आर्थिक 📈

नेपाल लाइफको सिनियर डीसीओमा पराजुली नियुक्त

काठमाडौं, २५ पुस । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ) मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् । आइतबारबाट कार्यभार सम्हाल्ने गरी पराजुलीलाई सिनियर डीसीओ पदमा नियुक्त गरेको हो । पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए । संस्थागत सुशासनलाई प्राथमिकतामा राखि कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको बताउँदै यसलाई… पुरा पढौ

आइडिया नेपालको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २५ पुस । इन्टेरियर डिजाइनर्स एशोसियसन अफ नेपाल (आइडिया नेपाल) को वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंस्थित लैनचौर व्यांकेटमा एक कार्यक्रमबीच साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले इन्टेरियर डिजाइन क्षेत्रको प्रयोग र विकासको लागि सरकारले आवश्यक पाइलाहरु चाल्ने बताइन् । कार्यक्रममा नेपाली आर्किटेक्ट क्षेत्रमा सह्राहनीय कार्य र योगदानको लागि रविन्द्र पुरीलाई सम्मान र आइडिया नेपालको मानार्थ सदस्यता पनि प्रदान गरिएको थियो । कार्यक्रमको सभापतित्व गरेका आइडिया नेपालका अध्यक्ष विन्द्रा प्रधानले… पुरा पढौ

आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको छ । आइतबार निगमको कार्यकारी निर्देशकका लागि गठित छनौट तथा सिफारिस समितिले कार्यकारी निर्देशकका लागि दरखास्त आब्हान गरेको हो । सूचनामा इच्छुक व्यक्तिले अबको २१ दिनभित्र दरखास्त दिन सकिनेछन् । कार्यकारी प्रमुख हुनका लागि निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । पुरा पढौ

गुलियो उखुभित्रको ‘तीतो’ कहानी

काठमाडौं, २४ पुस । उखु नगदेबाली हो, नगदेबाली भनेको आम्दानी गर्ने अभिप्रायले लगाइने बालीहरू हुन् । तर, उखु बाली लगाउनभन्दा किसानहरुलाई बिक्री भएको उखुको रकम भुक्तानी पाउन अप्ठेरो पर्छ । उधारोमा उखु बिक्री गर्नुपर्ने किसानहरुको बाध्यता छ । यसरी उधारोमा बिक्री भएको गुलियो उखुभित्र ‘तीतो’ कहानी छ । आफ्नो मेहनतले फलाएको फल बिक्री वापतको रकम पाउन पनि किसानहरु सडकसम्म आउनुपर्ने बाध्यता छ । ऋण गरेर लगाएको खेतीको प्रतिफलका लागि किसानहरुले वर्षेनी मिल मालिक खोज्दै भौतारी रहनुपर्छ । वर्षभरी उत्पादन गरेर… पुरा पढौ

आईतबार सुनचाँदीको भाउ स्थिर

काठमाडौं, २५ पुस । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुनचाँदी शुक्रबारकै भाउमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार छापावाला सुन सोहि भाउमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि तेजाबी सुन सोहि भाउमा कारोबार भएको थियो । चाँदी प्रतितोला १ हजार २२५ रुपैयाँमा… पुरा पढौ

माघ ३ देखि २ अर्बको “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६” निष्काशन हुने

काठमाडौं, २५ पुस । एभरेष्ट बैंकले माघ ३ गतेदेखि ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्ने जनाएको छ । बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६” को निष्काशन तथा बिक्रीमा ल्याउन लागेको हो । बैंकका अनुसार प्रतिकित्ता १००० रुपैयाँ अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरिने भएको हो । त्यसबाट ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ । ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि रहेको छ । १ अर्ब २० करोड रुपैयाँ… पुरा पढौ

रासायनिक मल किफायत गरी प्रयोग गर्न कृषकलाई आह्वान

काठमाडौं, २५ पुस । सरकारले रासायनिक मलको अन्तर्राष्ट्रिय बजारमै अभाव र अत्यधिक मूल्यवृद्धि भएको जनाउँदै उपलब्ध मल किफायत (फारु) गरी प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ । नेपालले मल आयात गर्दै आएका कयौँ मुलुकले कच्चा पदार्थ अभाव र आन्तरिक खपत देखाउँदै निर्यात गर्न नसक्ने भनेपछि मल अभाव हुनसक्ने पूर्वानुमान गरी उपलब्ध मल किफायत गरी प्रयोग गर्न आग्रह गरिएको हो । यद्यपि सरकारले अघिल्ला वर्षका तुलनामा यस वर्ष रासायनिक मल खरिदका लागि बजेट वृद्धि गरेको छ । अघिल्लो वर्ष रु १३… पुरा पढौ

उखु खेतीबाट असारेरामकाे वार्षिक रु २४ लाख आम्दानी

कञ्चनपुर, २४ पुस । उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान असारेराम वडायकले मनग्ये आम्दानी गर्दै आएका छन् । विगत पाँच वर्षदेखि निरन्तर उखुको उत्पादनमा लागेका उनले वार्षिक रु २४ लाख आम्दानी गर्दै आएको बताए । “प्रविधिको प्रयोगमा जोड दिइएपछि प्रतिवर्ष रु दुई लाखदेखि रु तीन लाखका दरले आम्दानी बढदै गएको छ” वडायकले भने, “इन्टरनेटको माध्यमबाट विश्वमा उखु खेतीका लागि भएका नौला प्रयोगबारे अध्ययन गरी उखु खेतीलाई अगाडि बढाउँदै आएको छु ।” छ बिघा जग्गामा प्रतिबिघा दुई… पुरा पढौ

खाँटी कृषकले होइन, कागज मिलाउने बाठाले मात्र लाभ प्राप्त गरे

काठमाडौं, २४ पुस । संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’ मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ । कृषकको नाममा व्यक्ति विशेषलाई लाभ दिने नियतले राज्यको ढुकुटीबाट दिइँदै आएको अनुदान स्थगित गर्न सांसदले सुझाव दिएका छन् । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा समिति सदस्य हरिराम चौधरीले अनुदानका नाममा राज्यको ढुकुटीको ठूलो हिस्सा अपचलन भएकाले कृषि अनुदान कार्यक्रम स्थगित गर्न सुझाव दिए। उनले भने, “वास्तविक किसानलाई अनुदानबारे थाहै छैन, किसानलाई अनुदान… पुरा पढौ

पाँच महिनामा पूँजीगत खर्च १५ प्रतिशतमात्र

काठमाडौं, २४ पुस । चालु आर्थिक वर्षको पाँच महिना बित्दासमेत विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका पूँजीगत खर्च १५ प्रतिशतभन्दा बढी हुन सकेको छैन । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले आयोजना गरेको विकाससम्बन्धी नीति तथा पूँजीगत खर्च हुन नसक्नुका कारण र समाधानका उपायका सम्बन्धमा छलफल कार्यक्रममा मन्त्रालयले यस्तो जानकारी गराएका हुन् । कार्यक्रममा भौातिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पहिलो चौमासिकमा १५ प्रतिशत, दोस्रो चौमासिकमा ३० प्रतिशत र तेस्रो चौमासिकमा बढी खर्च हुने… पुरा पढौ