आर्थिक 📈

प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं, २१ मंसिर । प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम मौका रहेको छ । बैंकले पुसको ६ गते १४ औं साधारण सभा आव्हान गरेको छ । सभाले १६.६३ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गर्नेछ । कोरोना भाइरसको संक्रमणको जोखिमको कारण साधारण सभा अनलाइनमार्फत बोलाईएको छ । साधारण सभा तथा लाभांश वितरणको प्रयोजनको लागि मंसिर २२ गते बुधबार बुक क्लोज गरिएको छ । आज मंगलबारसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार गरेर कायम भएका शेयरधनीहरुले साधारण सभामा भाग लिन… पुरा पढौ

नारायणी नदी तटबन्धनका लागि ५ अर्ब जुटाइँदै

चितवन, २१ मङ्सिर । विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनमा एकैपटक रु पाँच अर्बको काम अघि बढाउने तयारी गरिएको छ । आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म रु एक अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुनसकेको थिएन । नारायणी नदी तटबन्धन व्यवस्थापन आयोजना भरतपुरमार्फत काम हुँदै आएको छ । यस आयोजनाले नारायणी नदीको तटबन्धलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको छ । बजेटको अभावले सोचेजस्तो काम हुन भने सकेको… पुरा पढौ

बैंकिङ कारोबारका लागि कामपा र एनआइसी एसिया बैंकबीच सम्झौता

काठमाडौं, २१ मङ्सिर । बैंकिङ कारोबार गर्नका लागि काठमाडौँ महानगरपालिका र एनआइसी एसिया बैंकबीच सम्झौता भएको छ । कामपाको ३२ वटै वडासहित राजस्व सङ्कलन हुने केन्द्र र समग्र बैंकिङ कामका लागि कामपाले प्रतिस्पर्धाको माध्यमबाट एनआइसीसँग सम्झौता गरेको हो । प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताबमोजिम आगामी तीन महिनाभित्र कामपाका सबै वडा र राजस्व सङ्कलन केन्द्रमा बैंकले एउटै प्रकारका काउन्टर सञ्चालन गर्नेछ । वडा कार्यालयमा सम्भव नभए नजिकै भाडामा… पुरा पढौ

पाँच महिनामा ५.६६ प्रतिशत मात्रै पुँजीगत खर्च

काठमाडौं, २० मंसिर । मुलुक विकासको पहरेदारको रुपमा हेरिएको विकासे बजेट अर्थात् पुँजीगत खर्चको अवस्था कछुवा गतिमा देखिएको छ । बजेट विनियोजनमै चालू आवमा चार खर्बभन्दा बढी पुँजीगत खर्च गर्ने लक्ष्य लिएको सरकारले पाँच महिना बित्नै लाग्दा पनि ६ प्रतिशतको हाराहारीमा पनि खर्च गरेको छैन । चार खर्ब ३९ अर्ब ६५ करोड ९ हजार पुँजीगत खर्च गर्ने लक्ष्य लिएको सरकारले पाँच महिनाको अवधीमा २४ अर्ब ८९ करोड ४६ लाख मात्रै खर्च गरेको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ । तथ्यांकअनुसार एक दिनमा… पुरा पढौ

सेयर बजारमा हरियाली, मेरो माइक्रोफाइनान्सको सेयरमा सर्किट

काठमाडौं, २० मंसिर । साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली देखिएको छ । लगातार ओरालो लागेको सेयर बजार आज भने दोहोरो अंकले बढेको हो । सेयर बजार कारोबार मापक नेप्से परिसूचक ३२.२२ अंकले बढेर दुई हजार ५४६.०८ अंकमा प्रवेश गरेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.६३ अंकले बढेर ४८०.९७ अंकमा पुगेको हो । आज २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता सेयर चार अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँमा खरिद… पुरा पढौ

