आर्थिक 📈

निर्माण भएको ६० वर्षपछि बलेवा विमानस्थलमा कालोपत्रे, चैतभित्र हस्तान्तरण हुने

काठमाडौं, २५ फागुन । निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् । ३ वर्षअघि देखि निर्माण थाले पनि कोरोना संक्रमणले रोकिएको काम अहिले पूरा भएको हो । चैत मसान्तभित्र काम सकेर हस्तान्तरणको तयारी छ । बागलुङ नगरपालिका–१४ को बलेवामा निर्माणाधीन विमानस्थल चैत मसान्तभित्र रङ्गरोगन सकेर प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी भएको सो आयोजनाका इन्चार्ज वासु थापाले जानकारी दिए । यो विमानस्थलमा… पुरा पढौ

सेयर बजार राताम्मै, कारोबारमा नेपाल टेलिकम अब्बल

काठमाडौं, २५ फागुन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार राताम्मै भएको छ । रुस तथा युक्रेनबीच भईरहेको युद्धको कारण विश्व अर्थतन्त्रमा त्यसको नकारात्मक असर परिरहेको छ । सेयर बजार सकारात्मक बाटोमा नगएपछि लगानीकर्तामा निरासा छाएको छ भने उनीहरु अब पर्ख र हेरको अवस्थामा पुग्न थालेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३०.२९ अंकले घटेको छ । यसरी घटेको नेप्से २५१४.६५ विन्दुमा पुगेको छ । नेप्सेमा १.१९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इन्डेक्स ५.४६ अंकले… पुरा पढौ

अर्थतन्त्रमा सुधार ल्याउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने विज्ञकाे सुझाव

विराटनगर, २५ फागुन । मोरङ व्यापार सङ्घले अर्थतन्त्रको विद्यमान अवस्था, कारण र समाधानका विषयमा सरोकारवालाबीच आज छलफल गरेको छ । अर्थतन्त्रमा परिरहेको आर्थिक चाप, शोधनान्तर घाटा, तरलता अभावलगायतले मुलुकको आर्थिक अवस्था सङ्कटग्रस्त भइरहेको उल्लेख गर्दै उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनका लागि सरकारले प्रभावकारी कदम चाल्र्न आवश्यकता औँल्याए । छलफलमा अर्थशास्त्री डा भेषप्रसाद धमलाले निरन्तर घटिरहेको विदेशी विनिमय सञ्चिति, बढ्दो शोधनान्तर घाटा, घट्दो रेमिट्यान्स, तरलता अभाव र व्यापार घाटालगायत विषयमा तत्काल सुधार ल्यानुपर्नेमा जोड दिए । “अहिलेको अवस्थामा अर्थतन्त्रलाई… पुरा पढौ

हिमालयन रिले कमायाे १२ कराेड ४७ लाख खुद नाफा

काठमाडौं, २५ फागुन । हिमालयन रिइन्स्योरेन्स कम्पनीले यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आउँदा खुद नाफा कमाउन सफल भएको छ । इन्स्योरेन्सको सार्वजनिक भएको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पौषको अन्तिमसम्म कम्पनीले १२ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो । यस आर्थिक वर्षको पौषको अन्तिमसम्म कम्पनीले उन्तिस करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क उठाएको छ । लगानी, कर्जालगायतको आयबाट ८७ लाख ८८ हजार रुपैयाँ कमाएको उल्लेख छ । कम्पनीले ३० लाख २९ हजार रुपैयाँ दावि भुक्तानी… पुरा पढौ

मेलम्ची बाढी प्रभावित क्षेत्रका लागि ४ करोड रकम विनियोजन

सिन्धुपाल्चोक, २५ फागुन । गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा ४ करोड रकम विनियोजन गरेको छ । भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले ३१ योजनासहित तत्काल रु चार करोड रकम स्वीकृत गरेको हो । पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म ३१ योजनाका लागि रु चार करोड तत्काललाई विनियोजन गरे पनि बाँकी रु सात करोड रकम पनि यही आर्थिक वर्ष २०७८÷७९ मा स्वीकृत भई कार्यान्वयनमा… पुरा पढौ

प्रि ओपन सेसनमा नेप्से परिसूचक २.५३ अंकले घट्यो

काठमाडौं, २५ फागुन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार आज प्रि ओपन सेसनमा नेप्से परिसूचक २.५३ अंकले घटेको छ । सोमबार १.५५ अंकले बढेर २५४४.९४ विन्दुमा पुगेर बजार बन्द भएको थियो । आज प्रि ओपन सेससनमा नेप्से २.३ अंकले घटेर २५४२.४२ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स १.८६ विन्दुमा रहेको छ । आजको प्रि ओपन सेसनमा १० लाख तेह्र हजार ६७० रुपैयाँ बराबरको कारोबार भएको छ । १ हजार २८६ कित्ता सेयरको खरिदबिक्री भएको छ । पुरा पढौ

२५०० ले बढ्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौं, २५ फागुन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार आज नेपाली बजारमा सुनचाँदीको भाउ अझैं उकालो लागेको छ । छापावाला सुनको भाउ यसदिन ताेलामा रुपैयाँ २ हजार ५०० बढेको छ भने चाँदीमा रुपैयाँ ४० ले बृद्धि भएको छ । विषेशगरि रसिया र यूक्रेनबीच युद्ध शुरू भएपछि त्यसकाे प्रभाव अन्तराष्ट्रिय बजारमा परेकाे देखिएकाे छ । सुनचाँदीको भाउ आकाशिन थालेको र एक लाखभन्दा माथि पुगेको हो साेहि अवधिबाट हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनको भाउ तोलामा रुपैयाँ… पुरा पढौ

कारबाहीकाे चेतावनीपछि क्यासिनोबाट उठ्याे ८७ करोड रोयल्टी

काठमाडाैं, २५ फागुन । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आजसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८७ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिएका छन् । उनले भने, “रोयल्टी नतिर्ने क्यासिनोलाई कारबाही गर्ने निर्देशन भएसँगै नतिरेकाले पनि तिर्न थालेका छन् ।” मन्त्री आलेले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका पर्यटन विभागले जनाएको… पुरा पढौ

डोल्पामा असारभित्रै केन्द्रीय प्रसारण लाइन !

काठमाडौं, २४ फागुन । डोल्पा पनि अब केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । विद्युतीकरण नभएका कर्णालीको डोल्पामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुतगतिले अगाडि बढेको हो । चालू आर्थिक वर्षको असार महिनाभित्र डोल्पामा केन्द्रीय प्रसारण लाइन पुर्‍याउने लक्ष्य लिएको बताइएको छ । प्रसारण लाइन विस्तार गर्ने जिम्मेवारी लिएको सताग्री निर्माण सेवाले विगत ३ वर्षसम्म काम नगरेपछि विद्युत् प्रसारण लाइनको काम रोकिएको थियो । निर्माण व्यवसायीलाई छिटो काम गर्न अन्तिम अल्टिमेटम दिएको र काम नगरे विकल्पसमेत खोज्ने तयारी भएपछि डोल्पामा… पुरा पढौ

लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं, २४ फागुन । एनएलजी इन्स्योरेन्सले चैत १७ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । सोमबार बसेको इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको बैठकले १६ औँ वार्षिक साधारण सभा चैत १७ गते बिहान साढे १० बजे आम्रपाली ब्याङ्केट बालुवाटारमा बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी १ अर्ब २० करोड ६० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १२ करोड ६ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत अर्थात ६३ लाख ४७ हजार रुपैयाँ नगद गरी कूल १०‍.५३… पुरा पढौ