आर्थिक 📈

हेटौँडा जोड्ने सडकलाई ५० करोड छुट्याउने बागमती प्रदेशको निर्णय

हेटौँडा, २७ फागुन । बागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित पिन्थलीबाट महाभारत गाउँपालिकाको घर्तीछाप, गोकुले हुँदै हेटौँडा जोड्ने सडकका लागि ५० करोड छुट्याउने निर्णय गरेको छ । प्रदेश राजधानी हेटौँडा जोडिने उक्त सडक स्तरोन्नतिका लागिमात्र २ अर्ब लाग्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ । जिल्लामा ‘अति दुर्गम तथा कर्णाली’को उपनाम पाएको डाँडापारी क्षेत्रस्थित उक्त सडक आयोजना क्रमागत बनाइ प्रदेश सरकार तथा संघीय सरकारबाट थप बजेट ल्याउने विषयमा छलफल अघि बढाउने महाभारत गाउँपालिकाको योजना छ । ६४ किलोमिटर लामो उक्त सडकको पिन्थलीतर्फबाट… पुरा पढौ

आयल निगमको कार्यकारी निर्देशकमा थानी नियुक्त

काठमाडौं, २७ फागुन । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा सुर्खेतका उमेशप्रसाद थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कार्यकारी निर्देशक छनोट समितिले सुर्खेत वीरेन्द्रनगरका थानीसहित गोरखाका चण्डिकाप्रसाद भट्ट र तेह्रथुमका जीवनप्रकाश सिटौलाको नाम कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । तीमध्ये मन्त्रिपरिषद बैठकले थानीलाई नियुक्त गर्ने निर्णय गरेको हो । थानी यसअघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र इन्जिनियरिङ परिषद्का रजिस्ट्रार… पुरा पढौ

ड्रागनखेतीमा पूर्वमन्त्री विष्टको दिनचर्या !

काठमाडौं, २७ फागुन । पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुन् । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त छन् । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउने मध्येका एक हुन् उनी । अहिले उनी तेस्रो चरणको ड्रागन फलको पर्खाइमा छन् । २ चरणको ड्रागनको फल भित्र्याएर उनले आम्दानी लिइसकेका छन् । विष्टले दाङमा आएर ड्रागन खेती गरेसँगै नयाँ अनुभव लिएका छन् । मन्त्री हुँदा जति उत्साह थियो, अहिले खेती–किसानी गर्दा पनि उत्तिकै रहेको उनी बताउँछन् । विष्ट… पुरा पढौ

फेरि उकालो लाग्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं, २७ फागुन । लगातार उकालो लागेपछि झर्न थालेको सुनको मूल्य फेरि बढेको छ । मंगलबारको तुलनामा बुधबार २५ सयले बढेर प्रतितोला १ लाख साढे ५ हजारमा कारोबार भएको सुनको मूल्य बिहीबार भने ३५ सय रुपैयाँ घटेको थियो । बिहीबार अघिल्लो दिनको तुलनामा ३५ सयले घटेर १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि सुनको मूल्य ६ सय रुपैयाँ बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।… पुरा पढौ

अपि पावरले पायो हकप्रद निष्काशनको अनुमति

काठमाडौं, २७ फागुन । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अपि पावर कम्पनीले हकप्रद निष्काशनको अनुमति पाएको छ । कम्पनीले १० बराबर ३.९३ अनुपातमा हकप्रद निष्काशन गर्न बिहीबार बोर्डबाट अनुमति पाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । पुरा पढौ

१७ औं लेखनाथ महोत्सव शुरु, परनिर्भरताले अर्थतन्त्रमा समस्या-अर्थमन्त्री शर्मा

पाेखरा, २७ फागुन । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले मुलुको अर्थतन्त्र सुदृढका लागि कृषि, पर्यटन र उर्जाको क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताएका छन् । १७ औं लेखनाथ महोत्सवको विहिबार लेखनाथमा उद्घाटन गर्दै, मन्त्री शर्माले आयातलाई प्रतिस्थापन गर्न कृर्षिमा आत्मनिर्भर, पर्यटनको प्रर्वद्धन र विकास एवं उर्जाको खपत बढाउनु पर्नेमा जोड दिए । मन्त्री शर्माले खाद्यान्न देखी विलासिताका बस्तुहरुको आयातमा मुलुकको ठुलो आर्थिक हिस्सा खर्चनु पर्दा विदेशी मुद्राको संचिती घटेको उल्लेख गर्दै, परनिर्भरता बढ्दै गएको बताए । कृर्षि उत्पादनमा आत्मनिर्भर हुन सके… पुरा पढौ

