आर्थिक 📈

उद्योगहरूमा विद्युतको सहज आपूर्ति, आजदेखि भनिएको आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं, २१ वैशाख । विगत केही दिनदेखि औद्योगिक क्षेत्रमा लगातार विद्युत् अवरुद्ध भएपछि मोरङ व्यापार सङ्घ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले आन्दोलन चेतावनी दिएपछि विद्युत् प्राधिकरण सहमतिमा आएको छ । दुई सङ्गठनले मङ्गलबारसम्म पनि लोडसेडिङबारे कुनै समाधान नआए बुधबारदेखि चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समस्या समाधान गरेका हुन् । घिसिङले निजी क्षेत्रसँग छलफल गरी भविष्यमा औद्योगिक क्षेत्रलाई विद्युतको संकट आउन नदिने विषयमा प्रतिबद्धता जनाउँदै मंगलवारदेखि नै विद्युत् प्रसारण समेत सुचारु गराएका… पुरा पढौ

वर्षौंदेखि बढिरहेको गरिबीकाे पनि अडिट गराैं : अर्थमन्त्री शर्मा

काठमाडौं, २१ वैशाख । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सबलीकरणमा लागि मर्यादित र व्यवसायीक लेखा परिक्षण हुनुपर्ने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखा जोखा गर्नुपर्ने दायित्वबाट लेखा परीक्षक विमुख हुन नहुने बताए । कुनै पनि व्यवसाय वा सम्पत्तिको लेखा परिक्षण गर्ने क्रममा जोड–घटाउमा थोरै मात्र तलमाथि भए राष्ट्रिय अर्थतन्त्रमा नै असर गर्नेतर्फ लेखा परीक्षकहरूलाई ध्यान दिन उनले आग्रह गरे । ‘जोड गर्नुपर्ने… पुरा पढौ

राजश्व छली विरुद्धको अनुसन्धान तीव्र : १९ करोड ३४ लाख माग दाबी सहित २ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, २० वैशाख । राजश्व अनुसन्धान विभागले राजश्व छली गर्नेहरूविरुद्धको अनुसन्धानलाई तिव्रता दिएको छ । सोमवार विभागले नक्कली भ्याट बनाएर राजश्व छल्ने २ फर्मका सञ्चालकहरू विरुद्ध १९ करोड ३४ लाख ६५ हजार १ सय २० रुपैयाँ असुल गरी कैद सजायको मागदाबीसहित मुद्दा दायर गरेको छ । भक्तपुर सूर्यविनायक–१० देउजागाउँ स्थायी बसोबास भएका एभरेस्ट यति इन्टरनेसनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध सोमवार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । उनीहरूले गलत तरिकाले मूल्य अभिवृद्धि कर (भ्याट)… पुरा पढौ

दुई दिनमा १८०० ले घट्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं, २० वैशाख । सुनको भाउ निरन्तर ओरालो लागेको छ । सोमबार र मंगलबार दुई दिनमा छापावाल सुनमा रुपैयाँ १८०० ले गिरावट भएको छ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ रुपैयाँ १००० ले घटेको छ । चाँदीको भाउ यसदिन स्थिर रहेर १ हजार २९० कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलामा रुपैयाँ १००० ले घटेर तोलाको रुपैयाँ ९७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार… पुरा पढौ

नेपाल उद्योग परिसंघको महानिर्देशकमा पर्यटन बोर्डका पूर्व सीईओ जोशी नियुक्त

काठमाडौं, २० वैशाख । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन्। परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको हो। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै ‍सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे। अध्यक्ष अग्रवालले नेपाली उद्योगहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले औद्योगिक वातावरण निर्माणमा सक्रियतापूर्वक काम गरिरहेको बताउँदै महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गरे। नवनियुक्त महानिर्देशक जोशीले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई भविष्यमा थप प्रभावकारी बनाउने बताए। नेपाल पर्यटन… पुरा पढौ

