आर्थिक 📈

प्रदेशसभा सदस्य कोइरालाद्वारा बजेट बाँडफाँट

दमौली, १२ मङ्सिर । गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत विभिन्न योजनाका लागि बजेट बाँडफाँट गरेकी छन् । उनले चालु आर्थिक वर्ष २०७८÷७९ को निर्वाचन क्षेत्र नं २ (क) अन्तर्गत विभिन्न योजनाका लागि बजेट बाँडफाँट गरेकी हुन् । रु दुई करोड बजेट विभिन्न ३० योजनामा विनियोजन गरिएको उनले जानकारी दिइन । शुक्लागण्डकी, म्याग्दे र व्यासका दुई वडा समेटिएको क्षेत्रमा विभिन्न योजनाका लागि बजेट बाँडफाँट गरिएको हो । कार्यक्रमअन्तर्गत खेलमैदान निर्माण, टोल विकासको भवन निर्माण, सडक स्तरोन्नतिलगायतका… पुरा पढौ

एनआईसी एशिया बैंकले पायो आईएसओ प्रमाणपत्र

काठमाडौं, ११ मंसिर । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय सूचना सुरक्षा प्रत्याभूति गराउने तथा आईएसओ बाट मान्यता प्राप्त आइएसओ २७००१ः २०१३ मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ । आईएसओ २७००१ मापदण्ड अनुसार बैंकले ग्राहकको व्यक्तिगत विवरण र अन्य जानकारीहरुको सुरक्षाका लागि निरन्तर सुधार गर्ने अठोट व्यक्त र विवरणहरुको सुरक्षाका लागि प्रतिवद्धता जनाएपछि बैंकलाई क्वालिटि अष्ट्रियासंग आवद्ध सर्टिफिकेसन इन्फरमेशन इण्ड सेक्यूरिटि सर्भिसेज जीएमबीएचले प्रतिष्ठित प्रमाणपत्र प्रदान गरेको हो । बैंकका अनुसार यो उपलब्धिले आउने दिनहरुमा अँझ बैंकिङ प्रणालीमा सुरक्षा प्रत्याभूति हुने र ग्राहकको… पुरा पढौ

राष्ट्र बैंकद्वारा १ खर्ब ८५ अर्ब ५० करोड बराबरको तलरता प्रवाह

काठमाडौं, ११ मङ्सिर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तीन महिनामा रिपोमार्फत रु एक खर्ब ८५ अर्ब ५० करोड बराबरको तलरता प्रवाह गरेको छ । यस्तै स्थायी तरलता सुविधामार्फत रु आठ खर्ब २२ अर्ब ६८ करोड बराबरको तरलता दिए पनि बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भइरहेको छ । बैंक तथा वित्तीय संस्थाले ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । केही बैंकले नयाँ ऋण खोज्नेलाई समय सार्दै आएका छन् भने केहीले पछि सम्पर्कमा आउन भनीरहेका छन् । गत कात्तिक… पुरा पढौ

चाँदी आयातमा कडाई गर्ने राष्ट्र बैंककाे सङ्केत

काठमाडौं, ११ मङ्सिर । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भइरहेको वृद्धिलाई रोक्ने कङ्केत गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै चाँदी आयातमा कडाई गर्ने कङ्केत गरेको हो । राष्ट्र बैंकले ड्राफ्ट/टिटिको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ । यस्तै, विदेशी विनिमय सञ्चितिको विद्यमान अवस्थालाई ध्यान दिई तोकिएका वस्तुको आयात प्रतीतपत्र खोल्दा अनिवार्यरुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्ने मौद्रिक नीतिको… पुरा पढौ

विद्युतीय प्रणालीको सुधारका लागि एडिबीले ७ अर्ब ऋण दिने

काठमाडौं, १० मङ्सिर । एसियाली विकास बैंक(एडिबी)ले नेपालको विद्युतीय प्रणालीको सुधार एवम् आधुनिकीकरणका लागि करिब रु सात अर्ब आठ करोड बराबरको ऋण सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा आज आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका देशीय निर्देशक अर्नड काउचिसले हस्ताक्षर गरे । नेपालको विद्युत् प्रणालीको विकास र विस्तारका लागि एडिबीले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको सन्दर्भमा आजको ऋण सहयोग अर्को महत्वपूर्ण रहेको छ । ऋण सहयोगबाट नेपालगञ्जदेखि कोहलपुरसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ… पुरा पढौ

