आर्थिक 📈

गरिमा विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोष बिच कर्जा सम्झौता

काठमाडौं, ९ मंसिर । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बिच कर्जा सम्झौता भएको छ । नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक बिच न्यून आय भएका र सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलितवर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भुमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्नको लागि बुधबार दिन एक कार्यक्रमका बिच कर्जा सम्झौता भएको हो । सो कर्जा सम्झौतामा… पुरा पढौ

३.२२ अङ्कले घट्याे नेप्से, सेन्सेटिभ इण्डेक्स ०.४५ अङ्कले बढ्याे

काठठमाडाैं, ९ मंसिर । शेयर बजार आज पनि झिनो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्से शेयर कारोबार हुने साताको अन्तिम दिनसमेत ओरालै लागेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.२२ अङ्कले घटेर दुई हजार ७३१.७८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४५ अङ्कले बढेर ५१५.६४ मा पुगेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत सस्तोमा नै सीमित भएको छ । कूल २३३ कम्पनीको ७४ लाख ८६… पुरा पढौ

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रु २० अर्ब प्रवाह गर्दै

काठमाडाैं, ९ मंसिर । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्न लागेकाे छ । बैंकले यही मङ्सिर २३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैंकले यसअघि गत कात्तिक २५ मा रु २० अर्बको रिपो जारी गरेको थियो । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा… पुरा पढौ

सुनकाे भाउ निरन्तर ओरालो लाग्दै, चाँदीको बढ्याे

काठमाडौं, ९ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार पनि सुनको भाउ ओरालो लागेकाे छ । चाँदीको भाउमा भने सामान्य बृद्धि भएको छ । यसदिन छापावाला सुनमा रुपैयाँ १०० ले गिरावट भएको छ भने चाँदीको भाउमा रुपैयाँ ५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि छापावाला सुनको भाउ रुपैयाँ १०० ले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।… पुरा पढौ

स्थानीयवासीद्वारा घारखोला जलविद्युत् आयोजनाको काम ठप्प

बेनी, ९ मङ्सिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले काम रोकेर अवरोध गरेका छन् । वडा नं ६ घारको प्रभावित क्षेत्रमा पर्ने सडक स्तरोन्नति नगरेको र क्षति पुगेका जग्गाधनीलाई मुआब्जा दिन आयोजनाले आनाकानी गरेको भन्दै स्थानीयवासीले बुधबारदेखि आयोजनाको सम्पूर्ण काम ठप्प पारेका हुन् । स्थानीयवासीका जायज मागमा आयोजनाले बेवास्ता गरेको र पटक–पटकको ताकेतालाई समेत सम्बोधन नगरेपछि आन्दोलनमै उत्रिएर आयोजनाको सबै काम ठप्प पार्नुपरेको सङ्घर्ष समितिका संयोजक राजु बरुवालले बताए । बरुवालको नेतृत्वमा आयोजनाको निर्माण कार्य… पुरा पढौ

साढे ६ खर्बको आयात हुँदा ८२ अर्बको निर्यात

काठमाडाैं, ९ मंसिर । चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (२०७८/०७९ को कात्तिक मसान्तसम्म) को तथ्याङ्कअनुसार आयातमा ६१ दशमलव ५७ र निर्यातमा १०४.२९ प्रतिशतले वृद्धि भएको हो । बितेका चार महिनामा रु ८२ अर्ब १२ करोड १२ लाख बढीको स्वदेशी वस्तुको निर्यात हुँदा छ खर्ब ५० अर्ब २९ करोड ४३ लाख बढीको विदेशी वस्तुको आयात भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा रु… पुरा पढौ

जलवायु अनुकूलनका लागि ३१ अर्ब ९२ करोड सहयोगको घोषणा गर्दै संयुक्त आयोगको बैठक सम्पन्न

काठमाडौं, ९ मङ्सिर । नेपालमा जलवायु अनुकूलन कार्य सञ्चालन तथा त्यसको प्रभाव नियन्त्रणमा सघाउन रु ३१ अर्ब ९२ करोड सहयोग उपलब्ध गराउने घोषणाका साथ नेपाल-युरोपेली सङ्घ संयुक्त आयोगको १३औँ बैठक सम्पन्न भएको छ । सम्पन्न संयुक्त आयोगको बैठकमा हरित पुनरुत्थान कार्यक्रमअन्तर्गत युरोप समूह प्रयास (टिम युरोप इनिसिएटभ)मार्फत फिनल्यान्ड, फ्रान्स र जर्मनीले उक्त रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । यद्यपि उक्त सहयोगको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । हालै स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालले व्यक्त… पुरा पढौ

पूँजीगत खर्च नबढेकोप्रति अर्थमन्त्रीको असन्तुष्टि

काठमाडाैं, ९ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले पूँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्यरूपमा वृद्धि नभए नयाँ प्रणाली अपनाउनुपर्ने बताएका छन् । अर्थ मन्त्रालयमा बसेको आर्थिक वर्ष २०७८/०७९ को प्रथम प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पूँजीगत खर्च उल्लेख्यरूपमा नबढेकोप्रति असन्तुष्टि जनाउँदै उनले विद्यमान प्रणालीमा अर्को एक महिनासमेत खर्च नबढे नयाँ विकल्प अवलम्बन गर्नुपर्ने बताए। “यदि पूँजीगत खर्च यो तरिकाले हुन्न भने म अर्को तरिका सोच्दैछु”, उनले भने, “अरू एक महिनासमेत पर्खेर हुँदैन भने नयाँ तरिकाबाट खर्च गर्नुपर्छ भन्ने… पुरा पढौ

नेप्सेमा बृद्धि हुँदा, सेन्सेटिभ इण्डेक्समा आयो गिरावट

काठमाडौं, ८ मंसिर । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार शेयर बजारमा फरक दृश्य देखा परेको छ । नेप्से परिसूचक बढेको छ भने सेन्सेटिभ इण्डेक्स घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.८९ अंकले बढेको छ । यसरी बढेको नेप्से २७३५.०० विन्दुमा उक्लेको छ । नेप्सेमा ०.०७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने ०.२९ अंकले घटेर ५१५.१९ विन्दुमा झरेको छ । कुल २२७ कम्पनीको शेयर कारोबार भएको छ । ७४ लाख ४५ हजार २२७ कित्ता शेयरको खरिदबिक्री… पुरा पढौ

बाराका किसानले गरे १४ अर्बको भदैया धान उत्पादन

कलैया, ८ मंसिर । बाराका किसानले १४ अर्ब रूपैयाँ बराबरको भदैया धान उत्पादन गरेका छन् । २०७८, ७९ मा खेती गरेको भदैया धानप्रति हेक्टर ४.६ मेट्रिकटनका दरले उत्पादन हुनुपर्नेमा बेसौमी वर्षाका कारणले प्रति हेक्टर ४.३ मेट्रिक टनले उत्पादन भएको छ । किसानले चालू आर्थिक वर्ष २०७८÷७९ मा विभिन्न जातको भदैया धान ११ हजार ९०१ हेक्टर क्षेत्रफलमा खेतीगरी प्रति हेक्टर ४.३ मेट्रिकटनले कूल ५१ हजार १९१ मेट्रिकटन धान उत्पादन भएको ज्ञान केन्द्रका प्राविधिक गेनालाल मण्डलले बताए। साथै बेमौसमी वर्षाको कारण प्रति… पुरा पढौ