आर्थिक 📈

स्वाभिमान लघुवित्त र आइसीएफसी फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २२ मंसिर । आज दुई कम्पनीका शेयरधनीहरुले लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था र आईसीएफसी फाइनासको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आजसम्म मात्रै रहेको हो । दुबै कम्पनीले साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि बिहिबार मंसिर २३ गते बुक क्लोज गर्ने भएका छन् । दुबै कम्पनीका शेयरधनीहरुले लाभांशको प्राप्ति तथा साधारण सभामा भाग लिनका लागि आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएको हुनुपर्नेछ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले पुसको ८ गते साधारण… पुरा पढौ

कोइरालाटारमा सामूहिक आलुखेती, स्वरोजगार बन्दै किसान

सिन्धुपाल्चोक, २२ मङ्सिर । इन्द्रावती गाउँपालिका–५ कोइरालाटारमा सामूहिक आलुखेती सुरु गरिएको छ । कोरोना महामारीका कारण रोजगार गुमाएका स्थानीयवासी किसानले स्वरोजगार भन्ने लक्ष्य लिई १२ रोपनी जग्गामा सामूहिक आलुखेती सुरु गरेका हुन् । नयाँपानी भूमि अधिकार कृषक समूह र सिडीसिएफका सहकार्यमा १५ घर लाभान्वित हुने गरी यस वर्ष २० बोरा आलु रोपिएको हो । किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पु¥याउन बीजवृद्धिसहित परियोजना सञ्चालन गरिएको नयाँपानी भूमि अधिकार कृषक समूह र सिडीसिएफले जनाएको छ । निर्वाहमुखी खेती प्रणालीको अन्त्य गरी चक्लाबन्दी… पुरा पढौ

दिगो विकासका लागि सस्तो, भरपर्दो र स्वच्छ ऊर्जा

काठमाडौं, २१ मंसिर । सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडीजी) पूरा गर्ने प्रस्ताव अनुमोदन गरेका थिए । अनुमोदनकर्तामध्ये नेपाल पनि एक हो । एसडीजीका १७ प्रमुख लक्ष्यहरू हासिल गर्न आर्थिक, सामाजिक र वातावरणीय आयाम समेट्दै विश्वव्यापी १६९ परिमाणात्मक गन्तव्य र २३४ सूचकहरू तय गरिएको थियो । नेपालले विश्वव्यापी लक्ष्यको १४ बुँदाबाहेक १६ बुँदे प्रमुख लक्ष्य प्राप्त गर्न १५९ गन्तव्य र २४५ अतिरिक्त… पुरा पढौ

३७ अंकले घट्यो नेप्से, सबैभन्दा बढी गुमाउने फाइनान्सका लगानीकर्ता

काठमाडौं, २१ मंसिर । साताको तेस्रो दिन मंगलबार सेयर बजार पुनः ओरालो लागेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३७.१८ अंकले घटेर दुई हजार ५०८.९० अंकमा झरेको छ । आइतबार ७२ अंकले घटेको नेप्से परिसूचक सोमबार तीव्र उतारचढावपछि ३२ अंकले बढेको थियो । आज ठूला कम्पनी कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.८६ अंकले घटेको छ । दिनभर भएका ४९ हजार ७४१ कारोबारबाट २३१ कम्पनीका ८३ लाख ३० हजार ९३ कित्ता सेयर तीन अर्ब १२ करोड ८३… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबारमा प्राइम बैंक अब्बल

काठमाडौं, २१ मंसिर । साताको सेयर कारोबार हुने तेस्रोे दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गरेपछि नकारात्मक लयमा गएको सेयर बजारमा सोमबार हरियाली छाए पनि त्यसको भोलिपल्टै आज ओरालो लाग्दा लगानीकर्ताको उत्साहलाई घटाएको छ । आज व्यापार उपसमूह २१.५३ अंकले बढेको छ भने म्युचुअल फण्ड ०.८२ अंकले बढेको छ । बाँकी ११ वटै उपसमूहरु राताम्मै भएका छन् ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३७.१८ अंकले घटेर दुई हजार… पुरा पढौ

नेपाल लाइफको ‘नेपाल लाइफ समुन्नत जीवन’ योजना सार्वजनिक

काठमाडौं, २१ मंसिर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजना मंगलबार सार्वजनिक गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले नयाँ जीवन बिमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजना सार्वजनिक गरेको जनाएको छ । विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको भन्दै विभिन्न योजनाहरु सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । ‘विकासको गति बढेसँगै ठूला ठूला परियोजनाहरु, हाइड्रोपावरहरु, भवन निर्माण लगायतका निर्माण कार्य तीव्र गतिमा अघि बढेका… पुरा पढौ

परीक्षण उत्पादन गर्दै हुवासिन सिमेन्ट

काठमाडौं, २१ मंसिर । लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले आगामी तीन साता भित्रैमा परीक्षण उत्पादन गर्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी भइरहेको उद्योगले जनाएको छ । ‘हामी परीक्षण उत्पादनको अन्तिम तयारीमा छौं । आवश्यक उपकरण जडान भइसकेको तथा केही सामान्य काम मात्रै बाँकी छ । ती पनि केही दिनभित्रै सकिन्छ,’ हवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले भने । नेपाली र चिनियाँ व्यवसायीले संयुक्त लगानी रहेको उद्योगमा सोमबारदेखि विद्युत् उपलब्ध भएको छ । मर्स्याङ्दी काठमाडौं १३२… पुरा पढौ

एनआइबीएल एस क्यापिटलद्वारा ‘च्याटबोट सेवा’ सञ्चालन

काठमाडौं, २१ मंसिर । नेपाल ईन्भेष्टमेन्ट बैंकको स्वामित्वमा रहेको एनआइबीएल एस क्यापिटलले आफ्ना ग्राहकको सुविधाका लागि च्याटबोट सेवा सञ्चालन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै समयअनुसार प्रविधिमा आएको परिवर्तन एवं ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी च्याटबोट सेवा ल्याइएको क्यापिटलले जनाएको छ । च्याटबोट सेवाबाट ग्राहकले कम्पनीको सेवाहरुको बारेमा सजिलैसँग जानकारी लिन सक्नुका साथै भौतिक उपस्थिति बिना नै सेवा लिन सकिने एनआइबीएल एस क्यापिटलले जनाएको छ । परिस्कृत सेवा सुबिधा प्रदान गर्न तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स समेतको… पुरा पढौ

सुन र चाँदी दुबैको भाउ घट्यो

काठमाडौं, २१ मंसिर । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार सुनचाँदीको भाउमा गिरावट भएको छ । छापावाला सुनको भाउमा रुपैयाँ २०० ले तथा चाँदीमा १० रुपैयाँले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा यसदिन रुपैयाँ २०० ले गिरावट भई प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला ९१… पुरा पढौ

नेपाल बैंकको सेयर मूल्य नेप्सेमा समायोजन

काठमाडौं, २१ मंसिर । नेपाल बैंकको सेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समायोजन भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि बुक क्लोज गरेपछि नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । बैंकको १४ प्रतिशत बोनस सेयर समायोजन गरिएको छ । सेयर मूल्य समायोजनपछि सेयर मूल्य ३७८ रुपैयाँ ६८ पैसा कायम गरिएको छ । अघिल्लो दिन कारोबार भएको अन्तिम मूल्यलाई आधार बनाई सेयर मूल्य समायोजन भएको हो । सोमबार बैंकको सेयर प्रतिकित्ता ४३१ रुपैयाँ ७० पैसामामा कारोबार भएको… पुरा पढौ