आर्थिक 📈

साताको सेयर बजार : १५१ अंकले घट्यो नेप्से, बजार पुँजीकरण ३९ खर्ब २८ अर्बमा झर्‍यो

काठमाडौं, १५ माघ । पछिल्लो साता सेयर बजार भारी अंकले घटेको छ । आइतबारदेखि बिहीबारसम्म भएको सेयर कारोबारमा नेप्से परिसूचक १५१.६१ अंकले घटेको हो । गत साताको अन्तिम दिन बिहीबार ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ बिन्दुमा पुगेर रोकिएको थियो भने यो साताको अन्तिम दिन झिनो अंकले बढेर २ हजार ७७९.९८ बिन्दुमा कायम भएको हो । साताको ४ कारोबार ओरालो लाग्दा बिहीबार भने झिनो अंकले बढेको थियो । अघिल्लो साता ७३.५९ अंकले बढेको नेप्से परिसूचक यो साता भने १५१.६१ अंकले… पुरा पढौ

दोस्रो ठूलो भन्सार नाका भैरहवामा एकीकृत भन्सार चेक पोष्ट नहुँदा सास्ती

बुटवल, १५ माघ । नेपालको दोस्रो ठूलो भन्सार नाका मानिने भैरहवामा एकीकृत भन्सार चेक पोष्ट (आईसिपी) निर्माण नहुँदा व्यवसायीले सास्ती झेलेका छन । नेपाल र भारतबीच सम्झौता भएको डेढ दशकसम्म पनि सम्झौता कार्यान्वयन नहुँदा व्यवसायीले अतिरिक्त शुल्क बाहेकका विभिन्न झन्झट व्यहोर्न बाध्य भएका छन । सन् २००७ मा नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुसार भैरहवासहित वीरगञ्ज, विराटनगर र नेपालगञ्ज नाकामा आईसिपी निर्माण गर्ने लक्ष्य राखिएको थियो । नेपाल सरकारले जग्गा उपलब्ध गराउने तथा भारतीय पक्षले प्राविधिक तथा पूर्वाधार निर्माण गर्ने… पुरा पढौ

बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्छु : अर्थमन्त्री शर्मा

काठमाडौं, १४ माघ । अर्थमन्त्री जनार्दन शर्माले प्रदेश सरकारलाई आश्वासन दिँदै बढी खर्च गर्ने सरकारलाई बढी नै बजेटको व्यवस्था गर्ने बताएका छन् । शुक्रबार अर्थ विषयक विषयगत समितिको भर्चुअल बैठकमा उनले जनतालाई सबभन्दा बढी सेवा दिने सरकार ‘राम्रो’ र सबभन्दा बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्ने बताएका हुन् । ‘सबभन्दा बढी जसले सेवा दियो त्यही राम्रो सरकार, जसले सबभन्दा बढी खर्च गर्न सक्यो त्यसैको लागि बजेट गर्ने व्यवस्था गर्ने कुरा मैले घोषणा गरेको छु,’ उनले भने, ‘यहाँहरूले खर्च… पुरा पढौ

नियम उल्लंघन गरेपछि नेपाल लाइफ इन्स्योरेन्सलाई कारबाही, २० हजार रुपैयाँ जरिवाना

काठमाडौं, १४ माघ । नियम उल्लंघन गरेको भन्दै बिमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको छ । बिमा समितिले संस्थागत सुशासनसम्बन्धी निर्देशिका विपरित कार्य गरेको भन्दै नेपाल लाइफलाई कारबाही गरेको हो । शुक्रबार बिमा समितिले कम्पनीलाई २० हजार रुपैयाँ जरिवानासमेत तिराएको हो । प्रेस नोट लेख्दै बिमा समितिले सुशासनसम्बन्धी निर्देशिका २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमितकुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुक्ति गरेको भन्दै नेपाल लाइफलाई २० हजार रुपैयाँ जरिवाना गर्ने… पुरा पढौ

१० अर्बको विकास ऋणपत्र २०८२‘ङ’ निष्काशन गर्दै राष्ट्र बैंक

काठमाडौं, १४ माघ । नेपाल राष्ट्र बैकले ४ वर्ष अवधिको लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ ‘ङ’ निष्काशन गर्ने भएको छ । विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउने गरी ऋणपत्र निष्काशन गर्न लागेको हो । ऋणपत्र माघ १६ गते ३ बजेसम्म अनलाइन प्रणालीबाट बोलकबोल पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार माघ १७ गते निष्काशन हुने ऋणपत्रको साँवा २०८२ माघ १७… पुरा पढौ

मोरङ व्यापार संघको अध्यक्षमा रिजाल

काठमाडौं, १४ माघ । मोरङ व्यापार संघको ३३औं कार्यकारिणी समितिले नवीन रिजाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, उपाध्यक्ष (वाणिज्य) मा अनिलकुमार साह, उपाध्यक्ष (उद्योग) मा विकासकुमार बेगवानी, महासचिवमा अनिल शारदा, सचिवमा सञ्जय श्रेष्ठ, कोषाध्यक्षमा राजेश अग्रवाल र प्रवक्तामा विनित सिंघानियाँ निर्विरोध चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यमा आशिष जाजु, दीपेश सुवेदी, अमित शारदा, पवन राठी, देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी र सुशील सुरानालाई चयन गरिएको छ । नवनियुक्त अध्यक्ष रिजालले पदभार… पुरा पढौ

मल्टीपर्पस फाइनान्सको खुद नाफा ६१.५६ प्रतिशतले वृद्धि

काठमाडौं, १३ माघ । मल्टीपर्पस फाइनान्सको खुद नाफा ६१.५६ प्रतिशत बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा फाइनान्सको नाफा ६१.५६ प्रतिशतले बढेर ४६ लाख २७ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले २८ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा फाइनान्सको खुद ब्याज आम्दानी ६२.९२ प्रतिशत बढेको छ । विवरणअनुसार ब्याज आम्दानी बढेर १ करोड ५१ लाख १७ हजार रुपैयाँ पुगेको छ भने गत आवको सोही अवधीमा… पुरा पढौ

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?

काठमाडौं, १४ माघ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश बिमा समितिबाट स्वीकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि… पुरा पढौ

एकैदिन रु ९०० ले घट्यो छापावाला सुनको भाउ

काठमाडौं, १४ माघ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउमा गिरावट भएको छ । छापावाला सुनमा रुपैया ९०० तथा चाँदीमा रुपैयाँ २५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन यसदिन रुपैयाँ ९०० ले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ५०० तोकिएको थियो । तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुनको भाउ प्रतिताेला ९३ हजार… पुरा पढौ

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ देखि आईपीओ निष्काशन गर्दै

काठमाडौं, १४ माघ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले माघ २१ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्रीमा ल्याउन लागेको छ । लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । यसमा ८ हजार कित्ता संस्थाका कर्मचारीको लागि, २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि र बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि रहेको छ । लगानीकर्ताले कम्तिमा १० कित्तादेखि बढीमा ५ हजार दुईसयबीस कित्ताका लागि… पुरा पढौ