आर्थिक 📈

साल्ट ट्रेडिङ कर्पोरेशनको साधारणसभा चैत ३० मा, बुक क्लोज कहिले ?

काठमाडौं, ८ चैत । साल्ट ट्रेडिङ कर्पोरेशनले चैत ३० गते वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले चैत ३० गतेको लागि सभा बोलाएको हो । कम्पनीले चैत १५ देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । चैत १४ गतेसम्म कायम रहेका लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । कम्पनीले लगानीकर्तालाई हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव आगामी सभाले पारित… पुरा पढौ

माग पुरा नभए इन्धन कारोबार ठप्प पार्ने पेट्रोलियम व्यवसायीकाे चेतावनी, आन्दोलन घोषणा

काठमाडाै‌, ८ चैत्र । इन्धन आपूर्ति र दुवानी गर्ने व्यवसायीहरुले विभिन्न माग राखी आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले माग पूरा नभए इन्धनकाे कारोबार ठप्प पार्ने चेतावनी दिएका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिमा आवद्ध नेपाल पेट्रोलियम डिलर्स एशोसियन, नेपाल एल.पि ग्याँस उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन । कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरुले चैत्र २० गतेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन । मुल्यवृद्धि पछिको… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको बृद्धि, कारोबारमा प्रभु इन्स्योरेन्स अब्बल

काठमाडौं, ८ चैत । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार आज सेयर बजार सकारात्मक लयमा गएको छ । यसअघि केहिदिन सेयर बजारमा गिरावट आउँदा सेयर लगानीकर्ताहरु अलमलमा परेका थिए । अब भने बजार सकारात्मक लयमा जान्छ की भन्ने आकलन गरिएको छ । अर्थतन्त्रमा भईरहेको आरोह अवरोहको परिणामस्वरुप लगानीकर्ताहरु एउटै लयमा काम गर्नबाट बञ्चित भईरहेको बेला अर्थमन्त्री जनार्दन शर्मा यसको सुधारको पक्षमा लागेपछि लगानीकर्ताहरुको मनोवल उचो भएको छ । नेपाल सरकारले यही समयमा लय भत्किएको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन उच्चस्तरिय समिति… पुरा पढौ

नेपाल लाइफको सञ्चालकबाट अग्रवालले दिए राजीनामा

काठमाडौं, ८ चैत । नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक कमलेशकुमार अग्रवालले राजीनामा दिएका छन् । स्वतन्त्र सञ्चालक अग्रवालले आफ्नो स्वेच्छाले राजीनामा दिएको कम्पनीले जनाएको छ । सोमबार अपराह्न बसेको सञ्चालक समितिको ३३४ औं बैठकको निर्णयबाट अग्रवालको राजीनामा स्वीकृत गरेको हो । पुरा पढौ

ग्यास विस्थापित गरी बिद्युतीय चुल्हो प्रयोग गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं, ७ चैत । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३÷११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त रुपमा उद्घाटन गरे । सबस्टेसनबाट रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँहरुमा विद्युत आपूर्ति गरिनेछ । कार्यक्रममा अर्थमन्त्री शर्माले अमेरिकी डलरमा खरिद गरेर ल्याइएको खाना पकाउने ग्याँसलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरे । आफूले सुरु गरेको ‘उज्यालो रुकुम’ अभियान अहिले… पुरा पढौ

आज सुनको मूल्य प्रतितोला १ लाख ३ सय, चाँदीको कति ?

काठमाडौं, ८ चैत । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला १ लाख ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ५०० मा कारोबार भएको पहेँलो धातु आज ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ छ । यसको मूल्य सोमबार प्रतितोला ९९ हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३९५ पुगेको महासंघले जनाएको… पुरा पढौ

रु १८ करोड २७ लाख बढीकाे सेयर जारी गर्दै बलेफी हाइड्रोपावर

काठमाडौं, ८ चैत । बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने लागेको हो । निष्कासन गरिने शेयरमध्ये कूल निष्कासनको चार प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता कम्पनीका कर्मचारीलाई, पाँच प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट… पुरा पढौ

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन, निर्यात शून्य

रसुवा, ८ चैत । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ । माघ मसान्तसम्म २ अर्ब ४ करोड राजस्व संकलन गरिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताए । आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्म १ अर्ब ६४ करोड लक्ष्य लिएकामा २ अर्ब ४ करोड राजस्व उठेको थियो । राजस्व उठे पनि आयात भने सहज नभएको प्रमुख गौतमले बताए । सोमबार २ वटा मात्रै कन्टेनर भित्रिएको, कहिले आयात शून्य हुने… पुरा पढौ

आजदेखि ग्रीन भेन्चर्सको आइपीओ बिक्री खुला, कति कित्तासम्म आवेदन दिने ?

काठमाडौं, ८ चैत । ग्रीन भेन्चर्सको आइपीओ आज (मंगलबार) देखि निष्काशन तथा बिक्री खुला गरिएको छ । कम्पनीले आज मंगलबारदेखि ३१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरु र २८ लाख ७५ हजार कित्ता सेयर… पुरा पढौ

६ करोड ४५ लाखको कारोबार गर्दै सकियो लेखनाथ महोत्सव

लेखनाथ, ७ चैत्र । लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सव ६ करोड ४५ लाख रुपैयाको कारोबार गर्दै सकिएको छ । महोत्सवमा २ लाख २० हजार दर्शकले अवलोकन गरेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक छत्रधर आत्रेयले जानकारी दिए । महोत्सवको समापन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्माले व्यापारिक मेला महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । उनले व्यापारिक मेलाले क्रेता र विक्रेताका विच बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा… पुरा पढौ