आर्थिक 📈

एनआइबीएल एस क्यापिटलद्वारा पोखरामा सेयर लगानीसम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन

काठमाडौं, ४ चैत । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआइबीएल एस क्यापिटलको आयोजनामा पोखरामा सेयर लगानीसम्बन्धि अन्तर्क्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा एनआईबीएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरेका थिए । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस अघि पनि प्रदेश स्तरमा सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश २ को महोत्तरीमा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा पनि अन्तक्र्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम गरेको थियो । पुरा पढौ

५ करोडभन्दा कमको काम श्रम सहकारीबाट गराएर कम्पनीलाई विस्थापित गर्न खोजियाे : महासंघ

काठमाडौं, ४ चैत । सार्वजनिक खरिद ऐनको ११औँ संशोधनमार्फत् रु पाँच करोडभन्दा कमको काम श्रम सहकारीबाट गराएर साना निर्माण कम्पनीलाई विस्थापित गर्न खोजिएको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले आपत्ति जनाएको छ । महासङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उपभोक्ता समितिमार्फत् भएका काममा गलत काम भएको स्थापित हुँदाहुँदै श्रम सहकारीका माध्यमबाट उपभोक्ता समितिमार्फत् नै काम गर्न खोजिएको जानकारी गराइएको छ । श्रम सहकारीका नाममा उपभोक्ता समितिलाई काम दिएर कर नतिर्ने गरी राज्यकोषको दुरुपयोग गर्न खोजिएको महासङ्घका अध्यक्ष रवि सिंहले बताए। “स्थानीयस्तरमा रोजगारी… पुरा पढौ

ऊर्जा र सिँचाइ क्षेत्रको समस्या समाधान गर्छौं, थप लगानी गर्नुस् : ऊर्जामन्त्री भुसाल

काठमाडौं, ४ चैत । सरकारले नेपालको ऊर्जा तथा सिँचाइ क्षेत्रमा देखिएको समस्या समाधान गरी सार्थक निकास दिन तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै थप लगानीका लागि एसियाली विकास बैंक (एडीबी)लाई आग्रह गरेको छ । ऊर्जा र सिँचाइमा सबैभन्दा बढी लगानी गर्नेमा एसियाली विकास बैंक नै शीर्ष स्थानमा छ । ती क्षेत्रमा बैंकको सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै सरकारले आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा अवस्थालाई सही तवरले समाधान गर्ने विश्वास दिलाएको हो । आयोजना विकास गर्दा सामाजिक एवं प्राविधिक विषय सम्बोधन… पुरा पढौ

विद्युतीय पूर्वाधार निर्माणमा आक्रामक प्राधिकरण, ३ दिनमा ३ सबस्टेशन उद्घाटन

काठमाडौं, ४ चैत । विद्युतीय पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले लगातार सफलता हासिल गरिरहेको छ । गुणस्तरीय तथा भरपर्दो विद्युत् सर्वसुलभ रुपमा सबैलाई उपलब्ध गराउने योजनालेसमेत अब क्रमशः मूर्तरुप पाउन थालेको छ । देशभित्रै बिजुलीका खपत बढाउने लक्ष्यका साथ सरकारले अनेकन प्रयास गरिरहेको छ । त्यसका लागि अत्यावश्यक भौतिक पूर्वाधार आवश्यक पर्दछ । देशभर नै भरपर्दो प्रणालीको विकासका लागि प्राधिकरणले ठूलाठूला प्रसारण लाइन तथा सवस्टेशन निर्माण गरिरहेको छ । यसै क्रममा पछिल्ला ३ दिनमा मात्रै… पुरा पढौ

