आर्थिक 📈

बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, २९ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार आज नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य रुपले बढेको छ । यसदिन छपावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ तोलामा रुपैयाँ २०० ले बढेर प्रतितोला १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाला सुनको भाउ तोलाको रुपैयाँ १ लाख २ हजार ६०० निर्धारण गरिएको थियो । तेजाबी सुन तोलाको रुपैयाँ १… पुरा पढौ

राष्ट्रिय सहकारी कर्मचारी संघको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं, २९ फागुन । पेशागत महासंघ नेपालमा आवद्ध घटक राष्ट्रिय सहकारी कर्मचारी संघ नेपालको अध्यक्षमा भरतकुमार श्रेष्ठ चयन भएका छन् । काठमाडौंमा सम्पन्न भएको सहकारी कर्मचारीको बृहत् भेलाले श्रेष्ठको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो । नवगठित समितिको उपाध्यक्षमा धनबहादुर खत्री, राधा कडरिया र प्रशान्त जिसी चयन भए भने महासचिवमा गङ्गाप्रसाद रिजाल, उपमहासचिवमा पुरुषोत्तम श्रेष्ठ, सचिवमा मनिषा लम्साल र कोषाध्यक्षमा तुलसीराम थापा चयन भए। कार्यक्रमका प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य तथा पेशागत महासङ्घ नेपालका संयोजक प्रेमलकुमार… पुरा पढौ

लेखनाथ महोत्सवमा एकैदिन २५ हजारले गरे अवलोकन, ५० लाखको कारोबार

पाेखरा,२८ फागुन। महाेत्सवकाे पनि महाेत्सव मानिने लेखनाथमा जारी १७औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार दर्शकहरुको उल्लेख्य सहभागिता रहेको छ । शनिबार विदाको दिन परेकाले दर्शकहरुको घुमफिर र रोजाईमा लेखनाथ महोत्सव परेको हो । शनिवार मात्रै झण्डै २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको प्रचार प्रसार उपसमितिका संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिए । महोत्सवमा शनिबार करिव ५० लाख रुपैयाको कारोबार भएको बास्तोलाले वताए । शनिवाबार दर्शकहरुको चाप अधिक रह्यो, सवै स्टलहरुमा कारोबार राम्रो भएको पायौ प्रचार संयोजक बास्तोलाले भने, “कारोबारले स्टलवाला र मनोरञ्जनले… पुरा पढौ

चालू आर्थिक वर्षको पहिलो ७ महिनामा १२ अर्ब ४६ करोड बढीकाे धान आयात

काठमाडौं, २८ फागुन । चालू आर्थिक वर्षको पहिलो सात महिनामा रु १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ । सो अवधिमा बङ्गलादेशबाट रु १४ हजार मूल्य बराबरका १६ केजी र भारतबाट रु तीन करोड २१ लाख ५२ हजार मूल्य बराबरका ११ लाख तीन केजी विभिन्न जातका धानका बीउ आयात भएको छ । केही वर्षदेखि लगातार चामल, धान र धानका बीउको आयात बढ्दै गएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख… पुरा पढौ

पेट्रोलियम पदार्थको आयात धान्न गाह्रो हुँदैछ, विद्युतीय उपकरण प्रयोग गरौं : ऊर्जामन्त्री भुसाल

ललितपुर, २८ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गरेकी छन् । ललितपुरमा आज आयोजित एक कार्यक्रममा उनले विगतको तुलनामा विद्युत् सस्तो भएको र खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेकाले आफ्नै देशको कच्चा पदार्थबाट उत्पादित ऊर्जा प्रयोग गर्न आग्रह गरिन्। ग्यासको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्ने नीतिअनुसार आफूले विद्युत्को महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, “यहाँहरूलाई मेरो विशेष अपिल… पुरा पढौ

