आर्थिक 📈

माैद्रिक नीतिकाे प्रभाव जीवितै, नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं, १९ मंसिर । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्सेमा पहिरो गएको छ । अब त लयमा फर्किएला कि भन्ने आशा गरिहेको बेलामा फेरि सेयर बजार नकारात्मक लयमा देखिएपछि लगानीकर्ताहरुको मनोवल खस्केको छ । नेप्सेमा ७२.३० अंकको गिरावट भएको छ । यसरी घटेको नेप्से २५१३‍.८८ विन्दुमा झरेको छ । नेप्सेमा २‍‍‍‌‍.८० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स पनि घटेको छ । सेन्सेटिभ परिसूचक १४.१५ अंकले घटेर ४७३.३७ विन्दुमा पुगेको छ ।कुल २२६ कम्पनीको सेयर कारोबार भएको छ । ८९… पुरा पढौ

ह्वात्तै बढ्यो सुन र चाँदीको भाउ, तोलाको कति पुग्यो ?

कठमाडौं, १९ मंसिर । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । सुनको भाउमा एकैदिन ७०० रुपैयाँले बृद्धि भएको छ । चाँदीको १० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ यसदिन एकैपटक रुपैयाँ ७०० ले बृद्धि भएर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको थियो । तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ५०० रुपैयाँ तोकिएको छ । शुक्रबार… पुरा पढौ

२३ बैंकले गरे लाभांश घोषणा : कसको कति ?

काठमाडौं, १८ मङ्सिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणसभा सम्पन्न भएर लाभांश वितरणको निर्णयसमेत पारित भइसकेका छन भने केही बैंक साधारणसभाको तयारीमा छन् । नबिल बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार नबिल बैंकले सबैभन्दा धेरै लाभांश वितरण… पुरा पढौ

ओरालो लागेको निक्षेपमा सुधार, एकै दिनमा २ अर्बको बृद्धि

काठमाडौं, १८ मंसिर । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा सुधार हुन थालेपछि ओरालो लागिरहेको निक्षेप बढ्न लागेको छ । नेपाल राष्ट्र बैंकले जनाए अनुसार मंसिर १६ गतेसम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ४७ खर्ब ९५ अर्ब पुगेको छ । मंसिर १५ मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९३ अर्ब रहेको छ । एकै दिनमा निक्षेपमा २ अर्बको बृद्धि भएको पाइन्छ । राष्ट्र बैंकका अनुसार मंसिर १६ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ८१ अर्ब पुगेको देखिन्छ… पुरा पढौ

नागरिक लगानी कोष बन्याे पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्ता

काठमाडौं, १७ मङ्सिर । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका ९६ लाख कित्ता शेयरको रु ९६ करोड बराबरको प्राथमिक शेयर निस्काशनको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानीकोष रहने भएको छ । सो हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा आज हस्ताक्षर गरिएको कोषले जनाएको छ । सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका थिए । यस हाइड्रोपावर कम्पनीले लमजुङको दोर्दी नदीबाट ५४ मेगावाट विद्युत् उत्पादन गर्नेछ । कम्पनीको निस्काशन तथा बिक्री प्रबन्धका रुपमा सानिमा क्यापिटल रहेको छ… पुरा पढौ

घट्याे सुनकाे मूल्य, चाँदीको स्थिर

काठमाडौं, १७ मङ्सिर । नेपाली बजारमा सुनकाे मूल्य यसदिन घटेकाे छ । चाँदीकाे भने स्थिर रहेकाे छ । बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९० हजार ८०० तोकिएको छ जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार थियो । त्यस्तै… पुरा पढौ

रु २ अर्ब बढी लागतकाे अन्नपूर्ण केबुलकार परीक्षणपछि पोखरामा सञ्चालनमा आउँदै

पोखरा, १७ मङ्सिर । पर्यटकीय नगरी पोखरामा पाँच वर्षअघि निमार्ण थालिएको केबुलकारको परीक्षण गरिएको छ । पोखरा महानगरापालिका–१८ लेकसाइडस्थित सेतीबाट सराङ्कोट जान आउने केबुलकारको बुधबार परीक्षण गरिएको कम्पनीका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । त्रिपाठीका अनुसार अन्नपूर्ण केबुलकार प्रालिले बनाएको यो केबुलकार परीक्षणका लागि जापानबाट सात जना प्राविधिकको टोली पोखरा आएको थियो । दुई हजार ४०० मिटर लामो यो केबुलकारका १३ टावर छन् । यो केबुलकारमा १८ वटा डिब्बा छन् । एकमा भने सामान राख्न प्रयोग गरिनेछ । प्रतिडिब्बामा आठ… पुरा पढौ

४ महिनामा १४ अर्ब नोक्सानी, स्वचालित मूल्य समायोजनको विकल्प छैन : निगम

काठमाडौं, १७ मङ्सिर  । संसदीय समितिलाई नेपाल आयल निगमको भविष्य र स्थिरतासँग जोडिएकाले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य समायोजनको विकल्प नरहेको जानकारी दिइएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङकन समितिको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले पछिल्लो तीन महिनामा निगम ठूलो नोक्सानीमा रहेकाले मूल्य समायोजनको विकल्प नरहेको जानकारी दिए । समितिले स्वचालित मूल्य प्रणालीका गुण र दोष, निगमको घाटा–नाफा, मौज्दात अवस्था तथा गएको एक वर्षमा पेट्रोलियम पदार्थमा कति प्रतिशत मूल्य वृद्धि… पुरा पढौ

सामाजिक सुरक्षाभत्तावापतको रु ४६ लाख रकम फिर्ता

खोटाङ, १७ मङ्सिर । साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्तावापत दुई चौमासिकमा रु ४६ लाख रकम बेरुजु खातामा फिर्ता भएको छ । सामाजिक सुरक्षा भत्तामा भइरहेका अनियमितता नियन्त्रण गर्न गाउँपालिकाले बैंकिङ प्रणाली अपनाएर वितरण सुरु गरेपछि आर्थिक वर्ष २०७७÷७८ को दोस्रो र तेस्रो चौमासिकमा रु ४६ लाख ७४ हजार ७६६ रकम बेरुजु खातामा फिर्ता गएको हो । आव २०७७÷७८ को दोस्रो चौमासिकमा एक हजार ४५९ लाभग्राहीका लागि रु एक करोड ३८ लाख ९८ हजार २८२ र तेस्रो चौमासिकमा एक हजार ४०८… पुरा पढौ

नेप्सेमा भारि गिरावट, महालक्ष्मी विकास बैंक देखियाे अब्बल

काठमाडौं, १६ मंसिर । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार शेयर बजारमा भारि गिरावट भएको छ । नेप्से परिसूचक ४९.०४ अंकले घटेर २५८४.६१ विन्दुमा झरेको छ । नेप्से १.८६ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ९.४६ अंकले घटेर ४८७.२७ विन्दुमा झरेको छ । कुल २३१ कम्पनीको शेयर कारोबार भएको छ । ७९ लाख ३२ हजार ७३१ कित्ता शेयरको खरिदबिक्रीबाट ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँ बराबरको कारोबार भएको छ । १३ उपसमूहहरु सबै राताम्मै भएका छन् ।… पुरा पढौ