आर्थिक 📈

तोरी उत्पादनमा ‘साख’ गुमाउँदै नवलपुर

नवलपुर, २९ मङ्सिर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरले तोरी उत्पादनमा आफ्नो ‘साख’ जोगाउन सकेको छैन । केही दशक अगाडिसम्म जिल्लामा उत्पादन भएको तोरी काठमाडौँ, पोखरालगायत देशका विभिन्न सहरमा निर्यात हुने गरेको भए पनि पछिल्ला वर्षमा तोरीको उत्पादन घट्दो क्रममा छ । जिल्लामा उत्पादन भएको तोरीले यहाँको मागसमेत धान्न नसक्ने अवस्थामा पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिल्ला वर्षमा जिल्लामा तोरीको उत्पादन निरन्तररूपमा घट्दै गएको केन्द्रका कृषि अर्थविज्ञ वर्षा न्यौपानेले बताए । न्यौपानेका अनुसार जिल्लामा आर्थिक वर्ष २०७६÷७७ मा एक हजार… पुरा पढौ

मल्टीपर्पस फाइनान्स र बुटवल पावरकाे लाभांश घोषणा

काठमाडौं, २९ मंसिर । मल्टीपर्पस फाइनान्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई मुनाफा तथा लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफा र शेयर प्रिमियमबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो । कम्पनीले संचालक समितिको बैठकले १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा हाल कायम रहेको चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनका लागि लाग्ने ०.५२६ प्रतिशत नगद लाभांशसहित १३.५२६ लाभांश रहेको छ । फाइनान्सको संचलक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई… पुरा पढौ

घट्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं, २९ मंसिर । नेपाली बजारमा सुनचाँदीको भाउ दिनदिनै कि त उकालो लाग्ने कि ओरालो लाग्ने क्रम चलिनै रहन्छ । अन्तर्राष्ट्रिय बजारकाे भाउमा हुने आरोह अवरोहको प्रभाव यहाँ पनि परिनै रहेको हुन्छ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार सुनको भाउ ओरालो लागेको छ भने चाँदीको भाउ स्थिर रहेर कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा यसदिन रुपैयाँ ५०० ले गिरावट भएको छ । चाँदीको भाउमा फेरबदल भएको छैन । छापावाला सुन रुपैयाँ ५०० ले… पुरा पढौ

लैनो भैँसीपालन गर्ने किसानलाई अनुदान

पाल्पा, २९ मङ्सिर । लैनो भैँसीपालन गरी दूध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले किसानलाई रु ४० हजार अनुदान उपलब्ध गराएको हो । व्यावसायिकरूपमा भैँसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेनका नगरप्रमुख अशोककुमार शाहीले बताए । लैनो भैँसीपालन गरिरहेका किसानलाई यो सुविधा पाउन थप एउटा लैनो भैँसीपालन गरी दुईवटा पु¥याउनुपर्ने छ । किसानलाई व्यावसायिक बनाउने र पशुपालनका माध्यमबाट ग्रामीण क्षेत्रमा बसी प्रशस्त आम्दानी गर्ने बानीको विकासका निम्ति अनुदान प्रदान गरिएको नगरप्रमुख शाहीले बताए… पुरा पढौ

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार

काठमाडौं, २९ मङ्सिर । नेपालमा उत्पादित भएको बिजुली आगामी वर्षदेखि बङ्गलादेशले खरिद गर्ने भएको छ । हाल खेर गइरहेको बिजुली बङ्गलादेशले खरिद गर्ने भएको हो । बिजुलीको बजार खोज्नुपर्ने बाध्यता आइपरेको बेलामा बङ्गलादेशबाट आएको प्रस्तावलाई सकारात्मक रूपमा लिइएको छ । यसैगरी नेपालका निजी क्षेत्रसँग दीर्घकालीनरूपमा विद्युत्् खरिद सम्झौता (पिपिए) गर्न समेत बङ्गलादेशले गृहकार्य अघि बढाउने जनाएको छ । नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गत वर्षायाममा ५०० मेगावाट विद्युत्् खेर गएको थियो । यसबाट रु पाँच अर्ब बराबरको नोक्सान भएको छ… पुरा पढौ

