आर्थिक 📈

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं, ४ चैत । बिहीबारको तुलनामा आज शुक्रबार डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसामा झरेको हो । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३३ पैसा रहेको थियो । यस्तै आज यता युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३४ रुपैयाँ १८ पैसा रहेको छ भने पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ… पुरा पढौ

लाभांश पारित गर्न जीवन विकास लघुवित्तले बाेलायाे चैत २५ मा साधारण सभा

काठमाडौं, ४ चैत । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको प्रस्तावलाई पारित गर्न चैतको २५ गते साधारण सभा आव्हान गरेको छ । संस्थाको संचालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ७० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो । साथै कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद लाभांशसहित ७३.६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । लघुवित्तको प्रस्तावित सो लाभांश वितरण गर्नका लागि संस्थाको तेश्रो साधारण सभा केन्द्रिय कार्यालय, कटहरी मोरङमा बोलाईएको हो । साधारण सभा चैत २५ गते… पुरा पढौ

रु ६० लाख लागतमा रघुगङ्गामा सामूहिक आलुखेती विस्तार

बेनी, ४ चैत । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा सामूहिक आलुखेती विस्तार गरिएको छ । रघुगङ्गाको वडा नं १ बेग, वडा नं २ भगवती, वडा नं ५ झिँ, वडा नं ६ पाखापानी र वडा नं ८ कुइनेमङ्गलेका कृषक समूहलाई अनुदानमा बीउ, मल र प्राविधिक सहयोगमा सामूहिक आलुखेती विस्तार गरिएको छ । हरेक कृषक समूहले कम्तीमा २०० रोपनी जग्गामा लगाउने सम्झौतासहित पाँच ब्लक बनाएर गाउँपालिकाबाट सामूहिक आलुखेती कार्यक्रमलाई कार्यान्वयन गरिएको कृषि शाखा संयोजक सविना शर्माले जानकारी दिइन गाउँपालिकाको रु ३० लाख र कृषक… पुरा पढौ

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकलाई उद्योग संगठनको ४ सुझाव

काठमाडौं, ३ चैत । विश्व बजारको परिवर्तित अवस्थाले वैदेशिक कच्चापदार्थमा निर्भर स्वदेशी उत्पादनमूलक उद्योगले सामना गर्नुपरिरहेको आन्तरिक र बाह्य चुनौतीलाई मध्यनजर गरी तरलता प्रवाहको व्यवस्थापन तथा ब्याजदर नियन्त्रणका लागि जिल्ला उद्योग संगठनले नेपाल राष्ट्र बैंकलाई केही सुझाव दिएको छ । सुझावमा विद्यमान समयमा उत्पादनलाई निरन्तरता दिँदै बजारमा वस्तु आपूर्ति गर्दै आएका उद्योग व्यवसायले भोगिरहेको वित्तीय अभावलाई मध्यनजर गरी त्यस्ता उद्योग निरन्तर र दीर्घकालीन सञ्चालनका लागि तत्काल ५०० करोड पुनर्वितको व्यवस्था गर्नुपर्ने र कर्जा तथा निक्षेपको अनुपात कायम राख्नुपर्ने प्रावधान अविलम्ब… पुरा पढौ

आज विदेशी मुद्राको विनियमदर कति ?

\काठमाडौं, ३ चैत । नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रीदर १२२ रुपैयाँ ३३ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ८५ पैसा र विक्रीदर १३४ रुपैयाँ ५१ पैसा रहेको छ भने पाउन्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ ९९ पैसा र विक्रीदर १५९ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७ पैसा र बिक्रीदर… पुरा पढौ

भरतपुरका सहकारीलाई १७ लाखको सामग्री

चितवन, ३ चैत । भरतपुर महानगरपालिकाले रोजगारी सिर्जना तथा सहकारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत सहकारी संघ संस्थालाई अनुदानस्वरुप विभिन्न सामग्री हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सहकारीकर्मीलाई सामग्री हस्तान्तरण गरेकी हुन् । महानगरभित्रका ७ सहकारीलाई महानगरबाट अनुदानस्वरुप १७ लाख बराबरको सामग्री प्रदान गरेको हो । समाज उत्थान कृषि सहकारी संस्था भरतपुर–२१ र सर्वोद्धय बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–६ लाई ५/५ लाख बराबरका तोरी मिल प्रदान गरिएको छ । त्यस्तै भागिरथी दुग्ध उत्पादक सहकारी संस्थालाई २ लाखको… पुरा पढौ

बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, ३ चैत । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।स‌याेगले फागु पूर्णिमा पर्व परेको छ । नेपालीले विषेशगरी चाडपर्वको बेलामा आफ्नो गच्छेअनुसार गरगहना लगाउने चलन पनि रहेको छ । पहाडमा आज फागु पूर्णिमाको अवसरमा एकअर्कामा रंग, अविर लगाएर खुसि साटासाट गरिदैंछ । आजै थकाली समुदायले तोरन्लह मनाईरहेका छन् भने तराईमा विशेष होलि शुक्रबार मनाईने चलन रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागु पूर्णिमाको दिनमा छापावाला सुनमा रुपैयाँ ५०० र… पुरा पढौ

पोखरा फाइनान्सकाे २५ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

पोखरा, ३ चैत । पोखरा फाइनान्स लिमिटेडले आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ । पोखरा ९, न्यूरोड, कास्कीमा प्रधान कार्यलय रहेको यस वित्तीय संस्थाले २०५३ साल देखि आफ्नो बैंकिङ कारोबार शुभारम्भ गरेको थियो । नेपाल अधिराज्यभर सञ्चालित वित्तीय संस्थाहरु मध्ये पोखरा फाइनान्स लि. राष्ट्रिय स्तरको एक स्थापित पुरानो वित्तीय संस्थामा पर्दछ । स्थापनाकालको २५ औं वर्षसम्म आईपुग्दा संस्थाले ठुलो संख्यामा ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधा सहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वको कामहरुमा सहभागी भई सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिदै… पुरा पढौ

लेखनाथ महोत्सव : गर्मी र दर्शक बढ्दै, छैटौं दिनसम्म २ करोड ६५ लाख कारोबार

पाेखरा, २ चैत्र । केही दिन यता दिउँसो गर्मी बढ्दै जाँदा लेखनाथ महोत्सवमा भने दर्शकको रौनक बढ्दै गएको छ । ख्याती प्राप्त कलाकारबाट दैनिक सांस्कृतिक कार्यक्रम हुँदा गर्मिको वेवास्ता गर्दै दर्शकहरुको महोत्सव स्थलमा आकर्षण बढेको हो । दैनिक उपभोग्य बस्तु देखी बालबालिकाको लागि मनोरञ्जनका सामाग्री एवं रेष्टुरेण्टहरुका परिकारमा परिवारै झुम्मिएको देखिन्छ । दिनभरीको मनोरञ्जन पछि दर्शकहरु बेलुका घर फर्कदा लत्ता कपडा देखी ताजा तरकारी बोकेर फर्कने गरेका छन् । विगतका बर्षहरुमा अनुकुल समय मंसिर पौषमा हुने महोत्सव यसपटक कोभिड १९… पुरा पढौ

बेष्ट फाइनान्सकाे १५औं शाखा चितवनको नारायणगढमा

काठमाडौं, २ चैत । बेष्ट फाइनान्स कम्पनी लि.ले आफ्नो १५ औं शाखा चितवन जिल्लाको नारायणगढ, सहिदचोकमा विस्तार गरेको छ । फाइनान्सले आज चैत २ गते बुधवारबाट उक्त शाखाकाे औपचारिक शुभारम्भ गरेकाे हाे । चितवन जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठले फाइनान्सकाे उक्त शाखाकाे विधिवत रुपमा उद्घाटन गरेका हुन । शाखा शुभारम्भ कार्यक्रममा संस्थाका प्रमुख लगानीकर्ताहरु तथा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवम ग्राहक महानुभावहरुको उपस्थिति रहेको थियो । काठमाडौं कमलादीमा प्रधान कार्यालय रहेका एन आर एन द्धारा प्रबर्धित राष्ट्रिय… पुरा पढौ