आर्थिक 📈

लगानी कोषले गर्याे रु १ करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी

काठमाडौं, ८ मंसिर । नागरिक लगानी कोषले कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई रु एक करोड ६८ लाख भुक्तानी गरेको छ । कोभिड–१९ को सुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही रु दुई लाख उपलब्ध गराउने कोषले निर्णय गरेको थियो । सोही क्रममा कोषले गत साउन ५ गतेसम्म कोभिडबाट मृत्यु हुनेलाई सो रकम उपलब्ध गराएको जनाएको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाका ८४ सहभागीका हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट… पुरा पढौ

दुई दिनमा रु २१०० ले घट्यो सुनको भाउ

काठमाडौं, ८ मंसिर । नेपाली बजारमा सुनचाँदीको भाउ निरन्तर ओरालो लागेको छ । साताको चौथो दिन बुधबार छापावाला सुनमा रुपैयाँ ५०० ले गिरावट भएको छ । चाँदीमा रुपैयाँ ३० ले गिरावट भएको छ । अघिल्लाे दिन मंगलबार छापावाला सुनमा एकैदिन रुपैयाँ १६०० ले घटेकाे थियाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ५०० ले गिरावट भई प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । उक्त… पुरा पढौ

‘डलर खाताको अनुमति दिनेबारे छलफल हुँदै : मन्त्री शर्मा

काठमाडौं, ८ मंसिर । गैरआवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् । राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारेको समीक्षात्मक कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिनेबारे छफलफल भइरहेको बताए। “सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्नको लागि एनआरएनले डलर खाता खोल्न पाउनेबारे हाम्रो कुरा भइरहेको छ”, मन्त्री शर्माले भने, “उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्नेबारे हाम्रो छफलफल… पुरा पढौ

मेगा बैंकका गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त सम्मानित

पोखरा, ८ मंसिर । मेगा बैंकका गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्तलाई नेपाल सरकारले सम्मान गरेको छ । दशौं राष्ट्रिय कर दिवको अवसरमा नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग आन्तरिक राजस्व कार्यालय बागलुङले पन्तलाई सम्मान गरेको हो । पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं ७ निवासी पन्त पर्वतमा दर्ता भएका करदाताहरुमध्ये सबैभन्दा धेरै आयकर बुझाउने करदातामा पर्छन् । राजस्व कार्यालय बागलुङले करदाता पन्तलाई उनले गरेको कामको उचित मूल्यांकन गर्दै सम्मान गरिएको जनाएको छ । यसैबीच, सरकारले पन्तलाई सम्मान गरेपछि उन्तले… पुरा पढौ

लघुवित्तलाई अन्य कम्पनीको शेयरमा लगानी नगर्न राष्ट्र बैंककाे निर्देशन

काठमाडौं, ७ मंसिर । नेपाल राष्ट्र बैंकले 'घ' वर्गको इजाजत पाएका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशनमा परिमार्जन गर्दै अन्य कम्पनीको शेयरमा लगानी गर्ने व्यवस्थालाई रोकेको छ । जारि गरिएको निर्देशन २०७७ मा संशोधन/परिमार्जन/थप व्यवस्था गर्दै अन्य कम्पनीको शेयरमा लगानी गर्न नपाउने बनाएको हो । राष्ट्र बैंकले जारी गरेको निर्देशनको ८ औं नम्बरको बुँदा नं २ मा संशोधन गर्दै अब 'घ' वर्गका बित्तीय संस्थाहरुले संगठित संस्थाको शेयर, डिबेञ्चर र सामूहिक लगानी कोषमा लगानी गर्न नपाउने व्यवस्था गरिएको छ । राष्ट्र… पुरा पढौ

सुनचाँदीको भाउमा भारि गिरावट, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, ७ मंसिर । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार सुनचाँदीको भाउमा भारि गिरावट भएको छ । छपावाला सुनमा एकैदिन १६०० रुपैयाँले गिरावट भएको छ भने चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ १६०० ले गिरावट भई प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भई रहेको… पुरा पढौ