२० करोडसम्म कर्जा प्रवाह गर्ने नीतिले १०० बेडको अस्पताल बनाउन सहज हुने

काठमाडौं, १० मङ्सिर । अस्पताल नभएका स्थानीय तहमा स्वास्थ्यमा पहुँच पुर्याउने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले विशेष व्यवस्था गरेको छ।स्वास्थ्य सेवा पाउने नागरिकको संबैधानिक अधिकारका लागि स्थानीय तहमा अस्पताल विस्तार गर्न केन्द्रीय बैंकको पछिल्लो नीतिले सहज बनाउनेछ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा त्रैमासिक समीक्षा गर्दै अस्पताल नभएका स्थानीय तहमा १०० शैय्यासम्मको अस्पताल स्थापना गर्न बैंक तथा वित्तीय संस्थाले सहजरुपमा कर्जा दिनुपर्ने व्यवस्था गरेको छ । बैंकको नीतिअनुसार त्यस्तो कर्जा दिँदा आधारदरमा अधिकतम दुई प्रतिशत बिन्दुसम्म मात्रै प्रिमियम… पुरा पढौ

४० वर्षपछि जडीबुटी कम्पनी नाफामा, सर्वसाधारणलाई शेयर बाँडिने

काठमाडौं, १० मङ्सिर । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ । विसं २०३८ मा स्थापना भएको कम्पनीले आर्थिक वर्ष २०७५/७६ देखि नाफा कमाउन थालेको हो । यस कम्पनीले पहिलोपटकको नाफामा कर तिरेर रु एक करोड ९२ लाख कमाएको कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए । त्यसको अर्काे वर्ष अर्थात् आव २०७६/७७ मा यस कम्पनीले रु एक करोड २२ लाख नाफा कमाएको थियो । आव २०७७/७८ को अहिले लेखापरीक्षणको… पुरा पढौ

उकाल्यो लाग्यो सुनको भाउ, चाँदीको घट्यो

काठमाडौं, १० मंसिर । साताको कारोबार हुने अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ तलमाथि देखिएको छ । छापावाला सुनमा फेरि बृद्धि भएको छ भने चाँदीमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा २०० रुपैयाँले बृद्धि भएको छ भने चाँदीमा सामान्य ५ रुपैयाँले घटेको छ । महासंघले यसदिनका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकेको जनाएको छ । सोहि भाउको आधारमा नेपाली बजारमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाला सुन प्रतितोला ९१ हजार ७००… पुरा पढौ

उद्योग स्थापना गर्ने सरकारको पहिलो प्राथमिकता

काठमाडौं, १० मङ्सिर । सरकारले औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रमा उद्योगका लागि पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिने भएको छ । उद्योग स्थापना नभएसम्म विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र स्थापनाको उद्देश्य पूरा नहुने भन्दै उद्योगका लागि आवश्यक पूर्वाधारलाई पहिलो प्राथमिकता दिने भएको हो । सातौँ उद्योग दिवसका अवसरमा नेपाल उद्योग परिसङ्घले आयोजना गरेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले आधारभूत पूर्वाधार तयार गरी उद्योग स्थापना गर्ने र त्यसपछि मात्रै थप पूर्वाधार विकासका काम अघि बढाउने उल्लेख गरे… पुरा पढौ

सर्वाङ्गीण विकास अध्ययन केन्द्रको आईआईडीएस फेलोसिप कार्यक्रम

काठमाडौं,  ९ मंसिर । सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आई. आई. डी. एस.) को परिसरमा ९ मंसिर, २०७८ गते औपचारिक रूपमा 'आई. आई. डी. एस. फेलोसिप कार्यक्रम' सुरुवात गरी ४३ औं वार्षिकोत्सव मनाएको छ। कार्यक्रमको अवसरमा आई. आई. डी. एस., त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र गाउँपालिका राष्ट्रिय महासंघ नेपाल बीच आपसी सहकार्यको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । सन् २०१६ मा सार्वजनिक नीतिमा स्नातकोत्तर (मास्टर्स इन् पब्लिक पलिसी) कार्यक्रम सुरु गर्न आई. आई. डी. एस. र काठमाडौं विश्वविद्यालय बीच समझदारी पत्रमा हस्ताक्षर… पुरा पढौ