ग्लोबल आइएमई बैंकको बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न

पोखरा, २८ मंसिर । ग्लोबल आइएमई बैंक गण्डकी प्रदेश कार्यालयको आयोजनामा मंगलबार पोखरामा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत गण्डकी प्रदेशका मुख्य व्यापारिक तथा ग्रामिण क्षेत्रहरुमा बैंकिङ साक्षरता कार्यक्रम जारि रहेको गण्डकी प्रदेश कार्यालयका प्रमुख महेश सिलवालले बताए । कार्यक्रमको सहजकर्ता रहेका सिलवालले ग्लोबल आइएमई र्बैकको हालको कूल निक्षेप दुई सय ८३ अर्ब, कुल कर्जा दुई सय ४३ अर्ब साथै चुक्तापुँजी २१ सय ६३ अर्ब रहेको समेत वताए । बैंकका नियमित ग्राहक, प्रतिष्ठित व्यवसायी, व्यवस्थापन… पुरा पढौ

अर्थमन्त्री शर्मा र लगानीकर्ताबीच छलफल, समस्या समाधान गर्न मन्त्री सकारात्मक

काठमाडौं, २८ मंसिर । अर्थमन्त्री जनार्दन शर्मा र शेयर बजारका लगानीकर्ताहरुबीच मंगलबार छलफल भएको छ । सबै लगानीकर्ताहरुको तर्फबाट एउटा कार्यदल बनाई उक्त कार्यदलले मन्त्री शर्मासंग शेयर बजारमा आईरहेको समस्याका बारेमा छलफल गरेको हो । कर्यादलले मन्त्री शर्मालाई अर्थमन्त्रालयमा भेटेर शेयर बजारको अहिलेको अवस्था, शेयर धितो कर्जा, धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्षको नियुक्ती तथा नेपाल स्टक एक्सचेन्जमा प्रमुखको नियुक्तीलगायत ५८ बुँदाहरुमा उल्लेख गरिएका माग र सुधारका बारेमा छलफल गरेको हाे। लगानीकर्ताहरुको तर्फबाट बनेको पूँजी बजार सुदृढिकरण बृहत कार्यदल (लगानीकर्ताका सबै संघ… पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तको नवौं वार्षिक साधारणसभा सम्पन्न, २८ प्रतिशत लाभांश पारित

पाेखरा, २८ मंसिर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा मंगलबार होटल पोखरा ग्राण्ड, कास्कीमा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७७/०७८ को कुल मुनाफाबाट संस्थाले आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको २८ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक बर्ष २०७७/०७८ मा संचालन मुनाफा ३४ करोड ९४ लाख रुपैँया र कर पछिको मुनाफा २१ करोड ८३ लाख आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ५५ करोड… पुरा पढौ

६.०१ प्रतिशतले बढ्याे शेयर बजार, आजको कारोबार बन्द

काठमाडौं, २८ मंसिर । नेप्से परिसूचक लगातार ओरालो लाग्दा लगानीकर्ताको उत्साह घटाईरहेको शेयर बजारको परिदृश्यले आज अचम्मै बनायो । शेयर बजार निर्धारीत समय अगावै बन्द भयो । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार शेयर बजारको कारोबार साढे १ बज्नै लाग्दा बन्द हुन पुग्यो । कारण थियो नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ६.०१ प्रतिशतले बढ्यो भने यो २४१८.८४ विन्दुमा उक्लियो । दिउँसो १ बजेर २६ मिनेटमा शेयर बजार बन्द भएको हो । यसदिन दिनको १२ बजेर ३८ मिनेटमा नेप्से ५.०१… पुरा पढौ

ग्लोबल आइएमई बैंकको १५ औं साधारण सभा सम्पन्न १३.५ प्रतिशत लाभांशकाे प्रस्ताव पारित

काठमाडाैं, २८ मंसिर । ग्लोबल आइएमई बैंकको १५ औं साधारण सभा सम्पन्न भएकाे छ । सभाले शेयरधनीहरुलाई १३.५ प्रतिशत लाभांश वितरण गर्ने संचालक समितिकाे प्रस्ताव पारित गरेको छ । बैंकका अनुसार आर्थिक वर्ष ०७७, ०७८ को कुल मुनाफाबाट शेयरधनीहरुलाई १३.५ प्रतिशत लाभांश दिईने भएको हाे । जसमा बोनस शेयर १० प्रतिशत तथा कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद लाभांशसहित १३.५ प्रतिशत लाभांश रहेको छ । बैंककाे बोनस शेयर वितरणपछि चुक्ता पूँजी २३ अर्ब ७९ करोड पुग्ने भएको छ । आर्थिक… पुरा पढौ