आर्थिक 📈

कालिञ्चोक दर्शनको आइपीओ आउँदै, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ नियुक्त

काठमाडौं, १३ माघ । कालिञ्चोक दर्शन लिमिटेडको १२ लाख कित्ता साधारण सेयर (आइपीओ) आउने भएको छ । आयोजना प्रभावित क्षेत्रसहित १२ लाख कित्ता आइपीओ आउन लागेको हो । साधारण सेयर निष्काशन गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । उक्त कार्यको लागि कालिञ्चोक दर्शन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले सहमति पत्रमा हस्ताक्षर गरे । पुरा पढौ

‘एनआइबीएल समृद्धि फण्ड-१’ को स्वामित्वमा रहेको साधारण सेयर र ऋणपत्र बिक्री खुला

काठमाडौं, १३ माघ । एनआइबीएल एस क्यापिटल लिमिटेडले एनआइबीएल समृद्धि फण्ड-१ को स्वामित्वमा रहेको साधारण सेयर र ऋणपत्र लिलाम बढाबढमा बिक्री गर्ने भएको छ । बिहीबारदेखि एनआइबीएल समृद्धि फण्ड-१ को स्वामित्वमा रहेको १ सय र १ हजार मूल्यका साधारण सेयर तथा ऋणपत्रको लिलाम बढाबढबाट बिक्री खुला गरेको हो । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक र एनआइबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआइबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको पहिलो सामुहिक लगानी योजना, एनआइबीएल समृद्धि फण्ड -१ पुस २२… पुरा पढौ

रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा राकेश पोखरेल नियुक्त

काठमाडौं, १३ माघ । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा राकेश पोखरेल नियुक्त भएका छन् । कम्पनीको पुस १४ गते बसेको ९८ औं बैडकले पोखरेललाई सीईओमा नियुक्ति गर्न छनौट गरेको थियो । बिमा समितिबाट माघ ७ गते स्वीकृत प्राप्त भएपछि पोखरेललाई बिहीबारबाट लागू हुने गरी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरिएको कम्पनी सचिव मुना पौडेलले जानकारी दिइन् । पुरा पढौ

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्बमा झर्‍यो

काठमाडौं, १३ माघ । साताको अन्तिम दिन सेयर बजार झिनो अंकले बढेको छ । लगातार ओरालो लागेको नेप्से सूचक बिहीबार भने झिनो अंकले उकालो लागेको हो । सेयर कारोबार मापक नेप्से सूचक ३.२९ अंकले बढेर २ हजार ७७९.९३ अंकमा प्रवेश गरेको छ । सेन्सेटिभ इन्डेक्स पनि आज ०.३८ अंकले बढेर ५१८.७२ मा प्रवेश गरेको हो । नेप्से सूचक बढे पनि कारोबार रकम भने घटेको छ । लगातार ओरालो लागेको कारोबार रकम आज ३ अर्बमा झरेको हो । २२४ कम्पनीको ६६… पुरा पढौ

मेगा क्यापिटल मार्केट्सको ‘प्रमोटर सेयर खरिद-बिक्री सहजीकरण’ सेवा सुरु

काठमाडौं, १३ माघ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बिमा (इन्सुरेन्स) कम्पनी, लघु वित्त (माइक्रो फाइनान्स), जलविद्युत (हाइड्रोपावर) तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक सेयरहरु खरिद(विक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ । यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन नम्वर ९८५१०६७५७८ वा इमेल info@megacapitalmarkets.com वा मेगा क्यापिटल मार्केट्सको फेसबुकमा म्यासेन्जर मार्फत् म्यासेज पठाउन सक्ने बताइएको छ । धेरै लगानीकर्ताहरुले प्रमोटर सेयर (संस्थापक सेयर) साधारण सेयर जस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता… पुरा पढौ

अवैध च्याऊ आयातमा रोक लगाउन माग गर्दै च्याऊ उत्पादक संघ

काठमाडौं, १३ माघ । च्याउ उत्पादक किसान संघ नेपालले पछिल्लो दिनमा भारतलगायत विभिन्न देशबाट भित्रिरहेको च्याउ रोक लगाउन माग गरेको छ । लामो समयससम्म पनि सड्न नदिने गरी क्यामिकल प्रयोग गरेर बजारमा ल्याएको च्याउ रोक्न माग गरेको हो । संघका केन्द्रीय अध्यक्ष सन्तोष कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना कहरका बीचमा नेपाली च्याउलाई विस्तापित गर्ने उद्देश्यले आयात भैरहेको भारतीय अवैध च्याउ विषाक्त छ । च्याऊ एक ढुसी जन्य पोषण युक्त परिकार हो । लामो समय सम्म टिकाउन ढुवानी गर्दा उत्पादित… पुरा पढौ

ज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, १०.५२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, १३ माघ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले फागुन ६ गतेका लागि साधारण आह्वान गरेको छ । पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा सभा आह्वान गरेको कम्पनीले जनाएको छ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण हुने कम्पनीले जनाएको छ । गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने २२ करोड बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०‍.५२ प्रतिशतले हुन आउने १ करोड १५ लाख ७८ हजार ९४७.३७ रुपैयाँ बराबरको नगद गरी सभाले १०‍‍.५२… पुरा पढौ

एकैदिन रू ९०० ले घट्यो सुनको भाउ, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, १३ माघ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । छापावाला सुन तोलामा ९०० तथा चाँदीमा १० रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुन रूपैयाँ ९०० ले घटेर प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ४०० रुपैयाँ तोकिएको थियो । तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भई रहेको छ । बुधबार तेजाबी सुनको भाउ प्रतितोला ९३… पुरा पढौ

नेशनल लाइफ इन्स्योरेन्सद्वारा २० प्रतिशत लाभांश घोषणा

काठमाडौं, १३ माघ । नेशनल लाइफ इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको कम्पनीले जनाएको छ । कम्पनीको उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लाभांश वितरण हुनेछ । अहिले कम्पनीको चुक्ता पुँजी ३… पुरा पढौ

डिप्रोक्स लघुवित्तले कमायो ३३ करोड ४४ लाख बढी खुद नाफा

काठमाडौं, १३ माघ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा बृद्धि भएको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार संस्थाले ३.२३ प्रतिशत बढी नाफा कमाएको हो । आर्थिक वर्ष २०७८, ०७९ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरणमा संस्थाले ३३ करोड ४४ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गएको वर्ष सोहि अवधिमा संस्थाको खुद नाफा ३२ करोड ४० लाख रहेको थियो । लघुवित्तको खुद ब्याज आम्दानी ७.७९ प्रतिशत बढेको छ । यो ७१ करोड ३० लाख १८ हजार… पुरा पढौ