आर्थिक 📈

जुम्ला: स्याउ उत्पादन बढ्यो, उचित मूल्य पाइएन

जुम्ला, २५ कात्तिक । स्याउ खेतीका लागि प्रसिद्ध जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालु आर्थिक वर्षमा १८ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जानकारी दिए । उनका अनुसार गत आवमा १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो । स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउदा चिन्तित बनेका छन् । हाल उत्पादित १८ हजार मेट्रिकटनमध्ये ९ हजार मेट्रिकटन स्याउ नेपालगञ्जलगायतका बजारमा पठाइएको छ । तर स्याउले उचित मूल्य नपाएको किसानहरुको भनाइ… पुरा पढौ

पिपुल्स हाइड्रोको सेयर: खुलेकै दिन साढे १५ लाख कित्ता माग

काठमाडौं, २५ कार्तिक । पिपुल्स हाइड्रोपावरको सेयरमा पहिलाे दिनमै १५ लाख ६६ हजार ६९० कित्ताका लागि आवेदन पेश भएकाे छ । सीडीएसले १५ करोड ६६ लाख ६९ हजार रुपैयाँ बराबरको आवेदन पेश जनाएकाे हाे । शुक्रबार दिउँसो पाैने २ वजेसम्म १ लाख २९ हजार ९४३ आवेदकले १५ लाख ६६ हजार ६९० कित्ता माग गरेका छन्। पिपुल्स हाइड्रोपावरको शुक्रबारबाट ५६ लाख ६ हजार ३९० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकाे हाे । कम्पनीले आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाइ सेयर बाँडफाँड गरी बिक्री… पुरा पढौ

ङादी ग्रुप पावर कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, २५ कार्तिक । ङादी ग्रुप पावर कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्जले कम्पनीकाे हकप्रद सेयर शुक्रबार सूचीकृत भएकाे जानकारी दिएकाे हाे ।  कम्पनीले एक सूचना प्रकाशित गरेर १५० प्रतिशत हकप्रद सेयर अर्थात १ कराेड ६ लाख ३ हजार ९८६ कित्ता सेयर सूचीकृत भएकाे जनाएकाे हाे । ङादी ग्रुप पावरकाे साउन १८ गते देखि भदौ ७ गतेसम्म १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता… पुरा पढौ

नेप्सेको पुरानो वेबसाइट बन्द, नयाँ संचालनमा

काठमाडौं, २५ कार्तिक । नेपाल स्टक एक्सचेन्जले संचालन गरिरहेको पूरानो वेबसाईट कार्तिक २७ गतेदेखि पूर्ण रुपमा बन्द हुने भएको छ । नेप्सेले एक सूचना जारी गरेर पूरानो वेबसाईट www.nepalstock.com लाई पूर्ण रुपमा बन्द गरी नयाँ वेबसाईट संचालनमा ल्याउन लागिएको छ । नेप्सेमा शुक्रबार र शनिवार कारोबार नहुने भएकोले आईतबारबाट नयाँ वेबसाईट www.nepalstock.com.np पूर्ण रुपमा संचालनमा ल्याउन लागिएको हो । नयाँ वेबसाईट आईतबारबाट संचालनमा ल्याईने भनियता पनि पूरानो वेबसाईट शुक्रबारबाटै निष्कृय भएको देखिएको छ भने नयाँ वेबसाईट खुल्न थालेको छ । नयाँ… पुरा पढौ

सुन र चाँदी दुवैको भाउ बढ्यो, कति पर्छ तोलाको ?

काठमाडौं, २५ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।यसदिन छापावाला सुनको भाउमा १ हजार ३ सय रुपैयाँले बढेको छ । सेतो धातु चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा शुक्रबार एकैदिन रुपैयाँ १ हजार ३ सयले बढेर तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुनको भाउ स्थिर रहेर तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

चीनको शून्य भन्सार नीतिको सदुपयोग गरौं : उपराष्ट्रपति पुन

काठमाडौं, २४ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनबीचको सम्बन्ध आर्थिक कूटनीतिका माध्यमबाट अझै विस्तार र प्रगाढ बन्ने विश्वास गरेका छन् । आज आयोजित नेपाल चीन उद्योग वाणिज्य सङ्घको २३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन निजी क्षेत्रको भूमिका अझै प्रभावकारी बन्ने बताए। पञ्चशीलको सिद्धान्तमा आधारित नेपाल–चीन द्विपक्षीय सम्बन्ध विविध क्षेत्रमा विस्तार हुँदै आएको जनाउँदै उनले विगत केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो तथा फराकिलो बनाउन नयाँ सहयोगका क्षेत्र पहिचान गरिएको बताए।… पुरा पढौ

अब एकीकृत कारोबारपछि १५ दिन मात्र सेयर कारोबार रोकिने

काठमाडौं, २४ कात्तिक । धितोपत्रको दोस्रो बजारमा कारोबार गरिरहेका कम्पनीले एक आपसमा गाभ्ने वा गाभिने निर्णय गरेपछि लामो समयसम्म लगानीकर्ता बन्धक हुँदै आएका थिए । आफूले लगानी गरेको सम्पत्ति बिक्री गर्न नपाउँदा त्यसबाट ठूलो हैरानी खेप्नु परेको थियो । गर्जो टाराैला भनेर गरिएको लगानी लामो समयसम्म चुपचाप राख्नु पर्दा त्यसबाट पर्ने नकारात्मक असरको भुक्तभोगी शेयरबजारमा लगानी गर्ने धेरैजसो लगानीकर्ता रहेका छन् । बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत शेयर कारोबारका सन्दर्भमा रहेको त्यस… पुरा पढौ

सेयर बजार राताम्यै, कारोबार रकम १ अर्बमा सीमित

काठमाडौं, २४ कार्तिक । केहि दिनदेखि ओरालो लागेको सेर बजारको यात्राले बिहिबार पनि निरन्तरता पाएको छ । परिसूचक घटेपनि कारोबारमा २ अर्ब नाघेको तीनदिन अघिको मापन तीनदिन पछि १ अर्बमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा झरेको छ । नेप्सेमा १.२३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने ४.१७ अंकले घटेर ३७२.३७ विन्दुमा पुगेको छ । यसदिन कुल २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता सेयरको कारोबार भएको छ । यसबाट १… पुरा पढौ

सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाडौं, २४ कार्तिक । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ स्थिर रहि कारोबार भईरहेको छ । चाँदीको भाउमा भने रुपैयाँ १० ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउमा यसदिन कुनै परिवर्तन भएको छैन । छापावाल सुनको भाउ स्थिर रहेर बुधबारकै भाउमा तोलाको ९५ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुनमा रुपैयाँ १४०० ले बढेर तोलाको ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन… पुरा पढौ

आदर्श लघुवित्तकाे नाफा र ईपिएस दुबै घट्याे

काठमाडौं, २४ कार्तिक । आदर्श लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा तथा ईपिएस दुबै घटेको छ। संस्थाकाे सार्वजनिक भएकाे यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गएकाे आर्थिक वर्षकोभन्दा याे अवधिमा खुद नाफा घटेको हाे। चालु आर्थिक वर्षको असोजसम्ममा संस्थाले रुपैयाँ ३ लाख ४९ हजार नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.८३ प्रतिशतले कम देखिएकाे छ । गएकाे वर्ष साेहि अवधिमा रुपैयाँ ६ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। लघुवित्तकाे खुद ब्याज आम्दानी… पुरा पढौ