आर्थिक 📈

अवैध रूपमा सुन भित्र्याउने क्रम रोकिएन, तीन पक्राउ

काठमाडौं, २६ मङ्सिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन भित्र्याउने क्रम अझै रोकिएको छैन । प्रहरीले हप्तापिच्छे नै विमानस्थलबाट सुनसहित मानिस पक्राउ गर्दै आएको छ । सोक्रममा हालैमात्र दुबईबाट काठमाडौँ आएका भारतीय नागरिकले अवैध रुपमा सुन भित्र्याएको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । भारत घर भएका ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकरलाई अवैध रूपमा काठमाडौँ ल्याएको ९०५ ग्राम अर्धठोस सुनसहित पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । उनीसँगको सोधपुछको आधारमा अन्य एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी… पुरा पढौ

अनलाइन कर तिर्ने महानगरकाे व्यवस्था प्रभावकारी भएन

काठमाडौं, २५ मङ्सिर । नगरवासीको सुविधाका लागि काठमाडौं महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्थाको सुरुआत गरे पनि प्रभावकारी हुन सकेको छैन । गत असोजदेखि महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था सुरु गरेको थियो । हालसम्ममा १०० जनाले मात्र उक्त प्रणालीको प्रयोग गरी कर बुझाएका महानगरपालिकाले जानकारी गराएको छ । महानगरपालिकाको राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीका अनुसार धेरै नागरिक यस प्रविधिबारे जानकार नभएकाले पनि सोचेअनुरुप अनलाइनमार्फत कर असुल हुन नसकेको हो । “यस व्यवस्थाले करदातालाई कार्यालयमा आएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थाको… पुरा पढौ

सिटीजन फर्निचरद्वारा ‘भिवोन’ प्रिमियम कुर्सीकाे विक्रि सुरु

पोखरा, २५ मंसिर । विश्वप्रसिद्ध भारतीय फर्निचर ब्राण्ड ‘भिवोन’का कुर्सीहरुको पोखरामा आधिकारिक रुपमा विक्रिवितरण सुरु भएको छ । फर्निचर व्यवसायमा पोखरामै अग्रणी मानिएको सिटीजन फर्निचर ट्रेड लिंक प्रालिले आधिकारिक रुपमा यो ब्राण्डका कुर्सीहरुको विक्रिवितरण शुरु गरेको हो । सिटीजन फर्निचर यो ब्राण्डका लागि प्रदेशस्तरिय आधिकारिक विक्रेता हो । लामो समय कार्यालयमा बसेर काम गर्ने कर्मचारीहरुमा कुर्सीको गुणस्तरकै कारण ढाड र घाँटी दुख्ने समस्या देखिने गरेकोले त्यस्तो समस्या नआउने गरि ‘भिवोन’ ब्राण्डका कुर्सीहरुको डिजाइन गरिएको कम्पनीले दाबी गरेको छ । ‘यो… पुरा पढौ

आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवनको शिलान्यास

काठमाडौं, २४ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको काठमाडौं महानगरपालिका-३ पानीपोखरीस्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको छ । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले भवनको शिलान्यास गरेका हुन् । शिलान्यास समारोहमा बिमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक सेयरधनी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाललगायत सम्पूर्ण सञ्चालकहरु, संस्थापक सेयरधनीहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायतको उपस्थितिमा… पुरा पढौ

घट्याे सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, २४ मंसिर । शुक्रबार सुनचाँदीको कारोबार हुने साताको छैटौं दिन हो । बुधबार र बिहिबार स्थिर भाउमा खरिदबिक्री भएको सुनचाँदीको भाउमा भने यसदिन गिरावट आएको छ । छापावाला सुनमा रुपैयाँ १०० तथा चाँदीमा १५ रुपैयाँले गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुनमा रुपैयाँ १०० ले गिरावट भई प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि बिहिबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा… पुरा पढौ

