट्रोलियम पदार्थको खपत घट्यो

काठमाडौं, २८ कात्तिक । पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी आएको जानकारी दिएको हो । यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुन नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार गत वर्षको कात्तिक महिनाको तुलनामा चालु वर्षको कात्तिक महिनामा पेट्रोल तथा डिजेलको खपतमा ठूलो परिमाणमा कमी… पुरा पढौ

अवकाशपछि बाख्रापालन, आम्दानी मनग्य

घोराही, २८ कात्तिक । जुद्धबहादुर हमाल सेवानिवृत्त शिक्षक हुन् । जागिरे जीवनबाट अवकाश भएपछि उनले बसीबसी आनन्दको जीवन व्यतित गर्न सक्थे, तर उनले त्यसो गरेनन् । घोराही उपमहानगरपालिका– ७ जवरपुरका ५७ वर्षीय हमालले अहिले बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । विसं २०७५ देखि केही बाख्रा पालेर व्यवसाय सुरु गरेका उनी त्यसपछि व्यवसायिकरुपमा जनसेवा बाख्रा तथा कृषि फार्म दर्ता गरेर खसी बोकाको  मासु बिक्री र पाठापाठी पनि उत्पादन गर्दै आएका छन् । रोल्पा रुन्टीगढी गाउँपालिका–३ बाट बसाइँ सरी दाङ… पुरा पढौ

केबल इन्टरनेट प्रयोगकर्ता २३ लाख हाराहारी

काठमाडौं, २८ कात्तिक । नेपालमा केबल इन्टरनेट चलाउनेको संख्या २३ लाख हाराहारी पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको २०७९ साउन मसान्तसम्मको विवरण अनुसार इन्टरनेट सेवा प्रदायक अर्थात् आइएसपी मार्फत केबल र अप्टिकल फाइबरबाट इन्टरनेट प्रयोग गर्नेको संख्या २२ लाख ७७ हजार ९८ पुगेको छ । दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले प्रत्येक महिनाको एमआइएस तथ्याङ्क सार्वजनिक गर्ने गरेको छ जसमा उसको क्षेत्रधिकारभित्र पर्ने टेलिफोन, इन्टरनेट लगायतका सेवाहरुको विभिन्न तथ्यहरु समावेश गरिएको हुन्छ । एक वर्षअघिको सोही… पुरा पढौ

सूर्या र ज्योति लाइफले आज मर्जर प्रस्ताव पारित गर्दै

काठमाडौं, २८ कार्तिक । सूर्या लाइफ र ज्योती लाइफ इन्स्याेरेन्स एक आपसमा गाभिन लागेका छन् । गाभिने प्रयाेजनका लागि दुबै कम्पनीकाे आज साधारणसभा हुँदैछ । सूर्या लाइफले साधारणसभा विराटनगरमा रहेकाे होटल हैरिसन प्सालेसमा हुँदैछ । उता अर्काे मर्जर पार्टनर ज्योती लाइफको साधारणसभा पाेखरामा रहेकाे वाटरफ्रन्ट रिसोर्टमा हुँदैछ ।  दुबै कम्पनीका साधारणसभाले एकापसमा गाभिनका लागि आवश्यक स्वाप रेसियोकाे प्रस्ताव छलफलपछि पारित गर्नेछन् । सूर्या लाइफ इन्स्याेरेन्सको १०० कित्ता बराबर ज्योती लाइफको ८२ कित्ता (१ः०.८२) सेयर रेसियाे हुने भएकाे छ । दुवै… पुरा पढौ

सुनचाँदीको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २८ कार्तिक । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य गिरावट भएको छ । छापावाल सुनमा रुपैयाँ १ सय तथा सेतो धातु चाँदीमा रुपैयाँ रुपैयाँ ५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन पहेंलो धातु छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा… पुरा पढौ