८ महिनाकाे पुँजीगत बजेट: कुन मन्त्रालयले कति गरे खर्च ?

काठमाडौं, २६ फागुन । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा करिब २० प्रतिशत मात्रै पुँजीगत बजेट खर्च भएको छ । अर्थमन्त्री जनार्दन शर्माले पटक-पटक ताकेता गर्दा पनि पुँजीगत खर्चको अवस्था सुधार नभएपछि बुधबार फेरि मन्त्री शर्माले विभिन्न मन्त्रालयसँग अन्तक्रिया गरे । विभिन्न मन्त्रालयलाई पुँजीगत बजेट खर्चमा जोड दिन निर्देशन पनि दिए । प्रत्येक मन्त्रालयले विकासे बजेट खर्च गरेर चालू आवमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न अर्थमन्त्री शर्माले निर्देशन दिएका हुन् । अर्थमन्त्रालयमा बुधबार गरिएको फागुन २५ गतेसम्मको खर्चको समिक्षाअनुसार गत… पुरा पढौ

सार्वजनिक खरिद नियमावली संशोधन गर्ने तयारी, अब ठेकेदारलाई बढीमा ५ ठेक्का

काठमाडौं, २६ फागुन । सरकारले सार्वजनिक खरिद नियमावलीलाई ११औं पटक संशोधन गर्ने भएको छ । आज बसिरहेको मन्त्रीपरिषद्ले नियमावलीलाई ११ औं पटक संशोधन गर्न लागेको हो । यसअघि अर्थमन्त्रालयले सार्वजनिक खरिद नियमावलीमा श्रम सहकारी घुसाएपछि को ११औं पटक संशोधन हुन सकेको थिएन । बिहीबार बसिरहेको मन्त्रिपरिषद्को बैठकले ११औं संशोधन पारित गर्ने जनाएको छ । अर्थमन्त्री शर्माले नै व्यवसायीहरूलाई फोन गरेर तपाइहरुको माग आजको मन्त्रीपरिषद्को बैठकले सम्बोधन गर्ने जानकारी गराइसकेका छन् । नियमावलीको ११औं संशोधन भएपछि एउटा निर्माण कम्पनीले १ पटकमा… पुरा पढौ

सेयर बजारमा सुधार : बिहीबार ५२ अंकले बढ्यो नेप्से, २ अर्ब ७९ करोडको कारोबार

काठमाडौं, २६ फागुन । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ५२.२१ अंकले बढेर २ हजार ५६६.७९ अंकमा प्रवेश गरेको छ । नेप्से सूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि उकालो लागेको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.२४ अंकले बढेर ४९३.४३ अंकमा उक्लेर कारोबार बन्द भएको हो । आज २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता सेयर २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० रुपैयाँमा किनबेच भएको छ… पुरा पढौ

पुँजीगत खर्च ९० प्रतिशत पुग्ने गरी बजेट परिचालन गर्न मातहतका निकायलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं, २६ फागुन । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले चालू आर्थिक वर्ष ०७८/७९ को पुँजीगत खर्च ९० प्रतिशत पुर्‍याउन निर्देशन दिएका छन् । पुँजीगत बजेट धेरै बिनियोजन भएका १० मन्त्रालयको २४ फागुनसम्मको बजेट समिक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले मध्यावधि समिक्षामार्फत् ९० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिएकाले सोहीअनुसार बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । ‘हाम्रो अहिलेको छलफलमा ८० प्रतिशतभन्दा बढी खर्च नहुने देखियो । जबकी बजेटको मध्यावधि समिक्षाले ९० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो,’… पुरा पढौ