परियोजनाका काम द्रूत गतिमा अघि बढाउन एडीबीलाई मन्त्री झाँक्रीको आग्रह

काठमाडौं, ४ चैत । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एसियाली विकास बैंक (एडीबी) बाट हुने सहयोगका योजना द्रूत गतिमा अघि बढाउन आग्रह गरेकी छिन् । शुक्रबार मन्त्रालयमा एडीबीका प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले तोकिएको समयमा धेरै काम गर्नुपर्ने बताइन् । ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने कामहरू धेरै छन् । सकेसम्म सीमित अवधिमा पनि धेरै काम गरौँ भन्ने पक्षमा छौं,’ उनले भनिन्, ‘एडीबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस् हाम्रो चाहना छ ।’ मन्त्री झाँक्रीले राष्ट्रिय सहरी नीति परिमार्जन… पुरा पढौ

बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल भइरहेको छ : अर्थमन्त्री शर्मा

काठमाडौं, ४ चैत । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ५५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफूले पहल थालिरहेको बताए । ‘बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सीमा निर्धारण भई व्यवसायी अनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु,’ उनले भने, ‘राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशतभन्दा… पुरा पढौ

चन्द्रावती-ठूलो ढुंगा मोटरमार्ग : २ वर्षमा १२ प्रतिशत मात्र प्रगति

तनहुँ, ४ चैत । ठेक्का सम्झौता भएर काम नहुँदा अलपत्र बनेको तनहुँको भानु नगरपालिका–१३ स्थित चन्द्रावती ठूलो ढुंगा मोटरमार्गको प्रगति २ वर्षमा १२ प्रतिशत मात्रै भएको छ । विसं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको भौतिक प्रगति २ वर्षमा १२ प्रतिशत मात्रै छ । पूर्वाधार विकास कार्यालय तनहुँले मोटरमार्गको दस किमी खण्ड कालोपत्र, नाला निर्माण तथा ग्याबिन जाली भर्ने लगायतका कामका लागि काठमाडौंस्थित शंकरमाली कन्स्ट्रक्शनसँग सम्झौता गरेको थियो । निर्माण व्यवसायीको लापरबाहीका कारण मोटरमार्गको काम सुस्त रहेको स्थानीय… पुरा पढौ

‘फेवा नव वर्ष’ महोत्सव चैत ३० गतेदेखि, पर्यटन प्रवर्द्धनमा महोत्सवले सघाउने विश्वास

पोखरा, ४ चैत । होटल संघ पोखराले १७औं फेवा नव वर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको लेकसाइडस्थित अम्मटदेखि हल्लन चोकसम्मको सडकमा महोत्सव हुने भएको हो । कोभिड–१९ का कारण २ वर्षसम्म स्थगित महोत्सवलाई यसपटक सडकमा आयोजना गरी निरन्तरता दिन लागिएको संघले जनाएको छ । महोत्सवको प्रायोजक अन्नपूर्ण केवलकार रहेको छ भने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । २ दिने महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न संघका अध्यक्ष लक्ष्मण सुवेदीको संयोजकत्वमा विभिन्न… पुरा पढौ

अर्गानिक तरकारी खेतीमा आकर्षित हुँदै किसान

भोजपुर, ४ चैत । जिल्लाका किसान अर्ग्यानिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले उनीहरु तरकारी खेतीमा लागेका हुन् । बजारमा तराईलगायत बाहिरी जिल्लाबाट आउने विषादीयुक्त तरकारीको आयात बढेपछि किसानले अग्र्यानिक तरकारी उत्पादनमा जोड दिएका छन् । स्याउला तथा गाई–गोरुको मलमूत्रबाट तयार गरिएको कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी लगाउन उत्पादन गर्ने लक्ष्य रहेको अरुण गाउँपालिकाका कृषक शान्तिकुमार कार्कीले जानकारी दिइन् । कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्रविधिक सहयोगमा अरुण गाउँपालिकाका… पुरा पढौ

शुक्रबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य गिरावट

काठमाडौं, ४ चैत । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुनको भाउ बिहिबारकै कायम भई कारोबार भईरहेको छ । यसदिन छापावाला सुन तोलाको ९९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहिबार पनि छपावाला सुनको भाउ तोलाको ९९ हजार ८०० रुपैयाँ तोकिएको थियो । तेजाबी सुन तोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको । ।… पुरा पढौ