आर्थिक 📈

विश्व बैंकले १७ अर्ब ७८ करोड बराबरको सहुलियत ऋण नेपाललाई उपलब्ध गराउने

काठमाडौं १३ असार । विश्व बैंकले कोभिड–१९ को महामारीबाट अर्थतन्त्रमा परेको जोखिम न्यूनीकरणका लागि करिब रु भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित द्विपक्षीय सहयोग सम्बन्धी सम्झौतामा नेपाल सरकार र बैंक हस्ताक्षर भएको हो । उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई बैंकले उक्त सहुलियतपूर्ण ऋण उपलब्ध गराएको हो । सम्झौतामा सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरे । अर्थसचिव ढुङ्गानाले… पुरा पढौ

२७.३८ अंकले बढ्यो नेप्से, कारोबारमा नेशनल हाइड्रोपावर अगाडी

काठमाडौं, १३ असार । साताको पहिलो दिन आईतबार शेयर बजारले उकालोको यात्रा तय गरेको छ । डेढ हप्तापछि शेयर कारोबार भएको पहिलो दिनमा शेयर बजारले सकारात्मक लय लिएपछि लगानीकर्ताहरुमा उत्साह थपिएको हाे । विशेष गरेर नेपाल धितोपत्र बोर्डको ५१ कम्पनीमा चलखेलको कारण शेयर मूल्यमा बृद्धि भएको विवरणसहितको बिज्ञप्ति प्रकाशनमा आएपछि शेयर बजारमा निरन्तर गिरावट हुँदै आएको थियो । सूचकांकहरुमा मात्र नभई २० अर्ब नजिक पुगेको कारोबार घटेर ७ अर्बसम्म आईपुगेको थियो । नेप्से परिसू्चक २७.३८ अंकले बढेर २८७०.३८ विन्दुमा पुगेको… पुरा पढौ

निषेधाज्ञाबाट चितवनमा ११ करोडको दूध नोक्सान

भरतपुर, १३ असारकोरोना भाइरस सङक्रमणको जोखिम हुन नदिन जारी निषेधाज्ञाबाट चितवनका दूग्ध किसान मारमा परेका छन् । ठूलाडेरी उद्योगले दूध खपत नगरेपछि स्थानीयस्तरमा सञ्चालित सहकारीले पनि सङ्कलन गर्न छोडेका थिए । यसले गर्दा किसानको दूध खेर गएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ । सङ्घद्वारा आयोजित पत्रकार सम्मेलन गर्दै निषेधाज्ञाले दूग्ध किसान मारमा परेको जनाएको छ । सङ्घका सचिव किशोर बगालेले भने, “दूग्ध किसान अहिले चौतर्फि समस्यामा छन्, एक त दूध बिक्री नहुनु र अर्कोतर्फ केही उद्योग र… पुरा पढौ

मिनी ग्रेटवाल र शिशाको दृश्यावलोकन केन्द्रलाई ३ करोड

तनहुँं, १३ असार । पर्यटकीय हबका रुपमा परिचित तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलक्षित बजेट तथा नीति कार्यक्रम ल्याएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन रहने यस ठाउँमा थप पर्यटन पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको हो । यहाँ निर्माणाधीन मिनी ग्रेटवाललाई आगामी वर्ष डेढ करोड बजेट विनियोजन गरिएको छ । चीनको ग्रेटवालको झल्को दिने गरी गाउँपालिकामा निर्माणाधीन रहेको मिनी ग्रेटवाललाई गाउँपालिकाले एक करोड ५० लाख बजेट विनियोजन गरेको हो । वडा नं २ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको… पुरा पढौ

आईतबार बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं, १३ असार । साताको पहिलो दिन आईतबार सुनचाँदीकाे मूल्य उकालो लागेको छ । छापावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार… पुरा पढौ

