आर्थिक 📈

वीरगञ्जमा ‘मेड इन नेपाल एक्स्पो’ प्रदर्शनी हुने

वीरगञ्ज, १६ मङ्सिर । वीरगञ्जमा ‘मेड इन नेपाल एक्स्पो’ (प्रदर्शनी) हुने भएको छ । स्वदेशी उद्यम र उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनको १२ देखि १५ गतेसम्म सो प्रदर्शनी सञ्चालन हुने छ । नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ) वीरगञ्ज र आर्थिक अभियान दैनिकको सहकार्यमा मोफसलमै पहिलो पटक यस्तो प्रदर्शनी हुन लागेको छ । वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्क रहेको खाली स्थानमा प्रदर्शनी आयोजना गरिने एनवाइइएफका अध्यक्ष अनुप अग्रवालले जानकारी दिए । स्वदेशी उद्यम र उत्पादन प्रवद्र्धनको उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा… पुरा पढौ

सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाडाैं, १६ मंसिर । साताको कारोबार हुने पाँचौं दिन बिहिबार आज आछापावाला सुनको मूल्य स्थिर रहेको छ । चाँदीकोे भने रुपैयाँ १० ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ स्थिर रहि प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ५०० रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार… पुरा पढौ

विश्व बैंकको लगानीका परियोजनाको प्रगतिबारे छलफल

काठमाडौ, १६ मङ्सिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपाल, मालदिभ्स र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोससहितको प्रतिनिधिमण्डलबीच बैंकले लगानी गरेका विकास परियोजनाको प्रगति समीक्षा एवं प्रभावकारीताबारे छलफल भएको छ । मन्त्री श्रेष्ठसँग भएको बैठकमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अझ प्रभावकारी तुल्याउने, त्यसलाई दिगो रोजगारीसँग जोडने, बेरोजगार, विपन्न तथा लक्ष्यित वर्गका लागि उपयोगी पूर्वाधार विकास गर्ने तथा बजारको मागअनुसार जनशक्ति आपूर्ति गर्ने सम्बन्धमा विचारविमर्श भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।… पुरा पढौ

एनएमबी बैंकले पायाे एशियाको उत्कृष्ट बैंकको उपाधि-‘द बैंक अफ द इयर २०२१’

काठमाडौं, १६ मङ्सिर । संस्थागत सुशासन, दिगो विकासमा योगदान, ‘डिजिटल’ प्रविधिको उपयोग गर्दै नवीनतम सेवा प्रवाह गरेवापत एनएमबी बैंक एशियाको उत्कृष्ट बैंक बन्न सफल भएको छ । बेलायतको लण्डनबाट प्रकाशन हुने प्रसिद्ध समाचारपत्र ‘द बैंकर’को निर्णायक मण्डलले एनएमबीलाई ‘द बैंक अफ द इयर २०२१’ प्रदान गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष पवनकुमार गोल्यान, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र सञ्चालक समितिका सदस्यलाई सामूहिक रूपमा उक्त सम्मान हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रधानमन्त्री… पुरा पढौ

आमा समूहलाई २५ लाख मूल्य बराबरको जग्गा दान

तनहुँ, १६ मङ्सिर । व्यास नगरपालिका–१ गल्बुबेँसी घर भई हाल बेलायतमा बस्दै आएका हरिबहादुर हडखलेले एक आमा समूहलाई जग्गादान गरेका छन् । सोही वडास्थित नवआदर्श आमा समूहको भवन निर्माणका लागि उनले करिब रु २५ लाख मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेका हुन् । स्थानीयस्तरमा सक्रियरुपमा सामाजिक क्षेत्रमा काम गर्दै आएको आमा समूहको क्रियाकलापबाट आफू प्रभावित भई समूहको भवन निर्माणका लागि आफूले जग्गा उपलब्ध गराएको हडखलेले बताए । हडखलेका परिवार लामो समयदेखि बेलायतको लण्डनमा बस्दै आएको थियो । आमा समूहको भवन… पुरा पढौ

