आर्थिक 📈

चैतभित्रै १५ करोडको लिफ्ट खानेपानी निर्माण

काठमाडौं, २६ फागुन । झण्डै १५ करोड रुपैयाँको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ । जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा रहेको फलेवास नगरपालिका–३ शंकरपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन लमायखोला बृहत् लिफ्ट खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सम्पन्न गर्न मन्त्रालयले ताकेता गरेको हो । ३ वर्षसम्म पनि आयोजनाको काम नसकिएपछि बुधबार अनुगमनमा आएका मन्त्रालयका सचिव रामकुमार श्रेष्ठले आयोजनाको काममा बजेट अभाव नहुने तर उपभोक्ता… पुरा पढौ

लगानी बोर्ड आफैंले पुँजी जुटाएर ठूला परियोजना निर्माण गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, २६ फागुन । अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैंले पुँजी निर्माण गरी ठूलो परियोजना अघि बढाउन निर्देशन दिएका छन् । बुधबार दिउँसो बोर्डअन्तर्गत अनुगमन तथा सहजीकरण समितिको सातौं बैठकमा सहभागी हुँदै मन्त्री शर्माले लगानी बोर्ड पुँजी निर्माणमा अघि बढे मन्त्रालयले आवश्यक सहयोग गर्ने पनि बनाए । ‘बोर्डको कार्य प्रकृति कस्तो छ भने कोही आउँला र उसले भने अनुसारको काम गरिदिउँला भनेर पर्खेर बस्ने किसिमको छ । अब सधैं यसरी मात्रै चल्दैन,’ उनले भने, ‘लगाानी बोर्ड आफैंले पुँजी निर्माण गरी… पुरा पढौ

प्रि-ओपन सेसनमा साढे २ अंक घट्यो नेप्से

काठमाडौं, २६ फागुन । साताको अन्तिम कारोबार दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधबार ३०.३६ अंक घटेर २ हजार ५१४.५८ बिन्दुमा बन्द भएको नेप्से आज प्रि सेसनमा २.५५ अंक घटेर २ हजार ५१२.०४ बिन्दुमा झरेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०५ अंक घटेको छ । बिहीबार प्रि-ओपन सेसनमा ५ स्टकको १३ लाख ४० हजार ९५९ रुपैयाँ ५० पैसा बराबरको १ हजार २७० कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये १… पुरा पढौ

३५०० ले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं, २६ फागुन । अघिल्लो दिन रुपैयाँ २ हजार ५०० ले बढेर कारोबार भएको सुनको भाउ आज भने रुपैयाँ ३ हजार ५०० ले घटेको छ । चाँदीको भाउ पनि तोलामा रुपैयाँ ४५ ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार आज नेपाली बजारमा छपावाला सुन रुपैयाँ ३ हजार ५०० ले घटेर तोलाको रुपैयाँ १ लाख २००० मा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार छपावाला सुन तोलाको रुपैयाँ १ लाख ५ हजार… पुरा पढौ

बलेफी हाइड्रोपावरको सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २६ फागुन । बलेफी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ । कम्पनीले माघ २७ गतेबाट आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर बिक्रीमा ल्याएको थियो । प्रतिसेयर रुपैयाँ १०० मूल्य अंकित दरका १८ लाख २७ हजा। ९७० कित्ता सेयर निष्काशन गरिएको थियो । सो सेयरमध्ये १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्रका जनताको लागि रहेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २, ३, ४ का स्थानियको लागि १० लाख ९६… पुरा पढौ

१७ औं लेखनाथ महोत्सव आजदेखि सुरु हुँदै, रु १० करोडको कारोबार हुने अपेक्षा

पाेखरा २६ फागुन । लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा संचालन हुने १७ औं संस्करणको लेखनाथ महोत्सव २०७८ आजदेखि सुरु हुँदैछ । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए । महोत्सव लेखनाथको संस्कृती, स्थानीय उत्पादन विकास र संमृद्धि भन्ने नाराका साथ आयोजित महोत्सवमा विभिन्न बस्तु तथा उत्पादनका गरी तीन सय स्टल राखिएको छ । प्रदर्शनी एवं विक्रीका लागि स्टलमा व्यवसायीहरुले सामान राख्ने काम सकिएको बताउँदै अध्यक्ष आत्रेयले महोत्सवको उद्घाटनको… पुरा पढौ

म्याग्दे गाउँपालिकाद्वारा स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई प्रोत्साहन रकम वितरण

दमौली, २६ फागुन । तनहुँको म्याग्दे गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ । घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत महिलालाई प्रोत्साहन रकम वितरण गरेको हो । गाउँपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा सत्केरी गराएका ५० जनालाई रु तीन हजारका दरले पोषण भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन । गत दशैँदेखि यता स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई रकम वितरण गरिएको रानाले… पुरा पढौ

काठमाडौं सुनचाँदी व्यवसायी संघको साधारण सभाको तयारी पूरा

काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघको १९ औं साधारण सभाको तयारी पूरा भएको छ । शनिवार काठमाडौंको गैरिधारास्थित एलिस स्टेशनमा हुने साधारण सभाको तयारी पूरा भएको संयोजक रमेशमान शाक्यले जानकारी दिए । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले उद्घाटन गर्ने साधारण सभामा दिउँसो ३ बजेबाट सुरु हुने काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुरेश शाक्यले बताए । अध्यक्ष शाक्यका अनुसार साधारण सभाको तयारीका लागि सम्पूर्ण तयारी भइसकेको छ । साधारण सभाका लागि अतिथिहरुलाई निमन्त्रणा तथा बन्दशत्रको तयारीसमेत भइसकेको संघकी सचिव… पुरा पढौ

एफसीएएनमा बढ्यो चुनावी सरगर्मी, अध्यक्षमा ५ जना आकांक्षी

काठमाडौं, २५ फागुन । नेपाल निर्माण व्यवसायी महासंघ (एफसीएएन) को अध्यक्षका लागि ५ जना आकांक्षी देखिएका छन् ।नयाँ नेतृत्वका लागि हुने चुनावमा अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष रमेश शर्मा, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, पूर्व महासचिव रामशरण देउजा र व्यवसायी हुमनाथ कोइरालाले उम्मेदवारी दिने तयारीमा छन् । महासंघका अनुसार अहिलेसम्म प्यानल भने कसैले पनि बनाएका छैनन् । शुक्रबार काठमाडौंमा सुरु हुने २३औं साधारणसभा तथा १२औं अधिवेशनमा महासंघका ७ वटै प्रदेश र ७७ वटै जिल्लाबाट आउने प्रतिनिधिले केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्नेछन्… पुरा पढौ

सोमबारदेखि नेपाल एयरलाइन्सको काठमाडौं-दिल्ली रुटमा दैनिक २ उडान हुने

२५ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौं-दिल्ली रुटमा अब दैनिक २ उडान गर्ने भएको छ । भारत सरकारले भारतमा सबै प्रकारका व्यवसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीका लागि दैनिक २ उडान गर्ने भएको हो । नेपाल वायुसेवा निगमका अनुसार १४ मार्च (३० फागुन) बाट यो रुटमा दैनिक २ उडान हुनेछ । अहिले यस रुटमा निगमले दैनिक एक उडान गरिरहेको छ । अहिले भारतबाट भिस्तारा एयर, इण्डिगो एयर र एयर इण्डियाले नियमित उडान गरिरहेका छन् ।… पुरा पढौ