निरन्तर ओरालोतिर सेयरबजार, अरुण भ्यालीले गर्यो ४ करोड ७३ लाख बढिको कारोबार

काठमाडौं, १९ वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन पनि सेयर बजार ओरालो लागेको छ । यसदिन सेयर बजार करिब आधा घटेको छ । सेयर बजारमा ४८.७३ अंकको गिरावट भएको छ । नेपाला स्टक एक्सचेन्जका अनुसार राताम्मै भएको नेप्से ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा झरेको छ । नेप्सेमा २.०७ प्रतिशतको गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ८.४५ अंकले घटेर ४४१.७९ विन्दुमा रहेको छ । कुल २८८ वटा कम्पनीको सेयर खरिदबिक्री भएको छ । ३९ लाख ७८ हजार ७९ कित्ता… पुरा पढौ

एकैदिन ८०० ले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं, १९ वैशाख । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ । यसदिन छापावाल सुनको भाउमा रुपैयाँ ८०० ले गिरावट भएको छ भने चाँदीमा रुपैयाँ १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउमा यसदिन रुपैयाँ ८०० ले गिरावट भई तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम गरिएको थियो । तेजाबी सुन तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार… पुरा पढौ

‘अघोषित लोडशेडिङ’को मारमा परे उद्योगी, प्राधिकरण भन्छ : धैर्य गरौं

काठमाडौं, १९ वैशाख । पछिल्लो समय उद्योगी व्यवसायीहरू ‘अघोषित लोडशेडिङ’को मारमा परेका छन् । नेपाल विद्युत प्राधिकरणले उद्योग व्यवसायमा विद्युत कटौती गर्दा उद्योगीहरू मारमा परेका हुन् । कोरोना महामारीपछि तंग्रिदै गएको उद्योग व्यवसाय पछिल्ला दिनहरूमा ‘अघोषित लोडशेडिङ’को मार खेप्नुपर्दा बन्द गर्नुपर्ने अवस्था आएको गोल्यान समूहका अध्यक्ष पवन गोल्यान बताउँछन् । उनका अनुसार, अघोषित रूपमा विद्युत कटौती हुँदा रिलायन्स मिलमा मात्रै एक जनालाई एकदिनमा ५० लाख रुपैयाँको घाटा भइरहेको छ । ‘निरन्तरको लोडशेडिङले उद्योग सञ्चालन गर्न सक्ने अवस्था नै छैन, कसरी… पुरा पढौ

आगामी बजेटका लागि अर्थ मन्त्रालयले गर्‍यो पूर्वअर्थमन्त्रीहरूसँग छलफल

काठमाडौं, १९ वैशाख । अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेटका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेको छ । आइतवार अर्थमन्त्रालयले पूर्वअर्थमन्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरूसँग छलफल गरेको हो । छलफलमा अर्थमन्त्री जनार्दन शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वअर्थमन्त्री वर्षमान पुन, पूर्वअर्थमन्त्री एसपी कोइराला लगायतको उपस्थिति रहेको थियो । बजेट निर्माणका लागि पछिल्लो समय अर्थमन्त्रालयले कार्यतालिका नै प्रकाशन गरी सरोकारवालाहरूसँग छलफल गरिरहेको छ । पुरा पढौ

चुनावले बढायाे व्यावसायिक चहल-पहल

चितवन, १९ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । होटल रेष्टुराँकाे व्यापार बढ्न थालेकाे छ। यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका छन् । पछिल्ला वर्षहरुमा निर्वाचनको समयमा खर्च बढी हुने गरेको छ । स्थानीय तहको निर्वाचन भएकाले गाउँ टोलमा रहेका होटल रेष्टुराँदेखि सहरका ठूला होटल रेष्टुराँमा पनि यसको प्रभाव देखिन थालेको हो । जिल्लाका पर्यटन व्यवसायीसमेत रहेका उद्योग परिसङ्घ बागमती प्रदेशका अध्यक्ष भेषराज दुवाडीले निर्वाचनको चहलपहल सुरु भएको बताए । उनले… पुरा पढौ