आर्थिक 📈

दसैंका नयाँ नोट आजसम्म साट्न पाइने

काठमाडौं, १४ असाेज । राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट आजसम्म मात्रै साट्न पाइने भएको बताएकाे छ। शनिबारदेखि लगातार दसैँ बिदा परेकाेले आज अन्तिम दिन नयाँ नोट साट्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले हालसम्म १२ अर्बभन्दा बढीको नयाँ नोट राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुले लगेको बताए।  नेपालले १० अर्ब बराबरको ठूला बजारमा जानकारी दिए। उनका अनुसार बिहिबारसम्म २२ अर्बको नयाँ नोट बजारमा पठाइएकाे छ । एक दिन बाँकी रहेकाेले रु ५० करोड बराबरकाे… पुरा पढौ

तीन आर्थिक पत्रकार पुरस्कृत

काठमाडौं, १३ असोज । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को स्थापना दिवसमा तीन जना आर्थिक पत्ररकार पुरस्कृत भएका छन् । कार्यक्रममा संस्थाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आफ्नो वार्षिक जर्नल ‘अर्थचित्र’ विमोचन पनि गरेको छ । आर्थिक पत्रकारितामा सबैभन्दा ठूलो १ लाख रुपैयाँ धनराशीको ‘शारदा– ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ बाट बिजमाण्डु डटकमका खेमराज श्रेष्ठ पुरष्कृत भएका हुन् । यसैगरी ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार (५० हजार राशी)’ बाट बाह्रखरी डटकमका विजय पराजुली (हाल अनलाइनखबर डटकममा कार्यरत)… पुरा पढौ

नेप्सेमा १६.२९ अंकको वृद्धि, लगानीकर्ताको मनोबल बढ्दै

काठमाडौं, १३ असोज । विजया दशमीका पछिल्ला तीन दिनसम्म लगातार नेप्सेको मुहार छिटपुट बाहेक हरियो देखिएको छ । आज लगातार नेपाली सेयर बजारले सकारात्मक लय समातेकाे तेश्रो दिन हो । कुल कारोबार रकममा कमि देखिएपनि एउटा बाहेक ठूला कम्पनीहरुको कारोबार मापनमा एककाे बाहेक सबैमा हरियो लागेको छ । लामो समयपछि चाडबाडको बिचमा सेयर बजारले लिएको सकारात्मक लय पक्कै पनि लगानीकर्ताका लागि सुखद्को विषय बनेको छ । उनीहरुकाे मनाेबल बढेकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.२९ अंकले बढेर… पुरा पढौ

साधारणसभा डाक्ने सिटिजन्स बैंक इन्टरनेसन पहिलाे बैंक

काठमाडौं १३ असाेज । यस आर्थिक वर्षमा साधारणसभा बाेलाउने पहिलाे वाणिज्य बैंक सिटिजन्स बैंक इन्टरनेसन बनेकाे छ । बैंकले ९ प्रतिशत नगद लाभांशकाे प्रस्ताव पारित गर्न कार्तिक ४ गते १६औं साधारणसभा डाकेकाे छ। साधारणसभा काठमाडाै‌ डिल्लीबजारमा रहेकाे अमृतभाेग पार्टी प्यालेसमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभामा यसअघि प्रस्ताव गरिएकाे ९ प्रतिशत नगद लाभांशकाे प्रस्ताव छलफलपछि पारित गरिने भएकाे छ । यस्तै सभाले अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासंग एकापसमा गाभ्ने, गाभिने वा प्राप्तिकाे काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने… पुरा पढौ

२ महिनामा ६३ करोडको जिरा, धनियाँ आयात

काठमाडौं, १३ असोज । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती दुई महिनामा नेपालमा ६३ करोड रुपैयाँभन्दा बढीको सुकेको जिरा र धनियाँ आयात भएको छ । भन्सार विभागले हालै अद्यावधिक गरेको वैदेशिक व्यापारको भदौ महिनासम्मको समग्र तथ्याङ्क अनुसार नेपालमा छिमेकी देश भारत लगायत विश्वका विभिन्न ५ देशबाट ६३ करोड ७५ लाख ७५ हजार रुपैयाँ बराबरको २७ लाख ५४ हजार ३१३ किलोग्राम सुकेको जिरा र धनियाँ आयात भएको पाइएको छ । सामान्यतया तरकारीमा स्वाद बढाउने हिसाबले मसलाका रुपमा प्रयोग हुने जिरा तथा… पुरा पढौ

