आर्थिक 📈

बढ्यो सुनचाँदीको भाउ, ताेलाकाे कति ?

काठमाडौं, २८ मंसिर । साताको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन सोमबार स्थिर रहेको भाउ यसदिन भने बढेको छ । छापावाला सुनमा मंगलबार रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ३०० ले बृद्धि भई प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० मा खरिदबिक्री भएको थियो । तेजाबी सुन प्रतितोला ९२… पुरा पढौ

भानुमा रु डेढ करोड लगानीमा सिताके च्याउको व्यावसायिक खेती गर्दै मन्त्री श्रेष्ठ

तनहुँ, २८ मङ्सिर । भानुनगरपालिका–६ बरभञ्याङमा सिताके च्याउको व्यावसायिकरूपमा खेती गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ र मुक्ति तिमिल्सेनाको संयुक्त लगानीमा सिताके च्याउखेती गरिएको हो । करिब रु डेढ करोड लगानीमा साढे दुई रोपनी क्षेत्रफलमा च्याउखेती गरिएको गण्डकी एग्रिकल्चर फार्म प्रालिका लेखापाल सुरेन्द्र पण्डित जानकारी दिनुभयो । गण्डकी एग्रिकल्चर फार्म प्रालि दर्ता गरी गत फागुनदेखि थालिएको व्यवसायमा प्रत्यक्षरूपमा १० जनाले रोजगारी पाएका छन् । दश हजार… पुरा पढौ

भिमादका विभिन्न योजनाका लागि रु पाँच करोड माग

दमौली, २८ मङ्सिर । तनहुँको भिमाद नगरपालिकामा रु पाँच करोडका योजना माग गरिएको छ । नेकपा (एकीकृत समाजवादी) भिमाद नगर कमिटीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई मागपत्र बुझाउँदै विभिन्न योजनाका लागि बजेट बिनियोजन गर्न आग्रह गरेको हो । नगर कमिटीका अध्यक्ष काजीमान श्रेष्ठले विभिन्न दश योजनाका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन गरिदिन मन्त्री श्रेष्ठसमक्ष आग्रह गरे । उनले सडकका ६, खानेपानीका दुई, बाँध निर्माण र पहिरो नियन्त्रणका एक÷एक योजनामा बजेट विनियोजन गर्न माग गरिएको जानकारी दिए। भिमाद नगरपालिकाअन्तर्गत… पुरा पढौ

प्रचण्डको पूँजीबजारबारे भनाई गैह्रजिम्मेवारपूर्ण, विवेकशील साझाद्वारा खेद व्यक्त

काठमाडौं, २७ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा व्यक्त बिचार यतिबेला आलोचनाको तारो बनेको छ । प्रचण्डले हिजाे “धितोपत्र बोर्ड, साम्राज्यवादको विकसित रुप” भनेर एक कार्यक्रममा बिचार व्यक्त गरेपछि उनी आलोचनाको तारो बनेका हुन । प्रचण्डको उक्त अभिव्यक्तिको विवेकशील साझा पार्टीले आलोचना गर्दै उनको भनाई गैह्रजिम्मेवारीपूर्वक आएको र अनुत्तरदायी भएको बताउँदै खेद व्यक्त गरेको छ । वर्तमान सरकारमा प्रचण्डको पार्टी पनि सामेल छ र उनको पार्टीका नेता जनार्दन शर्मा अर्थमन्त्री रहेका छन् । दुईदुई पटक सरकारको नेतृत्व गरिसकेका व्यक्तिले… पुरा पढौ

खप्तड लघुवित्तको आइपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं, २७ मंसिर । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक सेयर निष्काशन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोमबार गरिएको सम्झौतामा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेशबहादुर बम तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समितिमा अध्यक्ष सुमन प्रसाद श्रेष्ठ र सञ्चालक रणदेव कृष्ण श्रेष्ठको समेत उपस्थिति थियो । कम्पनीको अधिकृत पुँजी… पुरा पढौ

लामाे समय लाभ हुने कम्पनी छानेर लगानी गरौं : अर्थमन्त्री शर्मा

काठमाडौं, २७ मङ्सिर । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका लगानीकर्ताले दीर्घकालमा लाभ दिने कम्पनी छानेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिएका छन् । “शेयर बजारमैत्री नीति तय गर्न, संस्थागत संरचनाको परिवर्तन र पारदर्शीतालगायतका विषयमा स्पष्ट पार्न सरकार तयार छ”, उनले भने “अर्थमन्त्रीले शेयर बजार बढाउने घटाउने गर्दैन, लगानीकर्ता आफै जिम्मेवार भएर लगानी गर्नुस् ।” बीमा समितिको नयाँ भवनको आज ललितपुरमा शिलान्यास गर्दै अर्थमन्त्रीले कम्पनी चिनेर ढुक्कले लगानी गर्न प्रोत्साहित गरे। पछिल्लो समय शेयर बजारमा आएको गिरावटको दोष आफूमाथि लगाएको भन्दै उनले… पुरा पढौ

७९ अंकले घट्यो नेप्से, करिब ४ अर्बको सेयर किनबेच

काठमाडौं, २७ मंसिर । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा भारी अंकले गिरावट आएको छ । कारोबार मापक नेप्से परिसूचकमा ७९ अंकले ७९.२३ अंकले घटेर दुई हजार २८२ अंकमा झरेको छ । आज नेप्से परिसूचकसँगै ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२.४७ अंकले घटेको छ । आज दिनभर भएका ६२ हजार ८०९ कारोबारबाट २३३ कम्पनीका ९६ लाख ७९ हजार ७२ कित्ता सेयर तीन अर्ब ९९ करोड ५६ लाख ४ हजार १७८ रुपैयाँमा किनबेच भएका छन् । सेयर… पुरा पढौ

एनएमबि लघुवित्तले डाक्यो साधारण सभा

पोखरा, २७ मंसिर । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस २६ गते नवौं वार्षिक साधारण सभा बस्ने भएको छ । संस्थाको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन नवौं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त साधारणसभाबाट संस्थाले प्रस्तावित कुल २२.६३ प्रतिशत लाभांश पारित गर्ने भएको छ । सभाले आथिर्क वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १.१३ प्रतिशतले हुन आउने रकम ६१ लाख… पुरा पढौ

‘विद्युत खपत बढे ऊर्जाको लगानी जोखिममा पर्दैन’

काठमाडौं, २७ मंसिर । नेपालको ऊर्जा क्षेत्रमा हालसम्म भएको लगानीको संरक्षण गर्दै थप विस्तारका लागि पनि आन्तरिक खपत बढाउँदै भारत र बंगलादेशमा समेत बिक्री गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । मुलुकको प्रणालीमा दुई हजार मेगावाट बराबरको बिजुली उपलब्ध हुँदा नै रातको समयमा खेर जानु तर, खपतको मात्रामा गुणात्मक वृद्धि नहुनुले यस क्षेत्रमा भएको लगानी जोखिममा त पर्ने होइन भन्ने चिन्ता व्यक्त भइरहेको छ । ऊर्जा उद्यमीहरुका अनुसार हालसम्म नेपालको ऊर्जा क्षेत्रमा ६ खर्ब रुपैयाँ बराबरको लगानी भएको छ । बैंक तथा… पुरा पढौ

सेयर बजारमा साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौं : अध्यक्ष प्रचण्ड

काठमाडौं, २७ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी सेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् । शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उनले पुँजीको लगानी पुँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पुँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका हुन् । सेयर बजार विरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले आफूले सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको दोहो¥याएका छन् । अध्यक्ष दाहालका स्वकीय… पुरा पढौ