२ करोड लगानीकाे क्लासिक चुलो पाेखरामा सञ्चालन हुँदै

पोखरा, १५ मंसिर । नेपाली खाना र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यसहित पोखरामा २ करोड रुपैयाँ लगानी रहेको क्लासिक चुलो रेष्ट्रो एण्ड ब्यङ्क्युट छिट्टै सञ्चालनमा आउने भएको छ । मंगलम हस्पिटालिटी प्रा.लि.द्धारा सञ्चालित चुलो आगामी माघ १ गतेदेखि सञ्चालनमा आउन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । परम्परागत नेपाली खानाका पारखीलाई लक्षित गरी पोखरा चिप्लेढुंगास्थित पोखरा ट्रेडमलको पाँचौ तलामा चुलो सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष खेमप्रसाद तिमिल्सिनाले जानकारी दिए । नेपालको पर्यटन क्षेत्रमा नयाँपन दिने उद्देश्यसहित सात महिना अगाडी… पुरा पढौ

लगातार ओरालो लाग्दै आएको शेयर बजारमा छायो हरियाली

काठमाडौं, १५ मंसिर । केहि दिनको करेक्सनपछि शेयर बजार सकारात्मक लयमा फर्किन लागेको संकेत मिलेको छ । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेप्सेमा हरियाली छाएको छ । नेप्से परिसूचक तथा सेन्सेटिभ इण्डेक्स दुबैमा सामान्य बृद्धि भएको छ । गएको शुक्रबार नेपाल राष्ट्र बैंकले यस आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेपछि लगानीकर्तामा चीसो पसेको थियो । बैंकले शेयर कर्जामा तोकेको ४÷१२ नीतिमा परिवर्तन नगरेपछि त्यसको प्रभाव शेयर बजारमा परेको थियो । यसदिनको नेप्सेको उकालो लागेको यात्राले… पुरा पढौ

अन्तर्राष्ट्रिय क्षेत्रमा भएकाे मूल्यवृद्धि नै रासायनिक मलको प्रमुख सङ्कट : मन्त्री यादव

ललितपुर, १५ मङ्सिर । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले अन्तराष्ट्रियजगतमा बढ्दै गएको मूल्यवृद्धि नै रासायनिक मलको प्रमुख सङ्कट भइरहेको बताएका छन् । नेपाल कृषि पत्रकार महासङ्घले आज आयोजना गरेको ‘रासायनिक मलको सङ्कट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकमा खरिद ऐन पुरानै रहँदा सोले पनि असर गरिरहेको बताए । उनले भने, “कृषि क्षेत्रलाई समृद्ध नबनाएसम्म नेपाली जनतामा समृद्धि हासिल हुँदैन, मुलुकमा रासायनिक मलको अभाव हुन नदिन मल कारखाना स्थापना गर्न प्रयास गरिरहेका छाै ।” सातै प्रदेशमा मलखादको गोदाम निर्माण गरी… पुरा पढौ

सुनचाँदीको भाउ निरन्तर ओरालो लाग्दै

काठमाडौं, १५ मंसिर । सुनचाँदीको भाउ लागातार ओरालो लागेको छ । मंगलबार पनि घटेर कारोबार भएको सुनचाँदीको भाउ साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार पनि घटेको छ । छापावाला सुन यसदिन रुपैयाँ ४०० ले घटेको छ भने चाँदी न्यून ५ रुपैयाँले घटेर काराेबार हुँदैछ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ५०० रुपैयाँ तोकेको जनाएको छ । यसअघि मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला… पुरा पढौ

१.६४ अंकले घट्यो नेप्से, सेन्सेटिभ इण्डेक्स ०.१८ अंकले बढ्यो

काठमाडौं, १४ म्रसिर । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि शेयर बजारको स्वरुप उल्लासमय देखिएन । तर सुधारको संकेत आउन थालेको होकि भन्ने आकलन लगानीकर्ताले गरेका छन् । नेप्सेमा आज सामान्य गिरावट भएको छ भने सेन्सेटिभ इण्डेक्स थोरै बढेको छ । यसदिन कारोबार रकमले भने उचाई लिन सकेन र अघिल्लो दिनकाे तुलनामा कम नै देखियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से १.६४ अंकले घटेर २६२८ विन्दुमा झरेको छ । नेप्सेमा ०.०६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स भने… पुरा पढौ