आर्थिक 📈

ग्रिन भेन्चर्सले चैत ८ गतेदेखि ३१ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्दै

काठमाडौं, ३० फागुन । सेयरमा लगानी गर्न चाहिरहेका लगानीकर्ताहरुको लागि लगानी गर्ने अवसर आएको छ । ग्रीन भेन्चर्स लिमिटेडले चैतको ८ गतेबाट सर्वसाधारणका लागि सेयर निष्काशन गर्न लागेको छ । कम्पनीको प्रतिसेयर रुपैयाँ १०० मूल्य अंकित ३१ लाख २५ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याउन लागिएको छ । कुल सेयरमध्ये ९३ हजार ७५० कित्ता सेयर कर्मचारीको लागि छुट्याईएको छ । १ लाख ५६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषकालागि रहेको छ । बाँकी रहने २८ लाख ७५ हजार… पुरा पढौ

गुर्जामा नाचगान गरेर शिक्षकलाई तलब भत्ता जुटाइदै

म्याग्दी, ३० फागुन । धौलागिरि गाउँपालिका–१ गुर्जाका बासिन्दाले नाचगान गरेर शिक्षकको तलब भत्ता जुटाउने गरेका छन् । जनकल्याण माविका निजी स्रोतका शिक्षकको तलव र तल्लो तहको दरबन्दी भए पनि माथिल्लो तहमा अध्यापन गराउने शिक्षकको भत्ता नाचगान गरेर जुटाउने गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनराम छन्त्यालले गाउँमा विदेशबाट आउने ‘लाहुरे’लाई स्वागत, विवाह, छेवार, गुन्युचोली देखाउने, किरिया, चौरासी पुजामा नाचगान गरेर शिक्षकको तलवभत्ता जुटाउने गरिएको जानकारी दिए। “निजी स्रोतका शिक्षकको तलब भत्ताका लागि वार्षिक रु नौ लाख आवश्यक पर्छ”, उनले… पुरा पढौ

कसले कसलाई ठग्ने भन्ने प्रतिस्पर्धा चलिरहेको छ-आयुक्त चन्द

खोटाङ, ३० फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचार न्यूनीकरणमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । आयोगमा सीमित जनशक्ति रहेकाले सबै गाउँमा निगरानी गर्न असहज भइरहेको अवस्थामा सञ्चारकर्मीले प्रवाह गरेको समाचारले भ्रष्टाचारसम्बन्धी घटना अनुसन्धान गर्नमा आयोगलाई ठूलो मद्दत पुगेको स्मरण गरे । आयोगले खोटाङको दिक्तेलमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रियामा आयुक्त चन्दले भ्रष्टाचारले समाज आक्रान्त बन्दै गएको जानकारी दिए। “पत्रपत्रिकामा आएका समाचारको माध्यमबाट हामीले ठूला–ठूला अनुसन्धानहरू अगाडि बढाएका छौँ”, उनले भने, “हाम्रो आँखा… पुरा पढौ

समृद्धिका लागि निर्यातमूलक उत्पादन जरुरी : अध्यक्ष ओली

काठमाडौं, ३० फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक समृद्धिका लागि निर्यातमूलक उत्पादन प्रवद्र्धनमा ध्यान दिनुपर्ने खाँचो औँल्याएका छन् । एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले अर्थतन्त्रको वर्तमान अवस्थाबारे आयोजना गरेको अन्तरक्रियामा उनले आत्मनिर्भर अर्थतन्त्रको जगका रूपमा कृषि उत्पादनलाई बढोत्तरी गरेर अघि बढ्नुपर्नेमा जोड दिए। अध्यक्ष ओलीले आर्थिक समृद्धिका लागि भौतिक पूर्वाधार, कनेक्टिभिटी, मानव संसाधन विकास, डिजिटल नेपाल, ऊर्जा, कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा ध्यान दिनुपर्ने बताए । नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा सिफारिस… पुरा पढौ

