आर्थिक 📈

भूगर्भ विभागका महानिर्देशकसहित १८ बिरुद्ध मुद्दा दायर

काठमाडौं, १२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा खानिजन्य सामग्रीमा चरम भ्रष्टाचार गरेको अभियोगमा खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनाबिरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । खानी तथा भूगर्भ विभागका तत्कालीन उपमहानिर्देशक एवम् हालका महानिर्देशक रामप्रसाद घिमिरेको नेतृत्वमा गठित तीन सदस्यीय समितिले विभिन्न नौ वटा सिमेन्ट उद्योगले खानी दोहन गरी उत्खनन् अनुमतिमा तोकिएको भन्दा बढी चुनढुङ्गा निकालेको भन्ने विषयमा भएको छानबिनअनुसार रु एक अर्ब २६ करोड १९ लाख ४८ हजार क्षतिपूर्ति उठाउनुपर्नेमा छुट दिइएको पाइएको… पुरा पढौ

जापान सरकारले दिने अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, १२ माघ । सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने दुई अर्ब ६१ करोड रुपैयाँको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही माघ १० गतेको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने स्वीकृति दिने निर्णय गरेको पनि जानकारी दिए । मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न प्रसारण लाइन तथा सवस्टेसन आयोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने… पुरा पढौ

एउटै गाउँबाट १ करोडभन्दा बढीको सुन्तला बिक्री

काठमाडौं, १२ माघ । स्याङ्जामा एउटै गाउँबाट यस पटक १ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसा गाउँका किसानले यसपटक सुन्तला बिक्रीबाट एक करोड २५ लाखभन्दा बढी आम्दानी गाउँमा भित्र्याएका हुन् । सिरौंसाको नवदुर्गा फलफूल तथा कृषि समूहमा आबद्ध किसानहरुको मुख्य आम्दानीको स्रोत नै सुन्तला खेती भएको समूहका संयोजक भूपराज भण्डारीले बताए । सिरौंसा गाउँमा सुन्तला खेती गर्ने किसानहरु दुईवटा समूहमा आबद्ध रहेका छन् । दुईवटा समूहमा गरेर ६२ घरधुरी समावेश छन् । ‘गत वर्षको तुलनामा… पुरा पढौ

धौलागिरी लघुवित्तको आइपीओ आउँदै, विक्री प्रवन्धकमा सनराइज क्यापिटल नियुक्त

काठमाडौं, १२ माघ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड बागलुङले ३ लाख कित्ता साधारण सेयर निष्काशन गर्न सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ बीच सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौंमा बुधबार द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरेको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड २०७५ फागुन १ देखि वित्तीय कारोबार गर्दै… पुरा पढौ

जलेश्वर भन्सारकाे लक्ष्यभन्दा ९२ प्रतिशत बढी राजस्व संकलन

महोत्तरी, १२ माघ । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एक अर्ब ५७ करोड १६ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा १९१.९० प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले ८१ करोड ८९ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत एवं सूचना अधिकारी दिव्यरञ्जन दाहालले जानकारी दिए । कार्यालयले गत साउन महिनामा सबैभन्दा बढी १२१ प्रतिशत र गत पुसमा सबैभन्दा कम ६६ प्रतिशत लक्ष्यको तुलनामा बढी राजस्व… पुरा पढौ

बढयो सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं, १२ माघ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा रुपैयाँ ४०० ले बृद्धि भएको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ४०० ले बृद्धि भएर प्रतिताेला ९४ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाला सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको थियो । तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९३ हजार… पुरा पढौ

खेत मासेर रिसोर्ट !

तनहुँ, १२ माघ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी बकबहादुर गुरुङले म्याग्दे गाउँपालिका–६ स्थित भुलभुलेमा ठूलो रकम खर्चेर रिसोर्ट निर्माण गरेका हुन् । सिंगापुरे सिपाहीबाट अवकाश लिएका गुरुङले करिब साढे चार करोड रुपैयाँ खर्च गरी सिंह भिलेज रिसोर्ट प्रालि निर्माण गर्न लागेको हुन् । पृथ्वीराजमार्गसँगै जोडिएको खेत देख्दा रहर लागेर किनेँ तर खेत रोप्न पानीको सुविधा नभएपछि विकल्पका रूपमा रिसोर्ट बनाउन लागिएको गुरुङले बताए । उनले भने, ‘राजमार्गसँगै जोडिएको जग्गा भएकाले केही गरौं… पुरा पढौ

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १२ माघ । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले पुस ७ गतेबाट हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । बैंकले अहिले कायम भएको १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो । बैंकले १०० रुपैयाँ अंकित दरको १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्रीमा ल्याएको हो । बैंकले सेयर निष्काशनको लागि… पुरा पढौ

यातायात कार्यालयद्वारा रु २९ करोड बढी राजस्व सङ्कलन

जनकपुर, १२ माघ । यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले चालु आर्थिक २०७८, ७९ को ६ महिनामा रु २८ करोड ९३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आवको साउनदेखि पुस महिनासम्ममा सो राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए। चालु आवको ६ महिनामा सवारी करबाट रु २० करोड १३ लाख ६८ हजार, सवारी चालक अनुमतिपत्र वितरणबाट रु आठ करोड ५५ लाख ६४ हजार तथा आयकर दस्तुरबाट रु… पुरा पढौ

हुम्लामा दैनिक १८ घण्टा विद्युत् भार कटौती

सिमकोट, ११ माघ । हुम्लाको २ वटा गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम साना जलविद्युत् आयोजनाले दैनिक १८ घण्टाभन्दा बढी विद्युत् भार कटौती गर्दै आएको छ । लामो समयसम्म विद्युत् भार कटौतीको मारमा पर्दै आएका यहाँका नागरिकलाई विद्युत् नियमित नहुँदा दैनिक जीवन यापनमा समस्या झेल्नुपरेको छ । ५ सय किलोवाट क्षमताको उक्त आयोजनाले हिउँदका समयमा पानीको अभाव देखाउदैँ सिमकोटमा लामो सयमसम्म विद्युत् भार कटौती गर्दै आएको हो । दिनमा १८ भन्दा बढी विद्युत् भार कटौती हुन थालेपछि यहाँका स्थानीय विरोध पनि… पुरा पढौ