अपि पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १३ असार । अपि पावर कम्पनीको हकप्रद शेयरको लागि आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले गएको जेठ २० गतेबाबाट ०.२९३८ अनुपातमा प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यको ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । शेयरधनीहरुले मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली, मुक्तिनाथ विकास बैंक र तोकिएका शाखाहरु इटहरी, पोखरा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी तथा जनकपुरमा आवेदन पेश गर्न सक्नेछन् । यस्तै नेपाल धितोपत्र बोर्डबाड… पुरा पढौ

तेह्रथुम पावर कम्पनीको आईपीओ आउँदै, बोर्डबाट पायो अनुमती

काठमाडौं, १३ असार । नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्नको लागि अनुमति दिएको छ । कम्पनीलाई बोर्डले असार १० गते पावरले स्थानीय र सर्वसाधारणलाई गरी कुल १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो । कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । बोर्डको अनुमति पाएसँगै तेह्रथुम पावरले स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आइपीओ विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।… पुरा पढौ

नयाँ बिमा कम्पनीको लाइसेन्स लिन दौडधुप, निवर्तमान मन्त्रीदेखि नियामककै पूर्वकर्मचारी आवेदक

काठमाडौं, १३ असार । बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले नयाँ पुनर्बिमा कम्पनी सञ्चालनका लागि हिमालयन रि इन्स्यारेन्सलाई अनुमति दिने निर्णय गरेपछि अब थप नयाँ बिमा कम्पनीलाइ पनि लाइसेन्स दिने तयारी गरेको छ । समितिले नयाँ बिमा कम्पनी सञ्चालन गर्न अनुमति दिने तयारी गरेपछि विभिन्न ६ समूहले नयाँ बिमा कम्पनीको लाइसेन्स लिनका लागि छुट्टाछुट्टै दौडधुप सुरु गरेका छन् । नयाँ बिमा कम्पनीका लागि आवेदन दिन तयारी गरेका प्रस्तावित कम्पनीहरु मध्ये एक कम्पनीमा निवर्तमान वन तथा वातावरण मन्त्री नारदमुनी रानादेखि बिमा… पुरा पढौ

कञ्चनपुरका स्थानीय तहः ‘एकल पुरुषलाई भत्तादेखि प्राविधिक शिक्षाका लागि छात्रवृत्ति’

कञ्चनपुर, १३ असार । दोधारा चाँदनी नगरपालिकाले छोरीलाई सम्मान हुने गरी प्रोत्साहन गर्ने नीति ल्याएको छ । नगरपालिकाको सातौँ नगर सभाबाट स्वास्थ्य संस्थामा छोरी जन्मिएपछि बैंक खाता खोलेर नगद रकम दिइने नीति तथा कार्यक्रम ल्याएको हो । स्वास्थ्य संस्थामा छोरी जन्मिए नगरपालिकाले नाममा खाता खोलेर तीन हजार रकम जम्मा गरिने व्यवस्था गरिएको छ । नगर उपप्रमुख चिनी गिरीले छोरी जन्माउने दम्पत्तिलाई प्रोत्साहन स्वरुप उक्त कार्यक्रम ल्याईएको बताउनुभयो । उहाँका अनुसार भानु माध्यमिक विद्यालयमा पढ्ने तथा प्राविधिक शिक्षा पढ्ने छात्रालाई पनि… पुरा पढौ

काभ्रेपलाञ्चोक : नमोबुद्धको बजेट रु ६५ करोड ५९ लाख

बनेपा, ११ असार । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८, ७९ का लागि रु ६५ करोड ५९ लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको दशौँ नगरसभामा नगर प्रमुख टंकप्रसाद शर्मा तिमल्सिनाले नगरपालिकाले आगामी आर्थिक वर्षमा प्रत्येक वडामा एउटा नगर गौरवको आयोजना सञ्चालन गर्ने नीति तय गरिएको बताए । बजेटमा चालुतर्फ रु ५० करोड ७७ लाख र पुँजीगततर्फ रु १४ करोड ८२ लाख ४७ हजार ५३० खर्च प्रस्ताव गरिएको छ । नगरपालिकाले नगरका प्रत्येक वडामा कृषि औजार बैंक स्थापना गर्ने… पुरा पढौ