आर्थिक 📈

एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने

लमजुङ, २३ चैत । मस्र्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने भएका छन् । पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक उक्त रकम प्राप्त गर्ने भएका हुन् । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने, “पालिकामा स्थायीरुपमा बसोवास गर्ने एकल पुरुषलाई पालिकाको मंगलबार बसेको ९६औँ बैठकले गत फागुन महिनादेखि नै लागू हुने गरी सम्मान स्वरुप एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ ।” एकल पुरुष भए पनि पेन्सन भएकालाई भने यो… पुरा पढौ

इच्छाकामना गाउँपालिकामा बाख्रापालक किसानलाई अनुदान, रु एक करोड ५२ लाखकाे सम्झौता

मुग्लिन, २३ चैत । चितवनको इच्छाकामना गाउँपालिकाले नमूना खोर निर्माण तथा खोर सुधारका लागि बाख्रापालक किसानलाई अनुदान वितरण गरेको छ । किसानको आर्थिक समृद्धिमा पनि सघाउ पु¥याउने उद्देश्यले गाउँपालिकाले बाख्रापालक किसानका लागि अनुदान रकम वितरण गरेको हो । मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले वडा नं १ का ३३ जना बाख्रापालक किसानलाई जनही रु १० हजारका दरले रकम हस्तान्तरण गरे । उनले वडा नं १ को ज्यान्दाला, तोवाङ र मेत्राङका बाख्रापालक किसानलाई अनुदान रकम हस्तान्तरण गरेका हुन् । यसैबीच उत्कृष्ट खोर… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २३ चैत । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली वजारमा सुनचाँदीको भाउ घटेको छ ।यसदिन छपावाला सुनको भाउ तोलामा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ३०० ले घटेर तोलाको ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छावापाला सुनको भाउ तोलाको ९८ हजार ८०० रुपैयाँ तोकिएको थियो । तेजाबी सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुनको भाउ… पुरा पढौ

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २३ चैत । प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्नका लागि आज एक दिन मात्रै बाँकी रहेको छ । इन्स्योरेन्सले लाभांश वितरणको प्रस्ताव पारित गर्नका लागि वैशाख ११ गते २० औं साधारण सभा बोलाएको छ । उक्त साधारण सभा सो दिन बीरगन्जस्थित दियालो लर्डस् प्लाजामा दिउँसो १२.३० वजे डाकिएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि बिहिबार बुक क्लोज गर्ने बताएको छ । आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार गरेर कायम भएका सेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन… पुरा पढौ

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोलको रु १६० र ग्यासको रु १६०० कायम

काठमाडौं, २३ चैत । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर रुपैयाँ ५ ले बृद्धि भएको छ। मूल्य बृद्धिसंगै पेट्रोलको भाउ प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ । यस्तै एलपी ग्यासको मूल्य २५ रुपैयाँले बढेर प्रतिसिलिण्डर १६०० पुगेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी नयाँ दरभाउ कायम भएको जनाएको हो । यसअघि चैतको २ गते भाउ बढाएको थियो… पुरा पढौ

४६.४६ अंकले घट्यो नेप्से, कारोबारमा झिनो सुधार

काठमाडौं, २२ चैत । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि सेयर बजारमा भारी मात्रामा गिरावट भएको छ । कारोबार रकममा उल्लेखनिय प्रगति नभए पनि अघिल्लो दिनको तुलनामा केहि सुधार भएको छ । लगातार नकारात्मक लयमा गएको सेयर बजारको दृश्यले लगानीकर्ताहरुको मनोवल घटाएको छ । बजारमा कहिले सन्तुलन कायम गर्ने हो यो भने पखाईको विषय बनेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४६.४६ अंकले घटेर २४५२.०६ विन्दुमा झरेको छ । नेप्सेमा १.८६ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ८.३४… पुरा पढौ

सुनको भाउमा सामान्य बृद्धि, चाँदीको घट्यो

काठमाडौं, २२ चैत । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । छापावाला सुनमा रुपैयाँ १०० ले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छावाला सुनमा रुपैयाँ १०० ले बृद्धि भई तोलाको ९८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाला सुनको भाउ तोलाको ९८ हजार ७०० रुपैयाँ तोकिएको थियो । यसदिन तेजाबी सुन तोलाको ९८ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको… पुरा पढौ

तनहुँमा कृषि गणनाका लागि १६७ केन्द्र

तनहुँ, २२ चैत । राष्ट्रिय कृषिगणनका लागि तनहुँमा १६७ वटा गणना केन्द्र तोकिएका छन् । प्रत्येक १०–१० वर्षको अन्तरालमा हुँदै आएको राष्ट्रिय कृषिगणना यस वर्ष पनि गर्न लागिएको हो । आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म करिब ४५ दिनको अवधिमा हुने राष्ट्रिय कृषिगणना कार्यका लागि गणना केन्द्र कायम गरिएको जिल्ला कृषिगणना अधिकृत नवराज पोख्रेलले जानकारी दिए । उनका अनुसार तनहुँका चार नगरपालिका र छ गाउँपालिका गरी १० पालिकामा १६७ गणना क्षेत्र तोकिएको छ । उक्त क्षेत्रका करिब चार हजार… पुरा पढौ

लाभांश वितरणको प्रस्ताव पारित गर्न नयाँ सारथी लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं, २२ चैत । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको प्रस्ताव पारित गर्नका लागि साधारण सभा आव्हान गरेको छ । संस्थाको १३औं साधारण सभा आगामी वैशाख १० गते धुलिखेलमा रहेकाे केन्द्रीय कार्यालयमा सो दिन अपरान्ह ३ वजे बोलाईएको छ । लघुवित्तकाे साधारण सभा तथा लाभांश वितरणको प्रयोजनार्थ चैतको २३ गते बुधबार बुक क्लोज गिरने भएको छ । आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका हकदार हुनेछन् । लघुवित्तकाे गएको आर्थिक… पुरा पढौ

बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत

काठमाडौं, २२ चैत । सरकारको सार्थक प्रयत्न एवं निरन्तरको कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगातार सरोकारवाला निकायसँग गरेकाे छलफल, मन्त्रालय तहमा भएको द्विपक्षीय एवं बहुपक्षीय संवाद तथा कूटनीतिक पहलले सार्थकता पाएको ऊर्जा क्षेत्रमा चर्चा भइरहेको छ । नेपालको विद्युत् इतिहासमा नै पहिलोपटक औपचारिकरूपमा नेपालको बिजुली भारतको बजारमा प्रवेश पाएको थियो । गत कात्तिकदेखि भारतीय अनुदानमा निर्माण भएको नै सही, ३९ मेगावाट बिजुली बिक्रीको मार्गप्रशस्त भएको… पुरा पढौ