लेखनाथ महोत्सवमा २ करोडको कारोबार, ७० हजारले गरे अवलोकन, १ हजार केजी माछा बिक्री

पाेखरा, २९ फागुन । लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सवमा आइतबारसम्म २ करोड रुपैयाको कारोबार भएको छ । महोत्सवको चौथोदिनसम्म आइपुग्दा ७० हजार दर्शकले अवलोकन गरेको प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए । महोत्सवमा आउने दर्शकहरु विभिन्न स्टलमा राखिएका सामाग्रीहरु खरिद गर्न झुम्मिने गरेका छन् । खानाका विभिन्न परिकारका लागि रेष्टुरेण्ट र बालबालिकाको मनोरञ्जनका सामाग्रीहरुमा समेत दर्शकहरुको चाप देखिने गरेको छ । महोत्सवमा स्थानीय उत्पादन तर्फ दैनिक दुई सय केजी माछा विक्री भएको कृषी उपसमितिका संयोजक दयाराम… पुरा पढौ

नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २९ फागुन । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभामा कम्पनी अध्यक्षले कोभिड–१९ को प्रकोप यथावत रहेता पनि प्रतिष्पर्धात्मक बजार एवं नियामकीय प्रयासहरु साथै बिमितको आवश्यकता अनुसारको उच्च गुणस्तरीय बिमा योजनाहरुले गर्दा जीवन बिमा बजारको लागि राम्रो आधार सिर्जना भएको बताइन् । नेपालको बिमा बजारमा आउने दिनहरुमा जोखिम सुरक्षा गर्ने बिमा योजनाहरुको बढी मांग हुने आकलन गर्दै आर्थिक समावेशी एवं वित्तीय साक्षरतामा… पुरा पढौ

२१४ अर्ब नाघ्यो सहुलियतपूर्ण कर्जा, पुनर्कर्जामा १५३ अर्ब लगानी

काठमाडौं, २९ फागुन । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जामा १ खर्ब ५३ अर्बभन्दा बढी लगानी पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा चालू आर्थिक वर्षको माघ मसान्तमा पुनर्कर्जामा लगानी १ खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ पुगेको हो भने सहुलियतपूर्ण कर्जा १ लाख ४२ हजार ३४४ ऋणीलाई २ खर्ब १४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ५८ हजार २६९ ऋणीलाई… पुरा पढौ

१० हजार जनसंख्या भएका स्थानीय तहले पौने ३ करोड अनुदान पाउने

काठमाडौं, २९ फागुन । सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी थालेसँगै संवैधानिक आयोग प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न सूचकका आधारमा प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदानको सीमा तय गरेको छ । आयोगले शुक्रबार मात्रै तथ्य र सूत्रका आधारमा समानीकरण अनुदानको सीमा तय गरेको हो । उक्त अनुदानको सिफारिसका लागि मानव विकास सूचकाङ्क, आर्थिक सामाजिक असमानता, पूर्वाधारको अवस्था, राजस्वको अवस्था र खर्चको आवश्यकता तथा राजस्व उठाउन सक्ने क्षमता गरी ५ वटा शीर्षक तय गरी मूल्यांकन गरिएको छ ।… पुरा पढौ

अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिन राखिएको हो : अर्थमन्त्री शर्मा

काठमाडौं, २९ फागुन । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । आइतबार बिहान भन्सार विभाग त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाईले भन्सार अशुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए । ‘देशको अर्थतन्त्र यतिबेला चुनौतूर्ण अवस्थामा छ । यसलाई समाधान गर्न हामीले केही बस्तुको आयातमा मार्जिन राखेका छौं,’ उनले भने, ‘यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ । तर, यो सधैंका लागि राखिएको… पुरा पढौ

सेयर बजारमा छायो हरियाली, ४ अर्ब ८७ करोडको कारोबार

काठमाडौं, २९ फागुन । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक २७०० विन्दु नजिक पुगेको छ । सेन्सेटिक इण्डेक्स ५१० विन्दुको नजिकमा पुगेको छ । नेप्सेमा हरियाली छाएसंगै कारोबारमा सामान्य सुधार आएको छ । नेप्सेमा देखिएको सकारात्मक लयको कारण लगानीकर्तामा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०१.०७ अंकले बढेर २६६७.९७ विन्दुमा उक्लिएको छ । नेप्से ३.९४ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स १६.३७ अंकले बढेर ५०९.९० विन्दुमा रहेको छ… पुरा पढौ