दसैंका लागि २२ अर्बको नयाँ नोट सटही

काठमाडौं, १३ असोज । दसैंका लागि २२ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही भएको छ । गत भदौ २९ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा शुरु गरेको नेपाल राष्ट्र बैंकले २२ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाइएको बताएको छ । केन्द्रीय बैंकका अनुसार यो वर्ष दशैंमा १२ अर्ब रुपैयाँ बराबरको साना अर्थात् ५, २०, ५० तथा १०० रुपैयाँ दरको नोट विभिन्न वाणिज्य बैंकमा पठाएको छ । यसैगरी ठूला अर्थात् ५०० र १००० हजार रुपैयाँ दरका १० अर्ब बराबरको नोट साटिएको… पुरा पढौ

बढ्यो सुनचाँदीको भाउ

काठमाडौं, १३ असोज । साताको सुनचाँदीको कारोबार हुने पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीकाे भाउमा वृद्धि भएको छ । बुधबार ९१ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको छापावाल सुनमा आज १ हजार २ सय रुपैयाँले बढेको हाे। चाँदीमा पनि प्रतितोला २५ रुपैयाँ बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा अघिल्लो दिनको तुलनामा १ हजार २ सय रुपैयाँले बढेर तोलाको ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुनमा पनि १ हजार २ सयले वृद्धि… पुरा पढौ

इष्टर्न हाइड्रोपावरले असोज २८ गतेदेखि सेयर निष्काशन गर्दै

काठमाडौं, १३ असोज । इष्टर्न हाइड्रोपावरले असोज २८ गतेदेखि ६ लाख ७० हजार ३१० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएकाे छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गरेकाे थियाे । त्यसपछि याे पटक पहिले बिक्री हुन बाँकीरहेकाे सेयरसहित थप गरेर बिक्रीमा ल्याउन लागिएकाे हाे । पहिले प्रतिकित्ता १०० अंकित दरमा ६ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि निष्काशन गरिएकाेमा ५० हजार ३१० कित्ता सेयर बिक्री भएकाे थिएन । उक्त सेयरसहित ६… पुरा पढौ

डलरकाे भाउमा नयाँ रेकर्ड: १३१.४१ रुपैयाँ कायम

काठमाडौं, १३ असाेज । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा उक्लिएकाे छ । नेपाल राष्ट्र बैंकले आजका लागि जारि गरेकाे विदेशी विनिमय दर अनुसार अमेरिकी डलरकाे भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेकाे हाे । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ काे खरिद दर १३० रुपैयाँ ८१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा रहेकाे छ । अघिल्लाे दिन अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ३० पैसा रहेकाे थियाे । बिक्रीदर १३० रुपैयाँ ९० पैसा पुगेकाे थियाे । याे समयमा… पुरा पढौ

भदौसम्म सवा अर्बको ल्यापटप र नोटबुक आयात

काठमाडौं, १३ असोज । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती दुई महिना अर्थात् भदौ मसान्तसम्म नेपालमा १ अर्ब २५ करोड रुपैयाँभन्दा बढीका ल्यापटप तथा नोटबुक आयात भएको छ । भन्सार विभागले हालै अद्यावधिक गरेको वैदेशिक व्यापारको भदौ महिनासम्मको समग्र तथ्याङ्क अनुसार नेपालमा विश्वका २३ देशबाट १ अर्ब २५ करोड ९२ लाख ४७ हजार रुपैयाँ बराबरका १९ हजार ५०८ थान ल्यापटप तथा नोटबुक आयात भएकाे पाइएको छ। यी डिभाइस आयात बापत सरकारलाई १६ करोड ३३ लाख ३२ हजार रुपैयाँ आम्दानी भएको… पुरा पढौ