३ दिनमा बैंकहरूकाे ७ अर्ब निक्षेप घट्यो

काठमाडौं ७ मङ्सिर । बैंक तथा वित्तीय संस्थामा निक्षेपको मात्रा घट्दै गएको छ । गत कात्तिक मसान्तमा रु ४२ खर्ब ३३ अर्ब रहेको निक्षेप यही मङ्सिर ३ गतेसम्म आइपुग्दा रु ४२ खर्ब २६ अर्बमा झरेको छ । गत कात्तिक मसान्तसम्म रु ४० खर्ब ३४ अर्ब बराबरको ऋण लगानी भएकामा मङ्सिर ३ गतेसम्म आइपुग्दा त्यो बढेर रु ४० खर्ब ४१ अर्ब बराबर पुगेको छ । यस आधारमा तीन दिनमा नै निक्षेप ७ अर्बले घटेको देखिन्छ भने ७ अर्बले नै कर्जा लगानी भएको… पुरा पढौ

‘नेपाल-बङ्गलादेश पर्यटन प्रवर्धन तथा बीटूबी एक्सचेन्ज’ कार्यक्रम सम्पन्न

काठमाडौं, ७ मङ्सिर । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरसँगको सहकार्यमा ‘नेपाल–बङ्लादेश पर्यटन प्रवर्धन र बीटूबी एक्सचेन्ज’ कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ । कात्तिक ३० गतेदेखि मङ्सिर ५ गतेसम्म आयोजना गरिएको उक्त कार्यक्रमले दुई देशबीचको पर्यटन पुनरुत्थानका साथै क्षेत्रीय पर्यटन प्रवद्र्धनमा साझा रणनीतिका साथ अघि बढ्ने निष्कर्ष निकालेको पाटा नेपाल च्याप्टरले जनाएको छ । पाटाको दुवै देशका च्याप्टरबीचको संयुक्त सहकार्यमा काठमाडौंमा सम्पन्न उक्त कार्यक्रम कोभिड–१९ पश्चात्को पर्यटन पुनरुत्थानका लागि आवश्यक पहलका रूपमा दुई छिमेकी राष्ट्रबीचको आन्तरिक… पुरा पढौ

शेयर बजारमा सामान्य सुधार, कारोबारमा महालक्ष्मी विकास बैंक अगाडी

काठमाडौं, ६ मंसिर । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार शेयर बजार सकारात्मक लयमा देखिएको छ । नेप्सेमा ७.९० अंकको बृद्धि भएपनि कारोबार रकममा खासै सुधार भएन । ८ उपमसूहमा हरियो लागेको छ भने ५ वटा उपसमूहको शेयर घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ७.९० अंकले बृद्धि भएर २७६५.४३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२९ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स १.२१ अंकले बढेर ५१९.४६ विन्दुमा पुगेको छ । कुल २२५ कम्पनीको शेयर कारोबार… पुरा पढौ

उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् : चर्चा अघि, डिपिआर पछी

गलकोट, ६ मङ्सिर। सम्भाव्यता अध्ययन गरेको दुई वर्षपछि बागलुङमा निर्माण हुने भनिएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाका विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन थालिएको छ । आयोजनाको निर्माणको चर्चा २०६१ सालदेखि भए पनि बल्ल आएर डिपिआर थालिएको छ । सम्भाव्यता अध्ययन सम्पन्न पश्चात् डिपिआरको काममा उत्तरगङ्गा पावर कम्पनीले इरानी कन्सल्टेन्सी शहिद वहिद डास्ग्रेडी तेहरानलाई सम्झौता गरेर काम थालेको छ । योसँगै चर्चामा नै सीमित रहेको आयोजना अगाडि बढ्ने संकेत देखिएको छ । गत असोजबाट काम थालेको कन्सल्टेन्सीले स्थलगत काम अन्तिम चरणमा पु¥याएको… पुरा पढौ