रु १ करोड बढी राजश्व छलेकाे अभियोगमा प्याकुरेल र झा विरुद्ध मुद्दा दायर

काठमाडौं, २४ मङ्सिर । रु एक करोड एक लाख ५२ हजार ३८६ बराबरको राजश्व छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले सत्यम शिवम् कन्सट्रक्सनका सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागका अनुसार वस्तु तथा सेवा खरिद नै नगरी नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरेको आरोपमा सो कम्पनीका सञ्चालकद्वय रामकुमार प्याकुरेल र संगीताकुमारी झा विरुद्ध मुद्दा दायर गरिएको हो । कम्पनीले रु १६ लाख ७७ हजार ३३४ मूल्य अभिवृद्धि कर, आयकरतर्फ रु २९ लाख ४२ हजार ९८२… पुरा पढौ

सेञ्चुरी बैंकद्वारा सीमान्तकृत वर्गका विद्यार्थीलाई कम्बल वितरण

काठमाडौं, २३ मंसिर । सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सीमान्तकृत वर्गका विद्यार्थीहरुको हितको लागि न्यानो कम्बल वितरण गरेको छ । काभ्रेको चौरी देउराली गाउँपालिका वडा नं ४ छेडामा सीमान्तकृत बालबालिकाहरुलाई उच्च शिक्षा तथा सीपमुलक तालिम प्रदान गर्ने उद्देश्यसहित लक्ष्मी प्रतिष्ठानद्वारा सञ्चालन गरिएको कुमार बलराम स्मृति छात्राबासमा रहेका ४९ जना सीमान्तकृत वर्गका विद्यार्थीहरुलाई जाडो मौसमको मध्यनजर गर्दै एक समारोहका बीच न्यानो कम्बल वितरण गरिएको हो । कार्यक्रममा लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद गौतम, प्रतिष्ठानका कार्यक्रम अधिकृत कृष्ण गौतम, सरस्वती… पुरा पढौ

५५ उद्योग व्यवसायीले लिए पुनरकर्जा सुविधा

काठमाडौं, २३ मंसिर । नेपाल राष्ट्र बैंकले समस्यामा परेका उद्योग व्यवसायहरूका लागि ल्याएको पुनरकर्जा सुविधा ५५ उद्योग व्यवसायहरूले लिएका छन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २१ बैंक तथा वित्तीय संस्थाहरूले ५५ कम्पनीलाई यस्तो सुविधा दिएका छन् । जसमा ८ वटा बैंक तथा वित्तीय संस्थाहरूबाट ११ ऋणीेले विशेष पुनरकर्जाअन्तर्गत एक अर्ब ८६ करोड २३ लाख सुविधा पाएका छन् भने साधारण पुनरकर्जातर्फ १९ बैंक तथा वित्तीय संस्थाबाट ४४ ऋणीले ४ अर्ब ९३ करोड ९० लाख रुपैयाँ पुनरकर्जा सुविधा… पुरा पढौ

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं, २३ मंसिर । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशतले हुन आउने १० करोड ६० लाख ५१ हजार १३२ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशतले हुन आउने ५५ लाख ८१ हजार ६३८ रुपैयाँ नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ७९… पुरा पढौ

सेयर बजारमा निरन्तर गिरावट, कारोबार रकमसमेत बढेन

काठमाडौं, २३ मंसिर । लगातार ओरालो लागेको नेप्से आज पनि ऋणात्मक विन्दुमा प्रवेश गरेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ५.८४ अंकले घटेर दुई हजार ४४९.९७ अंकमा झरेको हो । आज सेन्सेटिभ परिसूचक भने झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४३ अंकले बढेर ४६५.२३ अंकमा प्रवेश गरेको छ । आज दिनभर २३१ कम्पनीका ६२ लाख २३ हजार ७२१ कित्ता सेयर दुई अर्ब ६७ करोड ३३ लाख… पुरा पढौ