आर्थिक 📈

‘विद्युत खपत बढे ऊर्जाको लगानी जोखिममा पर्दैन’

काठमाडौं, २७ मंसिर । नेपालको ऊर्जा क्षेत्रमा हालसम्म भएको लगानीको संरक्षण गर्दै थप विस्तारका लागि पनि आन्तरिक खपत बढाउँदै भारत र बंगलादेशमा समेत बिक्री गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । मुलुकको प्रणालीमा दुई हजार मेगावाट बराबरको बिजुली उपलब्ध हुँदा नै रातको समयमा खेर जानु तर, खपतको मात्रामा गुणात्मक वृद्धि नहुनुले यस क्षेत्रमा भएको लगानी जोखिममा त पर्ने होइन भन्ने चिन्ता व्यक्त भइरहेको छ । ऊर्जा उद्यमीहरुका अनुसार हालसम्म नेपालको ऊर्जा क्षेत्रमा ६ खर्ब रुपैयाँ बराबरको लगानी भएको छ । बैंक तथा… पुरा पढौ

सेयर बजारमा साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौं : अध्यक्ष प्रचण्ड

काठमाडौं, २७ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी सेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् । शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उनले पुँजीको लगानी पुँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पुँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका हुन् । सेयर बजार विरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले आफूले सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको दोहो¥याएका छन् । अध्यक्ष दाहालका स्वकीय… पुरा पढौ

आँधिखोला लघुवित्तले गर्यो लाभांश वितरणको घोषणा

काठमाडौं, २७ मंसिर । आँधिखोला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा वितरणकाे घाेषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुको लागि २० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेको हो । संस्थाको हाल कायम भएको चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांशसहित २० प्रतिशत लाभांश वितरण गरिने भएको हो । संचालक समितिको मंसिर २६ मा बसेको बैठकले प्रस्ताव गरेको उक्त लाभांशको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेकोपछि लघुवित्तको आगामी वार्षिक साधारण… पुरा पढौ

सोमबार सुनचाँदीको भाउ स्थिर, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, २७ मंसिर । आईतबार सामान्य ढंगले बढेको सुनचाँदीको भाउ सोमबार भने स्थिर रहेको छ । आईतबार छापावाला सुनमा रुपैयाँ ३०० तथा चाँदीमा ५ रुपैया बृद्धि भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा यसदिन सुनको भाउ स्थिर रहेर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाला सुनको भाउ ९२ हजार ५०० रुपैयाँ तोकिएको थियो । तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुनको भाउ ९२ हजार रुपैयाँ कायम… पुरा पढौ

आर्थिक वर्ष २०७७/७८ मा बाली, पशुपन्छी बीमा पुग्याे रु ४२ अर्ब

विराटनगर, २७ मङ्सिर । शासकीय तथा आर्थिक सुधारको निम्ति सरकारले लागू गरेको बाली तथा पशुपन्छी बीमाबाट कृषक लाभान्वित भइरहेका छन् । असी प्रतिशत सरकारले र २० प्रतिशत कृषकले बेहोर्ने बीमा शुल्कका कारण किसानले आफ्ना खेतबारीमा लगाइएको बाली र पालेका पशुपन्छीमा कुनै पनि किसिमको हानिनोक्सानी भएमा सरकारले क्षतिपूर्ति गर्ने व्यवस्थाबाट कृषकले मनोबल उच्च भइरहेको पाइएको छ । आफ्ना मेहनत, परिश्रम र लगानी खर्च भएको यस व्यवसायलाई अझ व्यवस्थित गर्न बीमा कम्पनीले आफ्ना योजनालाई सहज र सरल बनाउनुपर्ने कृषकको धारणा रहेको छ ।… पुरा पढौ

सेयर बजारमा पहिरो, २३६१ अंकमा झर्‍यो नेप्से

काठमाडौं, २६ मंसिर । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ८८.७० अंकले घटेर दुई हजार ३६१.२७ अंकमा झरेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.१५ अंकले घटेर ४५०.०८ अंकमा झरेको छ । आज २२८ कम्पनीको ७४ लाख ६० हजार ८७४ कित्ता सेयर तीन अर्ब ३८ करोड २५ लाख ९ हजार ५२० रुपैयाँको किनबेच भएको छ । आज नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै उपसमूहहरु ओरालो लागेका छन् । आज… पुरा पढौ

मुक्तिनाथ कृषि कम्पनीको क्षेत्रीय कार्यालय उद्घाटन

काठमाडौं, २६ मंसिर । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड बसुन्धरा काठमाडौले गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखरामा क्षेत्रीय कार्यालय, कृषि प्रदर्शनी केन्द्र र कृषि उद्यमी परिचय पत्रको उद्घाटन गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, विशिष्ट अतिथिको रुपमा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबि निवारणमन्त्री चन्द्रबहादुर बुढा, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्ययुमन पोखरेललगायत विभिन्न सरकारी निकायहरुको प्रमुखहरु, कृषकहरु, कृषि व्यवसायिहरु, सहकारीका प्रतिनिधिहरु र मुक्तिनाथ गु्रपसँग आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको… पुरा पढौ

प्रभु इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी बिमा क्षति मूल्यांकनकर्तालाई तालिम

काठमाडौं, २६ मंसिर । प्रभु इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपन्छी बिमा क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न भएको छ । कम्पनीले कृषि तथा पशुपन्छी बिमा निर्देशिका, २०७७ मा व्यवस्था भए बमोजिम तोकिएको समय अगावै आफ्नो कार्य क्षेत्र तोकिएका सम्पूर्ण जिल्लाहरुमा तालिम सम्पन्न गरिएको हो । कृषि तथा पशुपन्छी बिमा निर्देशिका, २०७७ बमोजिम बिमा समितिका प्रतिनिधिको पर्यवेक्षण तथा प्रशिक्षणमा सञ्चालित तालिममा बिभिन्न कृषि तथा पशुपन्छी बिज्ञहरुले प्रशिक्षण प्रदान गरेका थिए । कम्पनीको कार्य क्षेत्र तोकिएका जिल्लाहरु मुस्ताङ, म्याग्दी, बागलुङ र स्याङ्जामध्ये कम्पनीले मुस्ताङ,… पुरा पढौ

बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, २६ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार सुनचाँदीको भाउमा बृद्धि भएको छ । छापावाला सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ३०० ले बृद्धि भएर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार २०० तोकिएको थियो । तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुनको भाउ ९१ हजार ७००… पुरा पढौ

बाढीपहिराे पीडित परिवारलाई आर्थिक सहयोग

मङ्गलबारे, २६ मङ्सिर । पहिरापीडित परिवारलाई इलामको फाकफोकथुम गाउँपालिकाले नगद सहयोग गरेको छ । गत कात्तिकको पहिलो हप्ता आएको बेमौसमी वर्षाबाट सो स्थानमा पहिरो गएको थियो । पहिरोका कारण परिवारका सदस्य गुमाएका परिवारलाई गाउँपालिकाले रु चार लाख सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष सरु राई र वडाध्यक्ष राजु पौडेलले नैनसिंह कटुवाल परिवारको घरमै पुगेर सो रकम हस्तान्तरण गरे । पहिराका कारण कटुवाल परिवारका चार जनाको मृत्यु भएको थियो । साथै गाउँपालिकाको तर्फबाट घर निर्माणका लागि रु एक लाख… पुरा पढौ