‘एनआइबीएल सहभागिता फण्ड’ विद्युतीय प्रणालीमार्फत् बिक्री गर्न सकिने

काठमाडौं, २० मंसिर । एनआइबीएल सहभागिता फण्ड ‘खुलामुखी योजना’ विद्युतीय प्रणालीमार्फत् बिक्री गर्न सकिने भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआइबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआइबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘एनआइबीएल सहभागिता फण्ड’ (खुलामुखी योजना) को योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरि सार्वजनिक गरेको हो । योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहुँचलाई इन्टरनेटको माध्यमद्घारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ यस योजनाका स्वचालित विद्युतीय (अनलाइन) कारोबार प्रणालीमार्फत्… पुरा पढौ

सोमबार सुन र चाँदीको भाउ स्थिर, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, २० मंसिर । अघिल्लो दिन ह्वात्तै बढेको छापावाला सुनको भाउ साताको कारोबार हुने दोश्रो दिन सोमबार स्थिर रहेको छ । यसरी स्थिर रहेको सुन र चाँदीको कारोबार आईतबारकै भाउमा भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा यसदिन छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि छापावाला सुन सोहि मूल्यमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुन सोहि मूल्यमा कारोबार… पुरा पढौ

कुरिलो खेतीबाट साढे तीन लाख आम्दानी

झापा, २० मंसिर । कनकाई नगरपालिका-६ का ३८ वर्षीया सविता खनालले कुरिलो खेतीबाट राम्रो आम्दानी लिन थालेकी छन् । उनले गत वर्ष पाँच कट्ठा जमिनमा लगाएको खेतीबाट तीन लाख ५० हजार रुपैयाँ आम्दानी भएको जानकारी दिइन् । उनले भनिन्, 'कस्तो हुँदोरहेछ भनेर थोरै खेती गरेका थियौ‌‌‌‌‌‌‌‌‌‌‍‌‌‌‍‍‌‌‌‌‌‌‌‍‍‍‍, आम्दानी त गज्जब भयो ।' उनले यस वर्ष एक बिघा जमिनमा व्यावसायिक रुपमा कुरिलो खेती विस्तार गर्ने गरी बेर्ना उमारिरहेकी छन् । ६ महिना जति प्लाष्टिकको थुँगामा उमारेर हुर्काएको विरुवा रोपेको तीन महिनादेखि नै… पुरा पढौ

मुक्तिनाथ विकास बैंकद्वारा “फाइनान्सीयल लिट्रेसी” कार्यक्रम सम्पन्न

काठमाडौं, १९ मंंसिर । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गगत विभिन्न संघ संस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । यही क्रममा बैंकले भुमहीमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि “फाइनान्सीयल लिट्रेसी” कार्यक्रम सम्पन्न गरेको छ । तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्याजिटाइजर वितरण गरेको छ । ट्राफिक सचेतनाकाको लागि वोर्ड राख्न बैंकले पार्वतिपुर बजार सामुदायिक संस्थालाई रु २५ हजारको सहयोग गरेको छ । ईलाका प्रहरी कार्यलय डेढगाँउमा हिरातसमा पुस्तक कार्यक्रम संचालनका लागि रु १० हजार आर्थिक सहयोग गरेको… पुरा पढौ

लाभांश पारित गर्न सनराइज बैंकले बोलायो साधारण सभा

काठमाडौं, १९ मंसिर । सनराइज बैंकले लाभांश वितरणको प्रस्ताव पारित गर्न पुसको १५ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा काठमाडौं बालुवाटारस्थित आम्रपाली ब्यांकेटमा बिहान साढे १० बजे बोलाइएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्येनजर गर्दै साधारण सभा अनलाइनमार्फत् गर्न लागिएको छ । बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको ६.६५ प्रतिशत बोनस तथा त्यसको कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लभांशसहित ७ प्रतिशत लाभांश वितरणको प्रस्तावालाई पारित गरिने भएको छ । सभाले उपयुक्त… पुरा पढौ