विप्रेषण आप्रवाहमा ४.९ प्रतिशतले कमी, रु पाँच खर्ब ४० अर्ब १२ करोड कायम

काठमाडौं, २८ फागुन । देशभित्र रोजगारीको अवसर नपाएपछि दुई लाख बढी नेपाली नागरिक विदेशिएका छन् । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा बढेको पाइएको हो । एक विवरणअनुसार गत माघ मसान्तसम्म कूल दुई लाख १०२ नेपाली रोजगारीको खोजीमा विदेशिएका हुन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८५.४ प्रतिशतले घटेको थियो । गत माघ मसान्तसम्मको विवरणअनुसार एक लाख ५२ हजार ३२५ जनाले पुनःश्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीका लागि पुनःश्रम… पुरा पढौ

७ अर्ब ४३ करोड असुल उपरको माग गर्दै बोटलर्स नेपालविरुद्ध मुद्दा दायर

काठमाडौं, २७ फागुन । राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८२२ असुलउपर गराउन माग गर्दै आज मुद्दा दायर गरेको हो । यहाँस्थित बालाजु औद्योगिक क्षेत्रस्थित बोटलर्स नेपाल लिमिटेडका सञ्चालक, प्रबन्ध निर्देशक, आर्थिक कारोबार लेखा परीक्षणको मुख्य जिम्मेवारीमा रहेका १७ जनालाई प्रतिवादी कायम गरी दायर गरिएको मुद्दामा विभागले अभियुक्तहरूबाट ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ राजस्व चुहावट गरेकाले निजहरूबाट त्यति नै… पुरा पढौ

वैदेशिक व्यापार : निर्यातमा ८८.३ प्रतिशतले वृद्धि

काठमाडौं, २७ फागुन । नेपालको वैदेशिक व्यापारमा गतको वर्षको तुलनामा निर्यातमा निकै सुधार भएको छ । चालू आर्थिक वर्ष ०७८/७९ को ७ महिनामा कुल वस्तु निर्यात ८८.३ प्रतिशतले वृद्धि भई १ खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँको वस्तु निर्यात भएको हाे । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको ७ महिनाको तथ्यांकअनुसार गत आवको सोही अवधीमा निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११३ प्रतिशत र २७.७ प्रतिशतले वृद्धि भएको छ… पुरा पढौ

जाल्पा सामुदायिक लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, २७ फागुन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण गर्न सम्झौता भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको हो । सम्झौतापत्रमा जाल्पाको तर्फबाट बीरबहादुर अधिकारी र नेप्सेको तर्फबाट सीइओ कृष्णबहादुर कार्कीले हस्ताक्षर गरेका छन् । लघुवित्तले माघ २१ देखि २५ गतेसम्म निष्काशन गरेको आइपीओको बाँडफाँट फागुन १ गते गरेको छ । आइपीओ सेयरधनीहरुको हितग्राही खातामा जम्मा भइसकेको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । पुरा पढौ

फेरि बढ्यो कुखुराको मासुको मूल्य

काठमाडौं, २७ फागुन । ब्रोइलर कुखुरा उत्पादकहरुले १ सातामै २ पटक कुखुराको मासुको मूल्य बढाएका छन् । गत सोमबार किलोमा १० रुपैयाँले बढाएर प्रतिकिलो २९० रुपैयाँ पुर्‍याइएको जिउँदो ब्रोइलर कुखुराको मूल्य शुक्रबारदेखि पुनः बढेको हो । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघकाअनुसार शुक्रबारबाट जिउँदो ब्रोइलर कुखराको प्रतिकिलो कोल्ड स्टोर मूल्य ३०० सय रुपैयाँ पुगेको छ । सोमबार २८० बाट २९० रुपैयाँ पुगेको कुखुराको मासुको मूल्य शुक्रबार ९० बाट १० रुपैयाँ बढेर ३०० रुपैयाँ पुगेको हो । बजारमा कुखुरा अभाव भएपछि… पुरा पढौ